इंग्ल्यान्ड VS ट्युनिसिया (LIVE UPDATE)

इंग्ल्याण्ड vs ट्युनिसिया (LIVE UPDATE)

इंग्ल्यान्ड VS ट्युनिसिया [LIVE UPDATE]
निर्धारित समय सकिएको छ। कप्तान हेरीकेन अन्तिम समयमा नायक सावित भएपछि इंग्ल्यान्डले ट्युनिसियालाई २–१ ले पराजित गर्दे समुह जि मा महत्वपुर्ण तीन अंक हासिल गरेको छ।
खेलमा इन्जुरी समय ४ मिनेट थप गरिएको छ।
९०'|कप्तान हेरि केनले कर्नरमा पाएको बललाई हेड गर्दे इंग्ल्यान्डलाई अग्रता दिलाएका छन्।
८५'|खेल १-१ को बराबमा अब निर्धारित समयको खेल सकिन ५ मिनेट मात्र बाँकी रहेको छ।
७९'| इंग्ल्यान्डले डिबक्सभन्दा केहि इन्च बाहिर फ्रिकीक पाएको छ। तर एस्ली योङले क्रसबार माथीबाट उडाएका छन्।
ट्युनिसिया पहिलो पटक १९७८ मा विश्वकपमा छनोट भएको थियो। त्यसयता ट्युनिसियाको यो पाँचौ विश्वकप यात्रा हो।
६६'|इंग्ल्यान्डका युवा स्टार मार्कु रासफोर्डले रहिम स्ट्रलिङलाई सब्सटिच्युट गरेका छन्। रासफोर्डले म्यानचेस्टर युनाईटेडबाट ब्यबसायिक फुटबल खेल्ने गरेका छन्।
६५'| खेलमा इंग्ल्यान्डमाथी दबाब बढ्दै गएको छ। अन्य शिर्ष टिम स्पेन, अर्जेन्टिना, ब्राजिल जस्तै बरारबरीमानै रोकिने खतरा बढेको छ। तर खेलमा फर्कने पर्याप्त समय रहेकाले इंग्ल्यान्ड मैदानमा संघर्षरत देखिन्छ
इंग्ल्यान्ड सर्वाधिक धेरै ६ पटक विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको थियो।
इंग्ल्यान्ड १९७४,१९७८ तथा १९९४ को विश्वकपमा छनोट हुननै असफल भएको थियो।
५२'| इंग्ल्यान्डले अर्को गोलको सुन्दर मौका बनाएपनि पहिलो हाफमानै सब्सटिच्युट गोलरक्षकका रुपमा मैदानमा आएका मौज हासेनले सुन्दर बचाउ गरे
इंग्ल्यान्ड विरुद्ध ट्युनिसिया खेलमा फर्किएको छ । दोस्रो हाफमा ट्युनिसियाले बल पोजिसनमा पनि केहि सुधार गरेको छ। ५० मिनेटको खेलमा ४५-५५ को अवस्थामा बल पोजिसनलाई कायम गरेको छ।
४६'|दोस्रो हाफको खेल सुरु भएको छ
१९६६ मा आफ्नो घरेलु मैदानमा भएको विश्वकपमा इंग्ल्यान्डले पहिलो पटक उपाधि जितेको थियो । उक्त समयमा इंग्ल्यान्डले आफ्ना सबै खेल वेम्ब्ली मैदानमा खेलेको थियो। त्यसयताका ५२ वर्ष इंग्ल्यान्ड उपाधि विहिन छ। त्यसपछिको ठुलो सफल्ता भनेको १९९० को विश्वकपमा सेमिफाइनलमा स्थान बनाउनु हो। गत सिजनको विश्वकपमा समुहचरणबाटै बाहिरिएको इंग्ल्यान्डका लागि यो विश्वकपमा आफ्नो प्रभाव देखाउने चुनौती रहेको छ।
४५'|पहिलो हाफमा इंग्ल्यान्डलाई ट्युनिसियाले १-१ गोलको बराबरीमा रोक्न सफल भएको छ । ११ औं मिनेटमानै कप्तान हेरी केनको गोलबाट अग्रता लिएपनि ट्युनिसियाले फर्जानी सासीको पेनल्टी मार्फत ३५ औं मिनेटमा खेल बराबरी गर्न सफल भयो।
४४'|गोलरक्षक विट गर्दे जेसिस लिंगार्डले गरेको चिप फस्ट बार भन्दा केहि इन्चबाट बाहिरिंदा इंग्ल्यान्ड अग्रता बनाउन असफल भयो
३९'|रहिम स्र्टलिङले राम्रो फ्रिकीकमा गोल गर्न सकेनन्
केएल वाल्करले बेन युसेफलाइ लडाएपछि पेनल्टी पाएको थियो । जसलाई फर्जानी सासीले कुनै गल्ती गरेनन् । यो सँगै इंग्ल्यान्डमाथी दबाब बढेको छ ।
३४'|ट्युनिसियाका सासीले पेनल्टी प्रहार गरेका छन जहाँ गोल भएको छ खेल १-१
३४'| ट्युनिसियाले पेनल्टीको मौका पाएको छ।
३३'|अहिले बल पोसेसन इंग्ल्यान्ड ६० तथा ट्युनिसिया ४० को अवस्थामा रहेको छ।
३०'| इंग्ल्यान्डले राम्रो फ्रिकीकको मौका पाएपनि सदुपयोग गर्न सकेन
सुरुवातमानै इंग्ल्यान्ड अन्य उपाधि दाबेदार मानिएका अर्जेन्टिना, ब्राजिल, स्पेन, बेल्जीयम, जर्मनी, पोर्चुगल र फ्रान्स भन्दा आक्रामक देखिएको छ ।
१९३० बाट सुरु भएको विश्वकप फुटबलमा इंग्लयान्डले पहिलो र १९३८ को विश्वकपमा सहभागिता जनाएको थिएन् ।
इंग्ल्यान्डले निकै राम्रो सुरुवात गरको छ । खेलको २० मिनेट भित्र उसले अधिकांस समय खेल आफ्नो नियन्त्रणमा राखेको छ ।
११'| इंग्लयान्ड कप्तान  हेरी केनले पहीलाे गाेल गरेका छन।
इ‌ंग्ल्यान्ड सुरूवातबाटै अात्रमक देखिएकाे छ । खेलकाे ७ मीनेट भीत्रनै ३ भन्दा बढी गाेलका अवसर िसजर्ना गरीसकेकाे छ ।
इंग्ल्यान्डका लिंगाडको क्रसमा स्टर्लिङले नजिकको दुरीबाट गोल गर्न असफल
इंग्ल्यान्डका लिंगार्डले सुरुवातमै अग्रता दिलाउन चुके, उनले क्लोज रेन्जबाट प्रहार गरेको बललाई ट्युनेसियाका गोलरक्षक हासनले उत्कृष्ट बचाउ गरे
ट्युनेसिया सुरुवातमै आक्रमण् गर्दै
इंग्ल्यान्डका अधिकाम्स खेलाडी इंग्लिस प्रिमियरसिप खेल्छन्
सन् १९६६ पछि विश्वकप उपाधि नजितेको इंग्ल्यान्डले रसिय विश्वकपमा आफ्नो पहिलो खेलमा ट्युनेसियाको सामना गर्दै ।