अष्टेलियाविरुद्ध फ्रान्स २-१ ले विजयी, पाउल पोग्बा बने निर्णायक - Naya Patrika
eNaya Patrika
  • ePaper

अष्टेलियाविरुद्ध फ्रान्स २-१ ले विजयी, पाउल पोग्बा बने निर्णायक

रसियामा जारी विश्वकप फुटबल अन्तर्गत अष्टेलियासँगको खेलमा फ्रान्से २-१ गोलले विजयी भएको छ ।

पेनाल्टीमार्फत ५८ औ मिनेटमा एन्टोनी ग्रिजम्यानले फ्रान्सलाई अग्रता दिलाएपनि ६२ औ मिनेटमा अष्ट्रेलियाले बराबरी गोल फर्काएको थियो । अष्ट्रेलियाले पाएको पेनाल्टिको अवसरलार्इ मिडफिल्डर जेडिनाकले सदुपयोग गर्दै गोल गरे ।

तर प्रिमियर लिगका महङ्गा मानिएका मिडफिल्डर पाउल पोग्बाले ८१ औ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए ।

अघिल्लो पेनाल्टीमा डिबक्स भित्र अष्टेलियाले फल गरेपनि फ्रान्सले अवसर पाएको थियो ।

रुसको कजान रंगशलामा पहिलो हाफमा दुवै टोली गोल गर्न असफल भएका थिए ।  खेलमा फ्रान्सले आफ्ना तीन आक्रमक खेलाडीलाई मैदान उतारेको थियो ।  तर पनि अष्ट्रेलियाले उत्कृष्ट डिफेन्सको नमुना प्रस्तुत गर्दै फ्रान्सलाई दबाबमा राखेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु