दक्षिण कोरिया VS मेक्सिको [LIVE UPDATE]

दक्षिण कोरिया vs मेक्सिको (LIVE UPDATE)

दक्षिण कोरिया VS मेक्सिको  [LIVE UPDATE]
दक्षिण कोरिया (१-२) मेक्सिको' ।
मेक्सिको र दक्षिण कोरिया विचको खेलको लाइभ अपडेटमा साथ दिनु भएकोमा धन्यवाद हामी तपाँहरुमाझ केहिबेरपछि हुने जर्मनी र स्वीडेन विचको खेलको लाइभ अपडेट लिएर उपस्थीत हुने छौं धन्यवाद..
दक्षिण कोरिया र मेक्सीको विचको खेलको निर्धारित समय सकिएको छ। निर्धारित समयमा मेक्सिकोले खेल २–१ ले जितेको छ । जितसँगै मेक्सिको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ भने कोरिया प्रतियोगिताबाट दुई हारसँगै बाहिरिएको छ। यसअघिको खेलमा कोरिया स्विडेनसँग पराजित भएको थियो ।अन्तिम खेलमा कोरियाले जर्मनी विरुद्ध प्रतिष्पर्धा गर्ने छ ।
०+कोरियाले खेलमा गोल फर्काएको छ । कोरियका लागि सन हेङमिनले गोल गर्दे मेक्सीको विरुद्धको खेललाई २–१ को अवस्थामा ल्याए ।
982063602
८५'| खेलमा मेक्सिको हावि देखिएको छ। दुई गोलले अग्रता बनाएको मेक्सिकोले पहिलो खेलमा  जर्मनीलाई पराजित गरेको थियो ।
७८'| निर्धारित समयको खेल सकिन केहि समय बाँकी रहँदा मेक्सिकोले खेलमा २–० को अग्रता बनाएको छ । कोरियाले गोल फर्काउने केहि राम्रा मौका पाएपनि गोल गर्न असफल भएको छ।
जाभियर हर्नान्डेजले आफ्नो करीअरको ५० औं अन्तराष्ट्रिय गोल पुरा गरेका छन् । उनले देशका लागि १ सय ४ खेलमा ५० औं गोलको कोसेढुंगा पुरा गरेका हुन् । उनको गोलसँगै मेक्सीको नकआउट चरण नजिक पुगेको छ।
६६'| मेक्सीकोले दोस्रो गोल थपेको छ । उसका लागि जाभियर हर्नान्डेजले सानदार गोल गर्दे खेलमा २–० को अग्रता दिलाए।
६२'| दुबै तर्फका खेलाडी आक्रामक बनेका छन्। खेलमा कोरिया र मेक्सिको दुबै काउन्टरको प्रयासमा हुँदा खेल रोमाञ्चक बनेको छ।
५८'| मेक्सिकोका गुआराडाडोले डिबक्स भित्रबाट फस्टबार च्यापेर गरेको प्रहारलाई गोलरक्षकले सानदार बचाउ गरेका छन्।
५७'| कोरियाका कि सोङग्योले गरेको शक्तिसाली प्रहारलाई गोलरक्षकले क्लीयर गर्दे मेक्सिकोको संकट टारे।
कोरियाको विश्वकप यात्रामा सर्वाधिक ठुलो सफल्ता भनेको २००२ मा सेमिफाइनल सम्म पुग्नु हो । त्यसपछि २०१० मा अन्तिम १६ मा स्थान बनाएको थियो । कोरिया अधिकासं समय समुहचरणबाटै बाहिरीने गरेको छ।
५३'| खेलमा कोरिया सुधारिएको प्रदर्शन गरेको छ । गोलका मौकाहरु बनाउने कोसिस गरेपनि  गोल गर्न सकेको छैन् ।
४६'| मेक्सीको र कोरिया विचके दोस्रो हाफको खेल सुरु भएको छ। पहिलो हाफमा मेक्सिकोले १–० को अग्रता कायम गरेको छ।
पहिलो हाफको खेल समाप्त भएको छ । पहिलो हाफमा मेक्सिकोले खेलमा १–० को अग्रता बनाएको छ । बल पोजेसनमा ६८ प्रतिशत मेक्सीकोले पकड बनाउँदा कोरियाले ३२ प्रतिशत कायम गरेको छ ।
स्वीडेन र जर्मनी समिलित बलियो समुहका रुपमा रहेको समुह ‘एफ’ मा दाबेदार मेक्सिकोले जित निकाले नकआउटचरणमा स्थान बनाउने छ।
४३'| हिर्भिङ लोजानोले डिबक्स भित्र राम्रो गोलको मौका पाएपनि क्रशबारमाथीबाट उडाएपछि मेक्सिकोले अग्रता दोब्बर बनाउने मौका गुमायो
४१'| खेलमा दक्षिण कोरियाले केहि पकड बनाएको छ । मेक्सिको विरुद्ध निरन्तर गोलको प्रयासमा रहेपनि आकर्षक मुभ बनाउन भने सकिरहेको छैन्
३६'| मेक्सिकोले खेलमा अग्रता बनाएसँगै संयमित देखिएको छ। कोरिया भने गोल फर्काउनका लागि संघर्षरत देखिएको छ।
३१'| कोरियाले फ्रिकीको मौका चुकाएको छ। डिबक्सभन्दा केहि बाहिर पाएको फ्रिकीक सदुपयोग गर्न असफल भयो।
२४'|पेनल्टी मार्फत मेक्सीकोले खेलमा अग्रता बनाएको छ। मेक्सीकोका लागि कार्लोस भेलाले पेनल्टी मार्फत अग्रता दिलाए।
२५'| मेक्सीकोले पेनल्टीको मौका पाएको छ। कोरियन खेलाडीले हेन्ड गरेको बलमा मेक्सीकोले पेनल्टी पाएको हो ।
१३'| कोरियाले काउन्टर याट्याकमा गोलको राम्रो मौका बनाएपनि मेक्सिकोको डिफेन्स लाइनअप चिर्न सकेन्१३'| कोरियाले काउन्टर याट्याकमा गोलको राम्रो मौका बनाएपनि मेक्सिकोको डिफेन्स लाइनअप चिर्न सकेन्
१२'|मेक्सीकोले खेलमा ७३ प्रतिशत पकड कायम गरेपनि एउटापनि प्रहार फ्रेममा गर्न सकेको छैन् ।
१०'| खेलको सुरुवातमा कोरियामाथी मेक्सीको हावि देखिएको छ । कोरियाको पोस्टमा राम्रो मुभको मौका बनाउने कोसिसमा मेक्सिको निरन्तर रहेको छ।
मैदानको दुई तिहाइ भागमा मेक्सिन समर्थकहरु रहेका छन् । उनीहरु आफ्नो टिमको समर्थनमा निरन्तर हुटिङ गरिरहेका छन्
कोरियाले विश्वकपको आफ्नो पहिलो खेलमा स्वीडेनसँग १–० ले पराजित भएको थियो भने मेक्सिकोले सनसनिपुर्ण खेलमा जर्मनीलाई १–० ले पराजित गरेको थियो।
१'| कोरिया र मेक्सीको विचको खेल सुरु भएको छ।मेक्सिकोले जित निकाले अघिल्लोचरण प्रवेश गर्ने छ । कोरिया भने पराजित भए प्रतियोगिताबाट बाहिरिने छ।
दक्षिण कोरिया र मेक्सिकोबीचको खेल सुरु भएको छ ।
राष्ट्रिय गान सुरु भएको छ ।