दक्षिण कोरिया VS जर्मनी [LIVE UPDATE]

दक्षिण कोरिया vs जर्मनी (LIVE UPDATE)

दक्षिण कोरिया VS जर्मनी [LIVE UPDATE
दक्षिण कोरिया (2 - 0)   जर्मनी 
जर्मनी विश्वकपबाट बाहिरियो मस्को÷ विश्वकप फुटबल साबिक विजेता जर्मनी समूह चरणबाटै बाहिरिएको छ । समूह एफमा जर्मनी दक्षिण कोरिया २–० ले पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको हो । समूह एफबाट स्विडेन र मेक्सिको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । स्विडेन र मेक्सिकोले ३ खेलबाट समान ६ अंक बटुलेका छन् । गोलअन्तरमा स्विडेन समूह विजेता बन्यो । जर्मनीमाथि सनसनीपूर्ण जित निकालेको दक्षिण कोरिया ३ अंकका साथ तेस्रो स्थानमा रह्यो । साबिक विजेता जर्मनीको ३ अंक छ । जर्मनी समूहको पुछारमा रह्यो । यस समूहबाट दक्षिण कोरियाले लगातार दुई खेल गुमाइसकेको थियो । दक्षिण कोरियालाई जित दिलाउन किम योङ ग्वाङले ९० मिनेटको इन्जुरी समयको दोस्रो मिनेटमै १–० का लागि गोल गरे । त्यही इन्जुरी समयको ६ मिनेटमै कोरियन सोङ हेङ मिनले २–० का लागि गोल गरे । जर्मन गोलरक्षक मानुएल नुएर आफनो स्थान भन्दा बाहिर रहेको अवस्थामा सोङ हेङले खाली पोस्टमै सहजै गोल गर्दा जर्मनी खेलमा फर्कने मौका नै पाएन । समूह एफको पहिलो खेलमै जर्मनी मेक्सिकोसँग १–० ले स्तब्ध भएको थियो । नकआउट चरण स्थान सुरक्षित गर्न जर्मनीले दक्षिण कोरियालाई हराउनु नै पर्ने थियो ।
985258090
सोङ हुन मिङले जर्मनीको कमजोर डिफेन्स फाइदा लिँदै खाली पोस्टमा सहजै गोल गरे
दक्षिण कोरियाले इन्जुरी समयमा पुनः गोल गर्दै जर्मनीविरुद्ध २–० को अग्रता लियो ।
985257964
दक्षिण कोरियालाई लागि किमले सहजै ६ यार्ड बक्सबाट गोल गरेका हुन्
रेफ्रीले भिएआरको सहयोगमा दक्षिण कोरियाको गोललाई मान्यता दिएका छन् । दक्षिण कोरियाले अन्तिम ६ मिनेटको अतिरिक्त समयमा १–० को अग्रता लियो
म्याच रेफ्री भिएआरको सहयोग लिँदै
दक्षिण कोरियाको गोल अफसाइड
८६' ।ओजिलको सटिक क्रसमा ६ यार्ड डिबक्स भित्र अनमार्कमा रहेका हुमेल्सको हेडिङ पहिलो बार नजिकिदै बाहिरियो
दक्षिण कोरिया र जर्मनीबीच ५ मिनेट खेल बाँकी । बराबरी नतिजाले जर्मनी विश्वकपबाट बाहिरिन सक्छ ।
८४' ।टोनी क्रुजले डिबक्स बाहिरबाट प्रहार गरेको बल क्रसबार भन्दामाथि
जर्मनीको बल पोजेसन ७४ र दक्षिण कोरियाको २६ प्रतिसत बल पोजेसन
७७' ।कोरियन मिडफिल्डर सोङले डिबक्सबाट प्रहार गरेको बल पहिलो बार नजिकिँदै बाहिरिएको छ
अहिले दक्षिण कोरियाले जर्मनीविरद्ध ४–२–३–१ को रणनीति अनुसार प्रतिस्पर्धा गर्दैै
६७' ।गोमेजको उत्कृष्ट हेडिङलाई कोरियन गोलरक्षक जोको उत्कृष्ट बचाउ
दक्षिण कोरियन खेलाडीले जर्मन डिफेन्डरलाई पुनः एकपटक चुनौति दिइरहेका छन् तर कोरियन खेलाडीका फिनिसिङ कमजोर रहँदा अग्रता लिन चुकिरहेका छन्
६१' ।जर्मन प्रशिक्षक जोचिम लोले टिमकै सर्वाधिक अनुभवी स्ट्राइकर थोमस मुलरलाई मैदान भित्र पठाएका छन्, उनी कोरेट्जाकाको स्थानमा प्रवेश गरेका हुन्
५४' । दक्षिण कोरियाका मिडफिल्डर कु घाइते । उनी मैदानबाट बाहिरिएका छन्
दक्षिण कोरिया जर्मन डिफेन्डरलाई चुनौति दिँदै । दक्षिण कोरियाले लगातार गोल प्रयास गर्दै
985242914
४७' । जर्मनीका मेसुत ओजिलले डिबक्स भित्र हेडिङ गोल प्रयासलाई दक्षिण कोरियाका गोलरक्षक उ जोले डाइभ गरी उत्कृष्ट बचाउ गरे ।
४५+३' । खेलको पहिलो हाफ गोलरहित बराबरीमा ।
४५' । खेलमा ३ मिनेट समय थप ।
४४' । पहिलो हाफको अन्तिमतिर आइपुग्दा दक्षिण कोरिया खेलमा फर्किएको  छ । डिबक्सभित्र अवसर बनाइरहेको कोरिया रक्षात्मक अवस्थामै अगाडि बढि रहेको छ ।
४३' । दक्षिण कोरियाले निकालेको अवसरलार्इ जर्मनीले क्लियर गरेको छ ।
४१' । आक्रामक बन्दै जर्मन । रोक्ने प्रयासमा दक्षिण कोरिया ।
३९' । जर्मनीले कर्नरबाट निकालेको अवसरलार्इ दक्षिण करियन किपरले उत्कृष्ट बचाउ गरेका छन् ।
३५' । आक्रामक खेलिरहेको जर्मनसँग दक्षिण कोरिया रक्षातेमक खेल्दै । तर गोल गर्न भने सकेको छैन।
३०' । बलमा जर्मनीको नियन्त्रण कायम ।
२८' । जर्मनीको डिब्कस नजिकै बाट कोरियाले गरेको उत्कृष्ट प्रहार आकासिएको छ ।
२३' । लिजार्इ सुङले पहेँलो कार्ड पाएका छन् ।
२१' । जर्मनकीको लङ प्रहारलार्इ कोरिया किपरले उत्कृष्ट बचाउ गरेका छन् ।
१८' । सुलेले गरेको फ्रि किक जर्मनीका किपरले उत्कृष्ट बचाउ गरेका छन् । तर जर्मनी प्लेयरले फउल खेलेपछि कर्नरको अवसर पनि पाएको छ । तर सदुपयोग गर्न सकेन ।
१७' । दक्षिण कोरियाले फ्रि किकको अवसर पाएको छ ।
१३' । जर्मनीको लामो प्रयासलार्इ कोरियाले विफल तुलेयाएको छ ।
१०' । दक्षिण कोरियाका मुनले फउल खेलेपछि जर्मनीले फ्रि किकको अवसर पाएको छ । तर गोलमा परिणत हुन भने सकेन ।
८' । कोरियाका लागि वार्इ जुङले पहेँलो कार्ड पाएका छन् ।
३' । जर्मनीले कोरियामाथि दबाब बनाएको छ । बलमाथि जर्मनीले करिब ८० प्रतिशत नियन्त्रण बनाएको छ ।
समूह चरणको अन्तिम खेलमा दक्षिण कोरिया र जर्मनी प्रतिस्पर्धाको लागि मैदानमा ।
दक्षिण कोरिया र जर्मनीबीचको समूह चरणको अन्तिम खेल सुरु ।