रोनाल्डको गोल निर्णायक बनेपछि पोर्चुगल १-० ले विजयी, मोरक्को बाहिरियो - Naya Patrika
eNaya Patrika
  • ePaper

रोनाल्डको गोल निर्णायक बनेपछि पोर्चुगल १-० ले विजयी, मोरक्को बाहिरियो

रसियामा जारी फिफा विश्वकप अन्तर्गत मोरक्कोविरुद्धको खेलमा पोर्चुगल १ – ० ले  विजयी भएको छ । योसँगै मोरक्को समूह चरणबाटै बाहिरिएको छ । यसअघि रसियासँग पराजित भएसँगै इजिप्ट समूह चरणबाट बाहिरी सकेको छ । 

पहिलो हाफको चौथो मिनेटमा क्रिस्टियानो रोनाल्डोले गरेको गोल नै पोर्चुगलको विजयका लागि निर्णायक बन्यो । उनले गरेको उत्कृष्ट हेड गोलमा परिणत भएको थियो ।

जारी विश्वकपमा स्पेनविरुद्ध ह्याट्रिक गरेका यो उनको चौथो गोल हो ।

पहिलो खेलमा पोर्चुगल स्पेनसँग ३ – ३ गोलको बराबरीमा रोकिएको थियो  । मोरक्को इरानसँग १ – ० ले पराजित भएको थियो 

मोरक्कोको अन्तिम खेल अब स्पेनसँग हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु