मोरक्कोसँग २ - २ को बराबरी खेल्दै स्पेन बन्यो समूह विजेता - Naya Patrika
eNaya Patrika
  • ePaper

मोरक्कोसँग २ – २ को बराबरी खेल्दै स्पेन बन्यो समूह विजेता

समुह चरणको अन्तिम खेलमा मोरक्कोसंग २–२ गोलको बराबरी खेल्दै स्पेन समूह विजेताको रुपमा विश्वकप फुटबल २०१८ को अन्तिम १६ मा प्रवेश गरेको छ । समूह ‘बी’ को विजेता स्पेन बनेको छ भने पोर्चुगल उपविजेताबनेको छ ।

खेलमा सुरुवाती अग्रता मोरक्कोले १४ औ मिनेटमा खालिद बाउटेबले गोलबाट लिएको थियो  । इशकोले १९ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । खेल सकिन ९ मिनेट अगाडी युसुफ एन नासरीले गोल गर्दै मोरक्कोलाई पुन अग्रता दिलाएका थिए । तर इन्जुरी समयको पहिलो मिनेटमा इयागो आसपसले गोल गर्दै मोरक्कोसंग अंक खोस्न सफल भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु