पोल्यान्ड VS  सेनेगल [LIVE UPDATE] 

पोल्याण्ड vs सेनेगल (LIVE UPDATE)

पोल्यान्ड VS  सेनेगल [LIVE UPDATE]
खेल समाप्त पाेल्याण्ड १ सेनेगल २
 । पोल्यान्ड बराबरी गोल फर्काउने प्रयासमा । सेनेगलको क्षेत्रमा १० खेलाडी नै पोल्यान्डका छन्
 । अन्तिम इन्जुरी समयमा सेनेगल फ्रिकिक प्रहार गर्दै
खेलमा अन्तिम ४ मिनेटको इन्जुरी समय थप । पोल्यान्ड काउन्टर एट्याक्टमा
90 ' । सेनेगलले अन्तिम समयमा कर्नर पायो, कप्तान साडिओ माने कर्नर प्रहार गर्दै । सेनेगलका खेलाडीद्वारा फाउल
। रेफ्रीले भिआरको सहयोगमा पोल्यान्डका क्रिचोविकको गोललाई मान्यता
87 ' । पोल्यान्डले एक गोल फर्कायो । सेनेगल २–१ पोल्यान्ड
84 ' । सेनेगलका सारलाई डिबक्स भित्र पोल्यान्डका रिब्सले लडाएपछि खेलमा तनाब । सेनेगलका खेलाडीहरु रेफ्रीसँग पेनाल्टी पाउनु पर्ने माग
81 ' । पोल्यान्डका रिबक्सले पेनाल्टी क्षेत्रबाट सहज अबसर गुमाए । उनको प्रहार गरेको बललाई सेनेगलका गोलरक्षक डिआनेले सहज बचाउ गरे
 । पोल्यान्डले मिडफिल्डमा बलियो पकड बनाएको । तर उनीहरुले गोलका लागि सटिक पास निकाल्न सकिरहेका छैनन
76' । पोल्यान्डले एक राम्रो अवसर गुमायो । लेवान्डोस्कीको प्रहारलाई सेनेगलका डिफेन्डरले ब्लक गरे
Point out the Target
७१' । सेनेगलका गानाले पँहेलो कार्ड पाएका छन् ।
६५' । पोल्याण्डले निकालेको पासलार्इ सेनेगलले क्लियर गरेको छ ।
सेनेगलले पोल्याण्डविरुद्ध २ गोल गरेको छ । खेलको ३७ अौँ मिनेटमा पहिलो गोल गरेको थियो, जुन पोल्याण्डले आत्मघाति गरेको थियो । खेलको ६० अौँ मिनेटमा निआङले लामो पास निकालेर दोस्रो गोल गरेका थिए ।
६०' । सेनेगलका लागि निआङले निकै उत्कृष्ट गोल गरेका छन् ।
पोल्यान्ड (०-२) सेनेगल 
GOAL.............................................!
५५' । पोल्याण्डको प्रहरा बाहिरिएको छ ।
५३' । सेनेगलले निकालेको अवसर विफल भएको छ ।
५०' । पोल्याण्डका लेवान्डोस्कीले गरेको प्रहार किपरले बचाउ गरेका छन्  ।
४८' । सानेले प‌हेँलो कार्ड पाएका छन् । र पोल्याण्डले फ्री किक पाएको छ ।
४५' । सुरु मै पोल्याण्डले निकालेको पास सेनेलगलले क्लियर गरेको छ ।
४५' । खेलको दोस्रो हाफ सुरु भएको छ ।
पोल्यान्ड (०-१) सेनेगल 
४५+२' । सेनेगल र पोल्यान्डबीचको पहिलो हाफ समाप्त भयो । मध्यान्तरसम्म सेनेगल १–० ले अगाडि
४५+१' । पहिलो हाफको इन्जुरी समयमा सेनगेलको आक्रामण जारी छ । पोस्टको बायाँ साइडबाट निकालेको राम्रो गोल प्रयासलाई पोल्यान्डका डिफेन्डरले क्लियर गरे
४५+' । दुई मिनेटको इन्जुरी समय थप
' । पोल्यान्डका कप्तान लेवान्डोस्कीको यो ९६औँ अन्तर्राष्ट्रिय क्याप हो । उनले ज्याक क्रेज्योवेक र जेक बाकको बराबरी गरेका छन्
३९' । मिनेटमा पोल्यान्डका सानेकले आत्मघाती गोल गर्दा सेनेगल खेलमा १–० ले अगाडि । सेनेगलका गुआइले डिबक्स बाहिरबाट प्रहार गरेको बल सानेकको खुट्टामा डिफलेक्ट हुँदै गोलमा परिणत भएको थियो
सेगेगल १–० ले अगाडि
३२' । औँ मिनेटमा सेनेगलका साडियो मानेले नजिकको दुरीबाट गोल गर्न असफल
' । विश्वकप इतिहासम पोल्यान्डको उत्कृष्ट प्रदर्शन सन् १९७४ र १९८२ मा हो । दुवै संस्करणमा पोल्यान्ड तेस्रो भएको थियो
' । अफ्रिकन राष्ट्र सेनेगल सन् २००२ को विश्वकपको क्वार्टरफाइनलमा पुगेको थियो । जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा सेगेनगलले सनसनी रुपमा तत्कालि साबिक विजेता फ्रान्समाथि १–० को जित निकालेको थियो
' । पोल्यान्डका जाकुब ब्लाज्कोस्कीले सेनेगलविरुद्ध सयौँ अन्तर्राष्ट्रिय खेल खेल्दै । पोल्यान्डबाट सय खेलको सफलता चुम्ने उनी तेस्रो पोलिस फुटबलर हुन्
' । पोल्यान्डका कप्तान लेवान्डोस्की र सेनेगलका कप्तान माने युरोपकै चर्चित क्लबबाट खेल्छन्
२६' । सेनेगलले पोल्याण्डमाथि दबाब कायम राखेको छ ।
१९' ।  सेनेगलको प्रहारलार्इ पोल्याण्डका खेलाडिले हेडिङ गरेर आउट गरेका छन् ।
१८' । सेनेगलले निकालेको निकै राम्रो अवसर चुकाएको छ ।
१६' । पोल्याण्डको प्रयासलार्इ सेनेगलले विफल पारिरहेको छ ।
१४' । खेल निकै आक्रामक चलिरहेको छ । एकअर्काविरुद्ध अट्याकिङ् खेलिरहेका छन् ।
१३' । पोल्याण्डले निकाले अवसरलार्इ सेनेगलले क्लियर गरेको छ ।
१२' । तर प्रहार सहि ठाउँमा लागेन, बल आउट भएको छ ।
१२' । सेनेगलले फ्रि किक पाएको छ ।
११' । पोल्याण्डका क्रिचोएकले पहेँलो कार्ड पाएका छन् । १०' । पोल्याण्डको गोल पोष्ट नजिकैबाट निकालेको अवसर सेनेगलले फेरि गुमाएको छ ।
७' । सनेगलले निकालेको अवसरलार्इ पोल्याण्डले बचाउ गरेको छ ।
६' । सेनेगलको लामो प्रहारलार्इ पोल्याण्डले क्लियर गरिदिएको छ ।
५' । सेनेगलले कर्नरको अवसर पाएको छ ।
पोल्याण्ड र सेनेगलबीचको खेल सुरु भएको छ ।