सुश्री सम्पत्तिको विशेष सो - Naya Patrika
eNaya Patrika
  • ePaper

सुश्री सम्पत्तिको विशेष सो

कमेडी फिल्म सुश्री सम्पत्तिको बुधबार साँझ राजधानीमा विशेष सो गरियो । शुक्रबार अर्थात् मंसिर २८ गते प्रदर्शन हुने फिल्मलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् ।

रमेश त्वयनाले निर्माण गरेको सुश्री सम्पत्तिले विशेष सोमा तारिफ पाएको छ । धनसम्पत्ति र युवतीको अधिक चाहना राख्ने दुई युवाका विविध हर्कत प्रस्तुत गरिएको फिल्ममा विनोद न्यौपाने, सलोन बस्नेत, सारा सिर्पाली, राजाराम पौडेललगायत कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा समावेश हुकुम बक्सियोस् बोलको गीत अहिले चर्चामा छ । यसअघि पनि कमेडी फ्लेभरको अर्धकट्टी फिल्म निर्देशन गरेका निर्देशक सुव्रत सुश्री सम्पत्तिबाट पाएको प्रतिक्रियाबाट निकै आशावादी देखिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु