तस्बिरमा हेर्नुस् श्रम स्वीकृति लिनेको भीड - Naya Patrika
eNaya Patrika
  • ePaper

तस्बिरमा हेर्नुस् श्रम स्वीकृति लिनेको भीड

सरकारले ३ पुस ०७३ मै अनलाइनबाट श्रम स्वीकृति लिने घोषणा गरेको थियो । त्यति मात्र होइन, श्रम मन्त्रालयले गत १५ असोजदेखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएएमएस) सँगै श्रम स्वीकृतिलगायत सबै काम अनलाइनबाट गर्न सकिने व्यवस्था सार्वजनिक गर्यो । सरकारको यो घोषणाअनुसार श्रम स्वीकृतिको फाराम भर्न मात्र होइन, श्रम स्वीकृतिका चरणको प्रगति स्थिति अनलाइनबाट नै थाहा पाउन, आफ्नो श्रम स्वीकृति भए–नभएको विवरण मोबाइल, एसएमएस, वेबसाइट र एप्सबाटै जानकारी लिन सकिने भनिएको थियो ।

तर, सरकारको घोषणा कसरी कार्यान्वयन भएको छ – ताहाचलस्थित श्रम कार्यालयमा लाइन लागेका युवाको यही भिडबाट प्रस्ट हुन्छ । श्रम स्वीकृतिका कागज बुझाउन युवाहरू बिहान ३ बजेदेखि लाइन लाग्नुपर्ने बाध्यता छ । त्यसमा पनि दिनमा करिब चार सयको काम हुन्छ, चार सयजति नै विना उपलब्धि फर्कनुपर्ने अवस्था छ ।

शब्द : गोपाल साउद/ तस्बिर :अमुल थापा/नयाँ पत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु