पोल्यान्ड vs कोलम्बीया

पोल्याण्ड vs कोलम्बिया (LIVE UPDATE)

पोल्यान्ड vs कोलम्बीया [0-3] 
कोलम्बीया र पोल्यान्ड विचको लाइभ अपडेटमा साथ दिनु भएकोमा धन्वयवाद । आगामी खेलहरुमा पनि हामी निरन्तर लाइभअपडेटमा रहने छौं त्यतिन्जेल सम्मका लागि प्रकाश कँडेल र गजेन्द्र चालिसेलाई विदा दिनुहोस शुभ रात्री
फुल टाइम कोलम्बीयाले खेल ३-० ले जितेको छ । प्रतिष्पर्धात्मक भएपनि कोलम्बीयाले निरन्तर गरेका प्रहार सफल भए। तर पोल्यान्डले भने कोलम्बीयाको पोस्टमा गोल गर्न सकेन्। जितसँगै कोलम्बीयाको नकआउट सम्भावना बलियो भएको छ। पोल्यान्ड भने लगातार दुई हारसँगै प्रतियोगिताबाट बाहिरियो।
९०'| ५ मिनेट अतिरिक्त समय थप गरिएको छ । खेलमा कोलम्बीयाले ३–० को अग्रता बनाएको छ।
८०'| कोलम्बीयासँग लगातार गोल खानपुगेपछि पोल्यान्ड पुर्ण रुपमा दबाबमा देखिएको छ । पोल्यान्डलाई अब खेलमा फर्कन निकै कठिन बनेको छ। कोलम्बीयाले जित निकाले अघिल्लो चरणको आसा कायमै रहने छ ।
७५'| कोलम्बीयाले तेस्रो गोल सम्भब बनाएको छ। कोलम्बीयाका लागि कुवाडराडोले काउन्टरयाट्याकमा आकर्षक गोल गर्दे टिमलाइ ३–० को अवस्थामा पुयाएका छन् । मिडफिल्डर कुवाडराडोको यो ८ औं अन्तराष्ट्रिय गोल हो।
golllllllllllllllllllllllllllll
७०'| कोलम्बीयाका लागि स्ट्राइकर राडामेल फाल्काओले गोल गर्दे टिमलाइ २–० को अवस्थामा पुर्याएका छन् । फाल्काओले आफ्नो करीअरको ३० औं गोल पुरा गरे । ६७ औं अन्तराष्ट्रिय खेलमा फाल्काओले गोल गर्न सफल भए।
golllllllllllllllllllllllllllllllllll
६२'| खेलको दोस्रो हाफमा दुबै टिमले निकै आक्रामक फुटबल खेलीरहेका छन् । पोल्यान्डले गोल फर्काउन प्रयास गरीरहेपनि कोलम्बीयाले उसको प्रयासलाई सफल हुन दिएको छैन् ।
५९'| पोल्यानड स्टार लेवान्डोस्कीको प्रहाररलाई गोलरक्षकले सानदार बचाउ गर्दे कोलम्बीयाको सम्भावित बराबरी टारे।
५२'| खेलमा कोलम्बीयाले दबाब बढाइरहेको छ। तर पोल्यान्ड काउन्टर याट्याकको प्रयासमा देखिन्छ।
गत संस्करणमा कोलम्बीयाका जेम्स रोड्रिग्वेजले ६ गोल गर्दै गोल्डेनबुट प्राप्त गरे साथै कोलम्बीयालाई पहिलो पटक अन्तिम आठमा समेत पु¥याउन सफल भए।
पोल्यान्डका लागि विश्वकप फुटबलमा गोल्डेन सयमका रुपमा १९७२ देखि १९८६ सम्मको समयलाई लिने गरिन्छ । उक्त समयमा पोल्यान्ड दुई पटक विश्वकप फुटबलमा तेस्रो बनेको थियो।
४६'| दोस्रो हाफको खेल सुरु भएको छ। पहिलो हाफमा कोलम्बीयाले अग्रता बनाएको छ। विश्वकप फुटबलको अघिल्लो चरणको आश कायमै राख्नपनि दुबै टिमलाई आज जित अत्यावश्यक रहेको छ।
पहिलो हाफको खेल समाप्त भएको छ । खेलको ४० औं मिनेटमा कोलम्बीयाले खेलमा अग्रता कायम गर्दे पहिलो हाफमा १-०को अग्रता बनाउन सफल भयो।
४५'| पहिलो हाफमा अतिरिक्त समय ४ मिनेट थप गरिएको छ।
४०'| कोलम्बीयाका एरि मिनाले आकर्षक हेडमार्फत टिमलाई सुरुवाती १–० को अग्रता दिलाएका छन् । खेलमा निरन्तर गोलको प्रयास गरिरहेको कोलम्बीया खेलमा पछिल्लो समय हावि देखिएको छ।
gooooolllllllll
३५'| कोलम्बीया पोल्यान्ड विरुद्ध आकर्षक मौकाको खोजिमा रहेको छ । अहिले सम्म कोलम्बीयाले ५२ प्रतिशत खेल आफ्नो पकडमा पार्दा दुबैले एउटापनि सट फ्रेममा प्रहार गर्न सकेका छैनन्।
२५'|कोलम्बीयाले गोलको निकै राम्रो मौका चुकाएको छ । खेलमा दुबै पक्ष निकै आक्रामक बन्दा खेल हेर्न लायक बनेको छ।
१८'| पोल्यान्ड र कोलम्बीया दुबै आक्रामक देखिएका छन् । खेलमा कोलम्बीयाले बल पोजेसनमा केहि नियन्त्रण कायम गरेपनि आकर्षक मुभ बनाउन सकेको छैन् । पोल्यान्डपनि गोलको प्रयासमा देखिएपनि खतरनाक बन्न भने सकेको छैन् ।
पहिलो खेलमा पोल्यान्ड सेनेगल सँग १–२ ले पराजित हुँदा अर्को खेलमा कोलम्बीयामाथी जापानले सनसनिपुर्ण जित निकाल्दै इतिहास बनाएको थियो । जापानले कोलम्बीयामाथी २–१ को जित निकाल्दा दक्षिण अमेरीकन टिम विरुद्ध जित निकाल्ने जापान पहिलो एसियन देश बनेको थियो।
तर यि दुई टिमविच २००६ यता एकअर्का विरुद्ध भेट भएको छैन् ।
कोलम्बीया र पोल्यानड विच यसअघि भएका ६ भिडन्तमा कोलम्बीयाले ५ खेलमा जित निकाल्दा पोल्यान्डले २ खेलमा जित निकालेको छ ।
पोल्यान्ड सुरुवातबाटै आक्रामक देखिएको छ।
विश्वकप फुटबलको यो दोस्रो चरणको अन्तिम खेल हो । भोलीबाट समुहचरणका अन्तिम खेलहरु हुने छन्।
१'| पोल्यान्ड र कोलम्बीया विचको खेल सुरु भएको छ।
दुबै देशको राष्ट्रिय गानको समय भएको छ।
पोल्यान्ड र कोलम्बीया जित्नै पर्ने खेलमा एकअर्का विरुद्ध प्रतिष्पर्धा गर्दै छन्। नकआउटचरणको सम्भावनालाई कायमै राख्नपनि आजको खेलमा जित निकाल्नु पर्ने चुनौती दुबै टिमलाई रहेको छ।
नमस्कार नयाँ पत्रिका लाइभअपडेट हेरर बसिरहनु भएका सम्पुर्णलाई अब हामी समुह ‘एच’ अन्तर्गत पोल्यानड र कोलम्बीया विचको खेलको लाइभ अपडेटमा तपाँइहरुलाई जोड्न चाहान्छौं