जापान vs पोल्यान्ड [LIVE UPDATE]

जापान vs पोल्याण्ड (LIVE UPDATE)

जापान vs पोल्यान्ड [LIVE UPDATE]
समाप्त ।
९०+३' । जापान पोल्यान्डसँग १-० गोल अन्तरले पराजित ।
९०' । खेलमा ३ मिनेट समय थप भएको छ ।
८८' ।  खेलको करिब अन्तिम मिनेटतिर आइपुग्दा जापान र पोल्यान्डले बलमाथिको नियन्त्रणलार्इ बराबरीमा पुर्‍याएका छन् । तर जापानले गोल गर्नैपर्ने दबाब सृजना भएको छ ।
८६' । पोल्यान्डले निकालेको अवसरलार्इ जापानले क्लियर गरिदिएको छ ।
८४' । जापानका मुटोको स्थानमा हासेबे मैदानमा आएका छन् ।
८१' । पोल्यान्डले डिबक्सभित्र बनाएको अवसरलार्इ जापानका किपरले उत्कृष्ट बचाउ गरेका छन् ।
७५' । खेललार्इ बराबरीमा रोके पुग्ने अवस्थामा रहेको जापान यतिबेला पोल्याण्डलार्इ भेटाउनु पर्ने अवस्थामा पुगेको छ ।
७२' । जापानको उत्कृष्ट प्रहार गोलमा परिणत हुन सकेन ।
६६' । पोल्यान्डले पाएको फ्रि किकको अवसरलार्इ जापानले क्लियर गरेको छ ।
५९' । स्टराइकर कुजावाको फ्रिकिकमा डिफेन्डर जान बेनेरेकले पोल्यान्डलाई १–० को अग्रता दिलाएका हुन् ।पोल्यान्ड १–० ले अगाडि 986180096५९' । स्टराइकर कुजावाको फ्रिकिकमा डिफेन्डर जान बेनेरेकले पोल्यान्डलाई १–० को अग्रता दिलाएका हुन् ।५३' ।पोल्यान्डका जिलेनिस्कीको सवै जापानिज डिफेन्डर मध्यभागमा रहेको अवस्थामा डिबक्स भित्र उत्कृष्ट क्रस निकाल्न सफल रहे । जापानिज गोलरक्षक कावासिमाले अगाडि बढी जापानलाई गोल खानबाट जोगाएजापानका ओकाजाकी चोटका कारण मैदानबाट बाहिरिए । उनको स्थानमा ओसाको छिरेका छन्
जापान र पोल्यान्डबीचको दोस्रो हाफ सुरु
४५+१' । खेलको पहिलो हाफ गोलरहित बराबरीमा ।
४५' । खेलमा १ मिनेट समय थप भएको छ ।
३७' । पोल्यान्डले कर्नरको असवर पाएको छ । तर गोल हुन सकेन ।
३६' । समूह चरणको पुछारमा रहेको पोल्यान्डलार्इ भने समूह चरणको शीर्ष स्थानमा रहेको जापानलार्इ हराउनै पर्ने बाध्यता छ  । त्यो पनि भारी अंकका साथ ।
३५' । बराबरीमा मात्रै रकिए पनि जापानको अघिल्लो चरणको यात्रा तय हुनेछ । यदि अहिलेको समिकरण बदलिएन भने ।
३४' । जापानको प्रहारलार्इ बचाएका छन् पोल्यान्डका किपरले ।
३३' । पोल्यान्डको प्रहारको जापानी गोल किपरले उत्कृष्ट बचाउ गरेका छन् ।
३२' । जापानले पोल्यान्डको आक्रमणलार्इ रोक्न सफल भएको छ । तर गोलको लयमा फर्किन सकेको छैन ।
२८' । जापानले कर्नरको अवसर पाएको छ । तर पोल्यान्डले हेडिङ गरेर बललार्इ क्लियर गरेको छ ।
२२' । जापानको उत्कृष्ट प्रहारलार्इ पोल्यान्डले क्लियर गरेको छ । १९' । जापानको प्रहार आउट भएपछि पोल्यान्डले 'थ्रो' चान्स पाएको छ । जुन पोल्यान्डको बलमाथिको नियन्त्रणको लागि सहज हुन सक्छ ।
१६' । जापानले अवसर बनाएको छ । तर प्रहार राम्रो हुन सकेको छैन । जापान खेलको फर्ममा आएको छ । उसको बलामाथिको नियन्त्रण करिब ४५ प्रतिशतमा आइपुगेको छ ।
१२' । जापानले बनाएको निकै राम्रो अवसर गुमाएको छ । डिबक्सभित्रबाट बनाएको प्रहार गोलमा परिणत हुन सकेन । पोल्यान्डले रोकेको छ ।
१०' । जापान दबाबमा देखिएको छ । तर पनि टिमको मेहनत भने जारी रहेको छ ।
६' । बलमा पोल्यान्डले नियन्त्रण बनाएको छ ।
जापान र पोल्यान्डबीचको खेल सुरु भएको छ ।