जापान vs सेनेगल [LIVE UPDATE]

जापान vs सेनेगल (LIVE UPDATE)

जापान vs सेनेगल  [LIVE UPDATE]
जापान (2- 2) सेनेगल 
जापान र सेनेगलको लाइभ अपडेटमा साथ दिनु भएकोमा धन्यवाद । अब हामी केहि समय पछि हुने पोल्यान्ड र कोलम्बीया विचको खेलको लाइभ अपडेट लिएर उपस्थीत हुनेनै छौं हामीसँगै रहनुहोला...
फुल टाइम
बराबरीसँगै दुबैको लिग अंक तालीकामा समान ४ अंक भएको छ । अब नकआउट चरणको टुंगो अन्तिम चरणको खेलले लगाउने छ। निर्धारित सयमको खेलमा जापान र सेनेगलले २-२ गोलको बराबरी खेलेका छन् । सेनेगलका लागि साडियो माने तथा मोउसा वागुइले गोल गर्दा जापानका लागि इनुकु र होन्डाले गोल गरे।
९०'|खेलमा अतिरिक्त समय ४ मिनेट थप गरिएको छ।
३२ वर्षिय भर्सस्टाइल प्लेयर होन्डाले जापानको राम्रो गोल स्कोररका रुपमा परिचित छन् । उनले विश्वकप छनोटमा १२ गोल गरेका छन् । जसमा रसियाको बाटो तय गर्नमात्रै ७ गोल गरेका थिए। आफ्नो ९७ औं खेलमा ३७ गोल सम्भव बनाउँदै सर्वाधिक गोल गर्ने जापानी खेलाडीको शिर्ष तीनमा आफुलाईपनि उभ्याउन सफल भए।
गोलरक्षक विट भएको अवस्थामा अनमार्करहेका केइसुकी होन्डाले पाएको बललाई सहजै जाली चुमाउँदै जापानको संकट टार्दे खेल २–२ को बराबरीमा ल्याए ।
७८'| होन्डाले ३७ औं अन्तराष्ट्रिय गोल गर्दे जापानलाई २–२ को बराबरीमा ल्याएका छन् ।
७१'|नियान्जको पासलाई वागुइले गोल गर्दे सेनेगललाई २-१ को अवस्थामा पुर्याए ।
६५'|जापानका इनुइले दोस्रो बार च्यापेर गरेको सुन्दर प्रहार क्रसबारमा लागेर बाहिरिंदा जापान फेरी अग्रताको मौकाबाट चुक्यो।
६१'| जापानले गोलको सुन्दर मौका चुकाएको छ।
जापान र सेनेगलले आफ्नो पहिलो खेल जितेकाले आजको खेलमा जित निकाल्ने टिमले विश्वकपको नकआउटचरणमा स्थान सुरक्षीत गर्ने छ । पहिलो खेलमा जापानले कोलम्बीया तथा सेनेगलले पोल्यानडलाई समान २–१ ले पराजित गरेका थिए।
४९' । जापानले गरेको निकै राम्रो हेडिङ गोलमा परिणत हुन सकेन ।
४५' । जापान र सेनेगलबीचको खेलको दोस्रो हाफ सुरु भएको छ ।
४५+१' । पहिलो हाफमा १-१ गोलको बराबरीमा सकिएको छ ।
४५' । खेलको पहिलो हाफमा १ मिनेट समय थप भएको छ ।
४३' । सेनेगलले बलमा नियन्त्रण गुमाएको छ । जापानले ३०  प्रतिशत नियन्त्रण जमाउँदा सेनेगल ७० प्रतिशत नियन्त्रण कायम गर्न सफल भएको छ ।
४२' । खेलमा सेनेगलले कर्नरको अवसर पाएको छ । तर जापनले त्यसलार्इ क्लियर गरिदिएको छ ।
३७' । आक्रामक सेनेगलसामु जापानको यो गोल निकै उत्कृष्ट हो ।
३४' । जापानका लागि नगातोमाको पासमा इनुइको उत्कृष्ट प्रहार गोलमा परिणत भएको छ ।
GOAL.......................!
२९' । जापानले आफ्नोतर्फबाट सक्दो प्रयास जारी राखेपनि सफल नभएपछि निराश देखिएको छ । 
२७' । जापानले भन्दा यतीबेला सेनेगलले बलको पोजेसनलार्इ बढाएको छ । बलमा नियन्त्रण र अवसरहरु श्रृजना गर्न सेनेगलले सक्दो धेरै मेहेनत र सफल भएको देखिन्छ ।
२६' । सेनेगलका लागि नियाङले गरेको प्रहार गोलमा परिणत हुन सकेन ।
२६' । सेनेगलले फ्रि किकको अवसर पाएको  छ ।
एसियाली मुलुक जापान र अफ्रिकि मुलुक सेनेगलबीचको यो खेल आफैमा महत्वको हो । दुवै देशले विश्वकपमा खेल्ने र उपाधी हात पार्ने कुरा निकै महत्व राख्ने विषय हुनेछ ।
२१' । सेनेगलले गरेको अर्को निकै राम्रो प्रहार गोलमा परिणत हुन सकेन ।
लिभिरपुलका स्टार खेलाडी मानेले रसिया विश्वकपका लागि गरेको यो नै पहिलो गोल हो ।
जापान र सेनेगलको यो चौँथो भेट हो ।
१६' । बल जापानको नियन्त्रणमा छ । जापानले ५४ प्रतिशत र सेनेलगलले ४६ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको छ ।
११' । सेनेगलका लागि  मानेले गरेको प्रहार गोलमा परिणत भएको छ ।
GOAL.......................!
७'|सेनेगलका खेलाडीले जापानको गोलपोस्टमा प्रहार गरेको गोल गोलरक्षकले रोझै नियन्त्रणमा लिए ।
समूह 'एच' अन्तर्गत जापान र  सेनेगलबीचको खेल सुरु भएको छ ।