नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको पहिलो वार्षिक तिथीको अवसरमा प्रकाशबारे लेखिएको ‘प्रकाश दाहाल’ स्मृति पुस्तकको विमोचन गरिएको छ । प्रचण्ड निवास खुमलटारमा आयोजित कार्यक्रममा पुस्तकलाई प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रचण्डले विमोचन गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, बाबुराम भट्टराई खिलराज रेग्मी लगायतको सहभागी थियो । कार्यक्रममा प्रचण्डले प्रकाशको निधनले परिवारमा मात्र नभई पार्टी र देशकै लागि क्षती पुगेको बताए । प्रकाशले आफ्नो सचिवालय सम्हाल्दा निकै सहज भएको प्रचण्डले स्मरण गरे ।
शब्द : वीरेन्द्र अाेली/तस्बिर : विनाेद विष्ट

