इंग्ल्यान्ड VS पानामा [LIVE UPDATE]

इंग्ल्याण्ड vs पनामा (LIVE UPDATE)

इंग्ल्यान्ड VS पानामा  [LIVE UPDATE]
इंग्ल्यान्ड (६ - १) पानामा
समाप्त !
९०‌+४' । पानामामाथि इंग्ल्यान्डको सान्दार विजयी ।
९०' । खेलमा ४ मिनेट समय थप भएको छ ।
८५' । पानामाले फ्रि किकको अवसर पाएको छ । तर गोल हुन सकेन ।
७९' । सब्स्टीच्युटमा मैदान प्रवेश गरेका बाल्योले गोल गरेका हुन् ।
७८' । पानामाले गोल गरेको छ । बाल्योले गरेको प्रहार गोलमा परिणत भएको छ । मैदान बाहिर निकै ठुलो हुटीङ चलेको छ । यो इंग्ल्यान्डले गरेको ६ गोलको जवाफी गोल हो ।
GOAL........................................!
७५' । पानामाले कर्नर पाएको थियो तर अवसरलार्इ सदुपयोग गर्न सकेन ।
७२' । इंग्ल्यान्डले फ्रि किकको अवसर पाएको छ । तर गोलमा परिणत हुन सकेन ।
केनले ह्याट्रिक गरेका छन् । यो सँगै उनी यो विश्वकप संस्करणकव दोस्रो ह्याट्रिक गर्ने खेलाडी भएका छन् ।
६५' ।  पानामाले निकालेको अवसर गोलमा परिणत हुन सकेन । इंग्ल्यान्डले क्लियर गरेको छ ।
६२' । इ्ग्ल्यान्डले स्कोर गरेको छ । केनले गरेको प्रहार गोलमा परिणत भएको छ । यो सँगै बाहिरिएका छन्  उनको स्थानमा बर्दी मैदानमा प्रवेश गरेका छन् ।
GOAL..........................!
५६' । बल इंग्ल्यान्डको नियन्त्रणमा । पानमा रक्षात्मक बन्दै ।
५३' । इंग्ल्यान्डले कर्नर पाएको छ । तर पानामाले क्लियर गरेको छ ।
५०' । पानामाले कर्नर पाएको छ । तर सदुपयोग गर्न सकेन ।
४५' । खेलको दोस्रो हाफ सुरु भएको छ ।
४५+२' । खेलको पहिलो हाफमा इंग्ल्यान्ड ५-० को अग्रतामा ।
४५+१' । पेनाल्टी गोलमा परिणत भएको छ ।
GOAL..........................!
४५' । खेलमा २ मिनेटको समय थप भएको छ । पेनाल्टीको प्रक्रिया जारी छ ।
४३' । पानामाको खेलाडीको फउलले इंग्ल्यान्डले फेरि पेनाल्टीको अवसर पाएको छ । पानामाका गोडेले पँहेलो कार्ड पाएका छन् । केनले नै पेनाल्टी प्रहारका लागि तयार भएका छन् ।
४१' । फेरि पनि इंग्ल्यान्डले निकालेको अवसरमा लिंगार्डको उत्कृष्ट प्रहार गोल हुन सकेन ।
४०' । फ्रि किक गोलमा परिणत भएको छ ।
GOAL................................!
३८' । इंग्ल्यान्डले फ्रि किकको अवसर निकालेको छ ।
३७' । पानामाले पनि निकै लामो पास निकालेको छ,  तर विपक्षीले क्लियर गरिदिएको छ ।
३४' । इंग्ल्यान्डले पुन: गोल गरेको छ । लिंगार्डले गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको छ ।
GOAL....................................!
३२' । पानामाले बलमाथिको नियन्त्रणलार्इ बढाउने कोसिस जारी राखेको छ । तर इंग्ल्यान्डको निरन्तर आक्रमण भने टुटेको छैन ।
३१' । इंग्ल्यान्डले फेरि फ्रि किकको अवसर पाएको छ । तर धेरै टाढादेखि गरेको प्रहार गोलमा परिणत हुन सकेन ।
३०' । पानामा खेलमा फर्किने प्रयासमा । जवाफी प्रहार जारी ।
२८' । पानामाले डिबक्सभित्र बनाएको अवसरलार्इ पनि गोल गर्न सकेन ।
२४' । बल इंग्ल्यान्डको नियन्त्रणमा । रक्षात्मक बन्दै पानामा ।
२२' । इंग्ल्यान्डले गोल गरेको छ । कप्तान केनले पाएको पेनाल्टीको अवसर गोलमा परिणत भएको  छ।
GOAL...................................!
२०' । इंग्ल्यान्डले पेनाल्टी पाएको छ । कप्तान कानेले प्रहार गर्ने अवसर पाएका छन् ।
१५' । पानामाका खेलाडी टोरेज घाइते भएका छन् ।
१०' । पानामाका खेलाडी कुपरले पहेँलो कार्ड पाएका छन् ।
१०' । खेलमा इंग्ल्यान्डले निकै दबाब बनाएको  छ ।
८' । इंग्ल्यान्डका स्टोनको प्रहार गोलमा परिणत भएको छ ।
GOAL........................!
नोभगोरोड स्टेडियमा दुवै टोली ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिए ।
समूह 'जी' अन्तर्गतका इंग्ल्यान्ड र पानामाको खेल सुरु भएको छ ।