जर्मनी vs मेक्सिकाे [LIVE UPDATE]

जर्मनी vs मेक्सिको (LIVE UPDATE)

जर्मनी vs मेक्सिकाे [LIVE UPDATE]
सन् २०१४ मा डिफेन्डिङ च्याम्पियन स्पेन पहिलाे खेलमा नेदरल्यान्डसँग पराजित भए जस्तै अहिलेकाे डिफेन्डिङ च्याम्पियन जर्मनी पनि यस वर्ल्डकपमा समूह चरणकाे पहिलाे खेलमा पराजित भएकाे छ । 
९०+३'। मेक्सिकाे विजयी । डिफेन्डिङ च्याम्पियन जर्मनी १-० ले पराजित भएकाे छ ।  
९०+२' । जर्मनी खेलाडीकाे अन्तिम प्रयास गरिरहेका छन् । जर्मनीले कर्नर पाएकाे छ ।
९०' । सशक्त प्रहार गाेलकिपरले नियन्त्रणमा लिए । ९० मिनेटकाे समय सकिएकाे छ । ३ मिनेट थपिएकाे छ ।
८९' । मेक्सिकाेका खेलाडी हेक्टर हरेराले पहेँलाे कार्ड पाएका छन् ।
८८' । लगातार प्रहार । तर, गाेल हुन सकेकाे छैन । जर्मनीका अधिकांश खेलाडी मेक्सिकाेकाे डिबक्स नजिक जम्मा भएका छन् ।
८७' । नियमित ९० मिनेटकाे समय सकिन ३ मिनेटभन्दा कम समय बाँकी छ । जर्मनीका खेलाडी हतास देखिएका छन् ।
८६' । जर्मनीले खेलाडी परिवर्तन गरेकाे छ । टाेनी वार्नरकाे ठाउँमा जुलियन मैदान प्रवेश गरेका छन् ।
८५' । डिफेन्डिङ च्याम्पियन निकै दबाबमा देखिएकाे छ । पहिलाे खेलमै पराजयकाे खतरा छ ।
८३' । टाेनी क्रुजकाे बल मेक्सिकन गाेलकिपर गुलेर्माेले नियन्त्रणमा लिए ।
८१' । थाेमस मुलरले पहेँलाे कार्ड पाएका छन् ।
८०' । लगातार स्ट्राइकर मैदानमा प्रवेश गराएर जर्मनी लगातार अाक्रमण गरिरहेकाे छ । तर, गाेल फर्काउन सकेकाे छैन ।
७९' । डिफेन्डर मार्भिन प्लाटेनहार्डकाे स्थानमा गाेमेज प्रवेश गरेका छन् । ७५ क्याप जितेका ३२ वर्षीय गाेमेजले ३१ गाेल गरेका छन् ।
७८' । जर्मनी खेलाडी परिवर्तनकाे तयारीमा छ । मैदानमा मारियाे गाेमेजलार्इ पठाउने तयारी भइरहेकाे छ ।
७७' । काउन्टर अट्याकमा मेक्सिकाेले गाेलकाे सुन्दर अवसर गुमायाे । 
७७' । जर्मनी एकपछि अर्काे अाक्रमणमा । थाेमस मुलुरले नजिकबाटै बाहिर प्रहार गरे ।
७६' । टाेनी क्रुजकाे सशक्त प्रहार । तर, दिशा सही भएन ।
७५' । ३९ वर्षीय मार्काेजले १४५ क्याप जितेका छन् भने १५ गाेल गरेका छन् । 
७२' । मेक्सिकाे पुनः खेलाडी परिवर्तन गर्दैछ । मैदानमा कप्तानी गरिरहेका एन्ड्रेस ग्वार्डाडाेले मैदान छाडेका छन् । उनकाे स्थानमा राफेएल मार्काेज प्रवेश गरेका छन् । मैदानमा अब उनले नै कप्तानी गर्नेछन् ।
७१' । मेक्सिकन खेलाडी मैदानमा लडेका छन् । अाँखानजिक बल लागेकाले उनकाे उपचार भइरहेकाे छ ।
७०' । जुलिएन गाेलकाे नजिक थिए । तर, मेक्सिकन डिफेन्डरले क्लियर गरे । फेरि पनि जुिलयनकाे कडा प्रहार फ्रेमभित्र पर्न सकेन ।
६९' । गाेल पाेष्टकाे सामुन्ने हर्नान्डेल लडेका छन् । उनले पेनाल्टीकाे अपिल गरे पनि रेफ्री सहमत भएनन् ।
६८' । जर्मनी लगातार अाक्रमण गरिरहेकाे छ । तर सफल हुन सकेकाे छैन । मेक्सिकाे काउन्टर अट्याकमा छ ।
६५' । मेक्सिकाे पुनः खेलाडी परिवर्तनमा लागेकाे छ । जर्मनीमाथि गाेल हानेका लाेजाने बाहिरिएका छन् । उनकाे स्थानमा राहुल जिमेनेज मैदान प्रवेश गरेका छन् ।
६३' । दाेस्राे हाफमा मेक्सिकाे डिफेन्सिभ देखिएकाे छ । अग्रता जाेगाउने ध्यानमा मेक्सिकन खेलाडी छन् ।
६१' । जर्मनीले मिडफिल्डर निकालेर स्ट्राइकरलार्इ मैदान प्रवेश गराउँदा मेक्सिकाेले भने स्ट्राइकरलार्इ निकाले र डिफेन्डरलार्इ मैदान प्रवेश गराएकाे छ ।
६०' । सामी खादिराकाे स्थानमा जर्मनीले मार्काे राउस मैदान प्रवेश गरेका छन् । 
५९' । जर्मनी पनि खेलाडी परिवर्तनकाे तयारीमा छ ।
५८' । मेक्सिकाेले खेलाडी परिवर्तन गरेकाे छ । कार्लाेस भेलाकाे स्थानमा इड्सन अल्भारेज मैदान प्रवेश गरेका छन् ।
५७' । पहिलाे पटक अफसाइड भएकाे छ । जर्मनीका खेलाडी अफसाइडमा समातिए ।
५६' । मेक्सिकाे काउन्टर अट्याकमा । तर, सफल हुन सकेन । अग्रता दाेब्बर पार्ने अवसर गुमायाे ।
५५' । जर्मनी लगातार अाक्रमणमा । डिफेन्डरले क्लियर गरेका छन् ।
५४' । डिबक्स नजिकै जर्मनी खेलाडी लडेका छन् । जर्मनीकाे प्रहार, तर सटिक हुन सकेन । डिफेन्डरकाे खुट्टामा लागेर बाहिरियाे ।
५३' । मेक्सिकाेका गाेलकिपरले लामाे प्रहार गरेका छन् । बल जर्मनीका खेलाडीकाे खुट्टामा छ । तर, मेक्सिकन खेलाडीले खाेसेका छन् ।
५२' । बल पाेजेशनमा जर्मनी राम्राे देखिए पनि फिनिसिङमा कमजाेर देखिएकाे छ । अहिले जर्मनी अाक्रमण बुन्दैछ ।
५१' । तर, मेक्सिकन खेलाडी चार वर्षअघिभन्दा अहिले निकै कुशल र विश्वस्त देखिएका छन् ।
४९' । डिफेन्डिङ च्याम्पियन जर्मनी हारबाट याे विश्वकप सुरूअात गर्न चाहँदैन । त्यसैले थप अाक्रामक खेल हेर्न पाइने अपेक्षा छ ।
४८' । जर्मनीकाे लामाे प्रहार गाेलपाेष्टभन्दा निकै टाढाबाट बाहिरिएकाे छ ।
४७' । जर्मनीले मध्यान्तरपछिकाे पहिलाे प्रहार गरेकाे छ । तर, मेक्सिकन गाेलरक्षक गुइलेर्माेले सहजै नियन्त्रणमा लिए ।
४६' । जर्मनी पछाडि परेकाे अवस्थालार्इ उल्ट्याउन चाहन्छ । दाेस्राे हाफमा जर्मनी अझै अाक्रामक देखिनेछ । 
४५' । रेफ्रीले ह्विसल बजाएका छन् । जर्मन खेलाडीहरूले बल अगाडि बढाएका छन् ।
मध्यान्तरपछिकाे खेल सुरू हुन लाग्दैछ । खेलाडीहरू मैदान प्रवेश गर्दैछन् ।
पहिलाे हाफमा जर्मनीले ८ तथा मेक्सिकाेले ९ प्रहार गरेकाे छ । जर्मनीका ५ प्रहार मेक्सिकन गाेलकिपरले तथा मेक्सिकाेका ४ प्रहार पनि जर्मन गाेलकिपरले नियन्त्रणमा लिए ।
मध्यान्तर  : जर्मनी ०- मेक्सिकाे १ 
४५+१' । थपिएकाे १ मिनेट पनि सकिएकाे छ ।
४५' । पहिलाे हाफकाे ४५ मिनेट सकिएकाे छ । जर्मनी १-० ले पछि छ । गाेल हानेपछि मेक्सिकाे केही डिफेन्सिभ देखिन्छ भने जर्मनी एकपछि अर्काे अाक्रमण गरिरहेकाे छ ।
३५' । डिफेन्डिङ च्याम्पियन जर्मनीमाथि हार्भिङ लाेजानाेले सुन्दर गाेल गरेका छन् ।
३४' । गाे...........................ल.........। मेक्सिकाेले गाेल गरेकाे छ । 
तस्बिर फिफा डट कमबाट लिइएकाे हाे । 
३०' । जर्मनी बलमाथिकाे नियन्त्रण बढाइरहेकाे छ । अहिले जर्मनीकाे ६४ प्रतिशत छ भने मेक्सिकाेकाे ३६ प्रतिशत ।
२८' । मेक्सिकाे एकपछि अर्काे अाक्रमणमा देखिएकाे छ । जर्मनी रक्षात्मक देखिन्छ ।
२५' । जर्मनीका खेलाडी अाक्रमणमा छन् । तर, मेक्सिकाे काउन्टर अट्याकमा । सफल हुन सकेन ।
२४' । मेक्सिकाेले फ्रि किक प्रहार गरेकाे छ । जर्मनीकाे डिबक्सभित्र जर्मनी डिफेन्डरमाथि फाउल भएकाे छ ।
२३' । मेक्सिकाे काउन्टर अट्याकमा । तर, प्रहार सशक्त हुन सकेन ।
२१' । अहिलेसम्म दुवै तर्फबाट ५-५ प्रहार भइसकेकाे छ । दुवै अाक्रमणमा छन् ।
२०' । जर्मनीले ६० प्रतिशत र मेक्सिकाेले ४० प्रतिशत बल नियन्त्रणमा राखेका छन् ।
१९' । जर्मनीकाे अाक्रमण ! तर मेक्सिकाेका गाेलकिपर गुलेर्माेले सहजै नियन्त्रणमा लिए ।
१७' । मेक्सिकाे काउन्टर अट्याकमा । तर, उत्कृष्ट डिफेन्स । जाभियर हर्नान्डेजले प्रहार नै गर्न पाएनन् ।
१५' । दुवैतर्फका खेलाडी काउन्टर अट्याकमा छन् ।
१४' । अाे हाे हाे हाे हाे !!!!! मेक्सिकाेकाे संकट टरेकाे छ । बलले पाेष्टकाे दिशा लिएकाे भए अात्मघाती गाेल हुने सम्भावना थियाे ।
१३' । उत्कृष्ट बचाउ !!!! नुयरले पुनः अर्काे संकट टारेका छन् । 
१२' । जर्मनीमाथि मेक्सिकाे हावी हुन खाेजिरहेकाे छ । मेक्सिकाेले फ्रि किक पाएकाे छ ।
११' । अाेजिलले राम्राे बल निकालेका थिए । तर, सदुपयाेग हुन सकेन ।
१०' । मेक्सिकाेकाे सशक्त प्रहार । तर, जर्मनीका अनुभवी गाेलकिपर नुयरले नियन्त्रणमा लिए ।
८' । खतरा टरेकाे छ । मिगुइल लायुनकाे प्रहार सिधै पाेष्टमाथिबाट बाहिरियाे ।
७' । मेक्सिकाेले फ्रि किक पाएकाे छ । २५ यार्ड नजिकै खतरा हुन सक्छ ।
५' । डिफेन्डिङ च्याम्पियन जर्मनीमाथि मेक्सिकाेले सुरूअदेखि नै दबाब दिएकाे छ ।
४' । दुवै देशका खेलाडी अाक्रामक फुटबल खेलिरहेका छन् । 
३' । जर्मनीकाे काउन्टर अट्याक ! गाेलकाे अवसर सिर्जना भए पनि खेलाडी पाेजिसनमा नहुँदा गाेल हुन सकेन ।
२' । मेस्किकाे निकै अाक्रामक देखिएकाे छ । लगातार दुर्इ कडा प्रहार गरेकाे छ । तर, फिनिसिङमा कमजाेर देखियाे ।
१' । अाे हाे हाे !!!! पहिलाे मिनेटमै मेक्सिकाेकाे सशक्त प्रहार । तर गाेल हुन सकेन ।
जर्मनी vs मेक्सिकाेबीचकाे खेल सुरू भएकाे ।