अष्ट्रेलियासँग पेरु २-० ले विजयी - Naya Patrika
eNaya Patrika
  • ePaper

अष्ट्रेलियासँग पेरु २-० ले विजयी

रसियामा जारी विश्कवप फुटबल २०१८ अन्तर्गत  लगातार दुई खेलमा पराजित भएको पेरुले अन्तिम खेलमा जीत दर्ता गर्दै समूह चरणबाटै बाहिरिएको छ । उसले  मंगलबार अष्ट्रेलियालाई २–० ले पराजित गर्दै अष्ट्रेलियालार्इ पनि रोकेको हो ।

पहिलो खेलमा डेनमार्कसँग पराजित भएको पेरु दोश्रो खेलमा फ्रान्ससँग हारेको थियो । लगातार दुई खेलमा पराजित भएपछि अघिल्लो चरणको संभावना सकिएको पेरुले अन्तिम खेल भने आफ्नो पक्षमा पार्‍यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु