जर्मनी vs स्विडेन [LIVE UPDATE]

जर्मनी vs स्विडेन (LIVE UPDATE)

जर्मनी vs स्विडेन [LIVE UPDATE]
View image on Twitter
जर्मनी र स्विडेनबीचको लाइभ अपडेटमा साथ दिनु भएकोमा धन्यवाद छ । तपाईहरुसँग हामी रसिया विश्वकप फुटबलका हरेक खेल लाइभ अपडेटमा निरन्तराा रहने छौँ । आजको अपडेटबाट श्रीलोचन राजोपाध्याय र गजेन्द्र चालिसेलाई विदा दिनुहोस । धन्यवाद... शुभ रात्री
स्विडेनमाथि जर्मनीको सनसनीपूर्ण जित विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह एफमा साबिक विजेता जर्मनीले अन्तिम इन्जुरी समयमा स्वीडेनलाई २–१ ले पराजित गरेको छ । खेलको अन्तिम इन्जुरी समयमा टोनी क्रुजले उत्कृष्ट गोल गर्दै जर्मनीलाई महत्वपूर्ण ३ अक दिलाएका हुन् । जितसँगै जर्मनीले २ खेलबाट ३ अंक बटुलेको छ । इन्जुरी समयमा पराजित भएको स्विडेनले पनि २ खेलबाट ३ अंक नै बनाएको छ । यस समूहबाट मेक्सिकोले लगातार दुई खेल जित्दै प्रिक्वार्टरफाइनल स्थान सुरक्षित गरिसकेको छ । यस समूहबाट दक्षिण कोरिया लगातार दुई हार बेहोरी प्रतियोगिताबाट बाहिरिसकेको छ । खेलको ३२औँ मिनेटमा स्विडेनका लागि ट्रोभनेनले स्विडेनलाई १–० को अग्रता दिलाएका थिए । खेलको ४८औँ मिनेटमा रेयुसले जर्मनीलाई १–१ को बराबरीमा पु¥याए । खेलमा जर्मनका बोइटिङले रातो कार्ड पाएपछि जर्मनीले अन्तिम ५ मिनेट र इन्जुरी समयमा दश खेलाडीमा प्रतिस्पर्धा गरेको थियो । ।
खेलमा जर्मनी २–१ स्विडेन
+ जुलियन ब्रान्डटले २२ यार्ड टाढाबाट प्रहार गरेको बल पहिलो बारमा लाग्यो
पाँच मिनेटको अन्तिम इन्जुरी समय । अहिलेसम्म जर्मनी १–१ स्विडेन
८७'| स्विडेनका गोलरक्षक ओल्सेनको उत्कृष्ट बचाउ ।
जर्मनी दश खेलाडीमा अन्तिम ५ मिनेट प्रतिस्पर्धा गर्दै
जेरोमी बोइटिङ रातो कार्ड बेहोर्दै मैदानबाट बाहिरिएका छन्, उनले लगातार दोस्रो पहेलो कार्डका रुपमा रातो कार्ड पाएका हुन
८१'| जर्मन खेलाडीलाई रातो कार्ड
८०'| डिबक्स भित्र अनर्माकमा रहेका वेर्नरले सहज अवसर गुमाए । उनले प्रहारित बल क्रसबार माथि
७६'| स्विडेनलाई अग्रता दिलाएका ओला ट्रोभनेन मैदान बाहिर
७०'|जर्मन खेलाडी जेरोमि बोइटिङले पहेलो कार्ड पाए
दोस्रो हाफमा स्विडेन चर्को दबावमा खेलिरहेको छ । जर्मन खेलाडीले एकपछि अर्को काउन्टर एट्याक्ट र मुभ बनाइरहँदा स्विडेन दबावमा परेको हो । जर्मनीले खेलमा ७३ प्रतिसत बल पोजेसन र ११ पटक गोलका लागि प्रयास गरेको छ
६७'|मध्यान्तरपछि मैदान भित्र प्रवेश गरेका मारियो गोमेजले अफसाइड टयाप विट गरी ६ यार्ड बक्स भित्र गोल गर्न असफल । उनको प्रहार बार भन्दामाथि गयो
जर्मन फुटबल इतिहासमा विश्वकप र युरोकपमा पहिलोपक टिममा सहभागी हुँदै पहिलो सेटमै सहभागी भएका खेलाडीले गोल गर्न सफल भएका छन १. गर्ड मुलर (१९७० विश्वकप, १९७२ युरोकप) २ डिएटेर मुलर (१९७६ युरोकप, १९७८ विश्वकप) ३ कार्ल हेनिज (१९७८ विश्वकप, १९८० युरोकप) ४ मार्कुस रेयुस (२०१२ युरोकप, २०१८ विश्वकप)
६०'|मुलरको पासमा रेयुसले सानो डिबक्स भित्र बल छुन नसक्दा जर्मनीले निकै राम्रो गोल अवसर गुमायो
५७'| हेक्टरले डिबक्सको दायाँ साइडबाट प्रहार गरेको बललाई स्विडेनका गोलरक्षक रोवेन ओल्सेनले डाइभ गरी बचाए
982082248
सोची रंगशालामा जर्मन समर्थकहरु आफना खेलाडीलाई हौस्याउँदै ।
५२'| स्विडेनका लुस्टिनले पहेलो कार्ड पाए
982158076
जर्मनीलाई बराबरीमा पुयाएका मार्कस रेयुस ब्यावसायिक रुपमा जर्मन क्लब डर्टमुन्डबाट खेल्छन् । २०१२ देखि उनी डर्टमुन्डबाट खेलिरहेका छन्, अहिलेसम्म १३६ खेलमा ६३ गोल गरेका छन। राष्ट्रिय टिमबाट उनले २०११ मा डेब्यू गरेका थिए । अहिलेसम्म उनले ३३ खेलमा १० गोल गरेका छन्
४८'|मार्कस रेयुसले जर्मनीलाई १–१ को बराबरीमा पुर्याएका हुन्
जर्मनीद्वारा १–१ को बराबरी गोल फर्काएको छ
मध्यान्तरपछि जर्मन प्रशिक्षक जोचिम लोले एक खेलाडी परिवर्तन गरेका छन् । ड्राक्ससेलको स्थान मारियो गोमेज मैदान भित्र प्रवेश गरेका छन्
दोस्रो हाफमा सुरु
982143608
जर्मनी र स्विडेनबीचको रोमाञ्चक पहिलो हाफ सम्पन्न भएको थियो । खेलमा स्विडेन १–० ले अगाडि छ
४५‌‌‍+2इन्जुरी समयमा जर्मन गोलरक्षक मानुएल नुएरले उत्कृष्ट बचाउ गरे ।  उनले बायाँतिर डाइभ गर्दै जर्मनीलाई संभवत गोल खानबाट बचाए
पहिलो हाफमा दुई मिनेटको अतिरिक्त समय थप
एक मिनेटको अन्तरमा जर्मन र स्विडेनका खेलाडीले उत्कृष्ट काउन्टर एट्याक्ट बनाए
स्विडेनले सन् २००६ पछि मात्र विश्वकप स्थान बनाएको हो
४०'|जर्मन स्ट्राइकर थोमस मुलरको प्रहार पहिलो बार नजिकिँदै बाहिरियो
जर्मन स्ट्राइकर थोमस मुलरको प्रहार क्रसबारमा जर्मनीविरुद्ध सनसनीपूर्ण गोल गरेका ओला
982142938
व्यावसायिक फुटबल फ्रेन्च लिग वानको टाउलोजरबाट खेल्छन्, दुई बर्षअघि उनी इंग्लिस प्रिमियर लिग सन्डरल्यान्डबाट लोनमा फ्रेन्च क्लबमा पुगेका हुन् । अहिलेसम्म फ्रेन्च क्लबका लागि ५३ खेलमा ७ गोल गरेका छन् । २००७ देखि स्विडेन राष्ट्रिय टिममा रहेका ओलाले ६१ खेलमा १४ गोल गरेका छन्
३२'| ओला ट्रोभनेलले स्विडेनलाई सनसनीपूर्ण रुपमा १–० को अग्रता दिलाएका छन् । डिबक्स भित्र बल नियन्त्रण गर्दै उनले हल्का चिप प्रहार गरी अग्रता गोल गर्न सफल भए ।
स्विडेनको अग्रता । स्विडेन १–० जर्मनी
 खेलाडी परिवर्तन । चोटका कारण वेर्नर मैदानबाट बाहिरिए । उनको स्थानमा गुन्डोगान प्रवेश गरे
सन् १९५० मा ब्राजिलमा भएको विश्वकपमा स्विडेन उपविजेता बनेको थियो । विश्वकप इतिहासमा स्विडेनको यो नै अहिलेसम्मको उत्कृष्ट नतिजा हो । रसियामा सञ्चालन भइरहेको विश्वकप २१औँ संस्करण हो । स्विडेनले अहिलेसम्म यो समेत १२ पटक विश्वकप खेलेको छ
२५ मिनेटको खेलसम्म जर्मनीले ३ तथा स्विडेनले २ पटक गोलका लागि प्रयास गरेका छन्
मिडफिल्डर मार्कस बर्ग युरोपियन विश्वकप छनोट प्रतियोगितामा स्विडेनका लागि सर्वाधिक गोल गरेका थिए
जर्मनीले अहिलेसम्म १२ पटक विश्वकप सेमिफाइनल खेलेको रेकर्ड आफ्नो नाममा लेखाएको छ
982119116
जर्मन खेलाडीले ८७ प्रतिसत बल पोजेसन बनाएका छन्
१३'|स्विडिस स्ट्राइकर वर्गले मैदानको मध्यभागबाट उत्कृष्ट ड्रिब्लिङ गरे पनि गोल गर्न चुके । उनले डिबक्स भित्र बल नियन्त्रणमा राख्न नसक्दा जर्मन डिफेन्डरले बल क्लियर पारे
१२'| स्विडेनको उत्कृष्ट काउन्टर एटयाक्ट
१० '|डिबक्स अगाडि किमिचीले मिलाएको पासमा वेनरले गोल गर्न सकेनन्, उनले डिबक्सबाट प्रहार गरेको बललाई स्विडिस डिफेन्डरले क्लियर गरे
८ '|जर्मनीक ड्राक्ससेलले बायाँ साइड डिबक्सबाट प्रहार गरेको बल दोस्रो बर नजिकिँदै बाहिरियो
जर्मन डिफेन्डर हेक्टरले ६ यार्ड बक्सबाट गोल गर्न असफल
982096388
जर्मनी सुरु देखि आक्रामक शैलीमा प्रतिस्पर्धा गरिरहेको छ । पहिलो ३ मिनेट भित्र जर्मन खेलाडीले ४ पटक गोलका लागि प्रयास गरिसकेका छन्
पहिलो खेलमा मेक्सिकोसँग १–० ले पराजित भएको जर्मनीले सर्बियाविरद्ध गर या मरको अवस्थामा प्रतिस्पर्धा गर्दै । हारले जर्मनीले विश्वकपको समूह चरणबाटै बाहिरिने छ
चारपटकको विश्व च्याम्पियन जर्मनी धेरैपटक उपविजेता बनेको राष्ट्र पनि हो । जर्मनी आठपटक फाइनल खेलेको छ । जसमध्ये चारपटक फाइनलमा विपक्षीलाई हरायो ।
दुवै राष्ट्रको राष्ट्रिय गान सुरु
समूह एफ अन्तर्गत सोची रगशालामा जर्मनी र स्विडेनका खेलाडीहरु भित्र प्रवेश गर्दै ।