सर्विया vs ब्राजिल [lIVE UPDATE]

सर्बिया vs ब्राजिल (LIVE UPDATE)

सर्विया vs ब्राजिल [lIVE UPDATE]
नयाँ पत्रिका लाइभ अपडेटमा प्रकाश कँडेल र गजेन्द्र चालिसेलाई साथ दिनु भएकोमा धन्यवाद । तपाँहरुमाझ हामी समुहचरणका अन्तिम खेलहरुको लाइभ अपडेट लिएर उपस्थीत हुनेनै छौं त्यतिन्जेल सम्मका लागि विदा दिनुहोस शुभ रात्री.....
फुल टाइम। ब्राजिलले सर्वियालाई २–० ले पराजित गर्दे ७ अंकका साथ समुह विजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भयो। ब्राजिलका लागि पाउलीन्हो र थियोगो सिल्भाले गोल गरे
८६'| नेयमारको गोलको राम्रो मौकालाइ गोलरक्षकले क्लीयर गरे। ब्राजिल खेलमा २-०ले अघि रहेको छ ।
७२'| दुई गोलले पछि परेको सर्विया विरुद्ध ब्राजिलले ५३ प्रतिशत खेल आफ्नो पक्षमा पारेको छ। ब्राजिलले यो जितलाई कायम राखेमा समुह विजेता बन्ने छ ।
६८'| नेयमारको कर्नरमा थियोगो सिल्भाले आकर्षक हेडमार्फत गोल गर्दे सर्विया विरुद्ध ब्राजिलले २–० को अग्रता बनाएको छ ।
gollllllllllllllllllll
६५'| पछिल्लो पटक ब्राजिलमाथी सर्वियाले निरन्तर दबाब बढाएको छ। फेरि मिट्रोभिकको हेडलाई गोलरक्षकले बचाएका छन्।
६२'| गोलरक्षकले पञ्ज गरेको बललाई मिट्रोभिकले हेड गरेपनि गोल लाइनबाट डिफेन्डर थियोगो सिल्भाले क्लीयर गर्दे ब्राजिलको सम्भावित संकट टारे।
५७'| नेयमारले काउन्टर याट्याकमा गरेको प्रहारलाई गोलरक्षकले क्लीयर गरेका छन् ।
जित्नै पर्ने दबाबमा रहेको सर्विया गोलको प्रयास गरिरहेपनि गोल गर्न असफल भएको छ।
५३'| विलियनले राम्रो क्रस गरेपनि सर्वियाका डिफेन्डरले क्लीयर गरे
985443614
यहि अबस्थामा खेल समाप्त भए ब्राजिल ७ अंकका साथ समुह विजेता हुने छ।
४६'| दोस्रो हाफको खेल सुरु भएको छ
पहिलो हाफको खेल समाप्तीमा ब्राजिल पाउलीन्होको गोलमा १-० ले अघि रहेको छ ।
४५'| दुई मिनेट अतिरित्त समय थप गरिएको छ।
३६'| ब्राजिलका पाउलिन्होले आकर्षक चिपमार्फत पहिलो गोल गरेका छ्न। उनले काउन्टिन्होको पासमा आकर्षक गोल गर्दै ब्राजिललाई १–० को अवस्थामा पुर्याए
golllllllllllllllllllllll
३१'| ब्राजिल गोलका आकर्षक मौका बनाउने प्रयासमा रहेको छ। तर सर्वियाले पनि खेलमा ब्राजिललाई अप्ठ्यारो पारीरहेको छ।
आजको खेलमा ब्राजिल बराबरीमात्रै गरेपनि नकआउटचरणमा प्रवेश गर्ने छ । तर ब्राजिल समुह विजेताको दौडमा भएकाले निश्चित जित निकाल्ने प्रयासमा देखिन्छ
२५'| ब्राजिल खेलमा पकड बनाउन प्रयासरत देखिएपनि गोलका सिमित मौकाहरुमात्र बनाउन सफल भएको छ ।
१२'| ब्राजिलले ७६ प्रतिशत खेल आफ्नो पकडमा पारेको छ । गोल गर्न प्रयासमा रहेको ब्राजिलले आकर्ष प्रहार गर्न भने सकेको छैन्
१०'| मार्सेलोको स्थानमा फिलिप लुईसलाई मैदानमा ल्याइएको छ।
सर्वियाको अंक तालिकामा ३ अंक रहेको छ। कोस्टारिकालाई हराएकाले सर्विया नकआउट प्रवेशका लागि ब्राजिललाई हराउनै पर्ने दबाबमा रहेको छ।
ब्राजिललाई जारी विश्वकप प्रतियोगितामा उपाधि दाबेदारीमा सर्वाधिक अघि मानिएको छ । छनोटमा पनि विश्वकपमा पहिलो छनोट हुने देशका रुपमा ब्राजिल रहेको थियो।
ब्राजिलले निकै राम्रो सुरुवात गरेको छ । सुरुवातबाटनै सर्वियामाथी हावि भएको छ।
४'| ब्राजिलले गोलको निकै राम्रो मौका चुकाएको छ ।
१'| ब्राजिल र सर्विया बिचको खेल सुरु भएको छ ।
नमस्कार नँया पत्रिकाको विश्वकप लाइभ अपडेटमा तपाँइहरुलाई स्वागत छ । तपाँहरुमाझ अब हामी समुह ‘इ’ अन्तर्गत ब्राजिल र सर्विया विचको खेलको लाइभ अपडेट गर्ने छौं हामीसँगै रहनु होला
पाँच पटकको विश्व विजेता ब्राजिल समुहमा एक जित र एक बराबरी खेल्दै ४ अंक रहेको छ । ब्राजिलले नकआउटमा सुरक्षीत गर्न बराबरी गर्नु पर्ने छ।