डेनमार्कसँग बराबरीमा रोकियो अष्ट्रेलिया - Naya Patrika
eNaya Patrika
  • ePaper

डेनमार्कसँग बराबरीमा रोकियो अष्ट्रेलिया

रुसमा जारी विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा अस्ट्रेलियाले डेनमार्कसँग १-१ गोलको बराबरी खेलेको छ । समूह ‘सी’ अन्तर्गत यस खेलमा दबाबपुर्ण प्रदर्शन गरेपनि अस्ट्रेलियाले जित हात पार्न सकेन ।

खेलको सातौं मिनेटमा निकोलाई जर्गेन्सनको क्रसमा क्रिस्टियन एरिक्सनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए ।

डेनमार्कका खेलाडीले डिबक्सभित्र ह्यान्ड गरेपछि अस्ट्रेलियाले ३८‍ औं मिनेटमा पाएको पेनाल्टी कप्तान माइल जेडानिकले गोलमा परिणत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु