स्विट्जरल्यान्ड VS सर्बिया [LIVE UPDATE]

सर्बिया vs स्वीजरल्याण्ड (LIVE UPDATE)

स्विट्जरल्यान्ड VS सर्बिया [LIVE UPDATE]

स्विट्जरल्यान्ड र सर्बियाबीचको लाइभ अपडेटमा साथ दिनु भएकोमा धन्यवाद छ । तपाईहरुसँग हामी विश्वकप फुटबलका हरेक खेल लाइभ अपडेटमा निरन्तर रहने छौँ । विश्वकपको २६औँ लाइभ अपडेटबाट श्रीलोचन राजोपाध्याय र दिपेश शाहीलाई विदा दिनुहोस । धन्यवाद.. शुभ रात्री

981447210
' । स्विट्जरल्यान्डले सर्बियालाई हरायो
मस्को । खेलको ९०औँ मिनेटमा सक्विरीले सनसनी गोल गर्दै शुक्रबार स्विटजरल्यान्डले सर्बियलाई २–१ ले पराजित गर्दै रसिया विश्वकप फुटबल प्रतियोगिता नकआउट चरण संभावना यथावत् राखेको छ । समूह इ स्विट्जरल्यान्डले २ खेलबाट ४ अक बटुलेको छ । सर्बियले २ खेलबाट ३ अंक जोडेको छ । यस समूहमा पाँच पटकको विजेता ब्राजिलले पनि ४ अंक नै जोडेको छ । यस समूहबाट कोस्टारिका लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । अव समूहको अन्तिम खेलबाट ब्राजिल, सर्बिया र स्विट्जरल्यान्डबीच दुई टिम नकआउट चरणमा पुग्ने छन् । प्रतिस्पर्धामा सर्बियाले खेलको ५औँ मिनेटमा नै १–० को अग्रता लिएको थियो । मिट्रोभिकले डिबक्स भित्र हेडिङ गोल गरी सर्बियालाई १–० को अग्रता दिलाए । पहिलो हाफमा सर्बिया १–० ले अघि रह्यो । मध्यान्तरपछिको ५२औँ मिनेटमा सकाले स्विटजरल्यान्डलाई १–१ को बराबरीमा पु¥याए । खेलको ९०औँ मिनेटमा सक्विरीले उत्कृष्ट गोल गर्दा स्विटजरल्यान्ड २–१ ले विजयी भयो ।
' । खेलको अन्तिम नतिजा स्विटजरल्यान्ड २–१ सर्बिया
चार मिनेटको अन्तिम इन्जुरी समय थप ।
९०' । स्विटजरल्यान्डका लागि सक्विरीले मध्यभागबाट उत्कृष्ट ड्रिब्लिङ गरी एक डिफेन्ड र गोलरक्षक समेतलाई विट गरी २–१ का लागि गोल गरे
' । स्विटजरल्यान्डद्वारा अग्रता । स्विटजरल्यान्ड २–१ सर्बिया
' । स्विटजरल्यान्ड र सर्बियाबीचको निर्धारित ९० मिनेट खेल सकिन ३ मिनेट बाँकी छ । दुवै टिमका खेलाडी थप गोलका लागि प्रयास गर्दै
८६' ।डिबक्स भन्दा २२ यार्ड टाढाबाट स्विटजरल्यान्डले सिधा फ्रिकिक प्रहार गर्न अवसर पाएको छ । तर रोड्रिग्वेजको फ्रिकिक बल सर्बियाको डिफेन्डर खेलाडीबाट डिफलेक्ट ।
' । पछिल्लो पाँच मिनेट स्विटजरल्यान्डका खेलाडीहरु सर्बियाका डिफेन्स खेलाडीलाई व्यस्त पार्दै । तर स्विटजरल्यान्ड अग्रता लिन असफल
७३' ।स्विटजरल्यान्डका गारानोभिकले अफसाइड गोल प्रयास
६८' ।कोलारोभको सटिक क्रस स्ट्राइकर मिट्रोभिकले बल भेटाउन नसक्दा सर्बियाले राम्रो गोल अबसर चुकायो
981437004
५७' ।स्विटजरल्यान्डका सक्विरीले बायाँ साइडबाट प्रहार गरेको बल दोस्रो बार नजिक हुँदै बाहिरिएको छ । बराबरी गोल फर्काएपछि स्विस खेलाडी लगातार आक्रामक खेल खेल्दै छन्
981436608
' । स्विटरल्यान्डलाई १–१ को बराबरीमा पु¥याएका ग्रेन्ट सका व्यावसायिक फुटबल इंग्लिस प्रिमियर लिग आर्सनलबाट खेल्छन् । सन् २०१६ देखि उनी आर्सनलमै छन् । उनले आर्सनलबाट ७० खेल खेल्दै ३ गोल गरेका छन् । सन् २०११ देखि सका स्विस राष्ट्रिय टिममा छन् । अहिलेसम्म ६४ अन्तर्राष्ट्रिय खेलमा १० गोल गरेका छन्
५२' । काउन्टर एट्याक्टमा स्विसका सकाले सर्बियाको पोस्ट भन्दा ३० यार्ड टाढाबाट गोल गर्दै खेल १–१ को बराबरीमा पु¥याउन सफल भए ।
स्विटजरल्यान्डले बराबरी गोल फर्काएको ।
' ।मध्यान्तरपछि सर्बिया पहिलो कर्नर किक प्रहार गर्दै । टाडिकको कर्ननमा मिट्रोभिकको हेडिङ हल्का क्रसबार माथि गयो
४९' ।स्विटजरल्यान्ड सुरुमै आक्रामक बन्दै । स्विसका मिडफिल्डर रोड्रिग्वेजको लामो प्रहार दोस्रो बार नजिक हुँदै बाहिरियो
' । मारियो गाराभोनिक सन् २०११ देखि स्विस राष्ट्रिय टिमबाट खेलिरहेका छन् । उनले १४ अन्तर्राष्ट्रिय खेलमा ४ गोल गरेका छन्
४५' । स्विटजरल्यान्डले खेलाडी परिवर्तन गरेको छ । सेफेरोभिकको स्थानमा गाराभोनिक मैदान भित्र प्रवेश गरे । गाराभोनिकले ब्राजिलमा सम्पन्न विश्वकप पनि खेलेका थिए
' । मध्यान्तरपछिको खेल सुरु हुँदै । दुवै टिमका खेलाडी मैदान भित्र प्रवेश गरिसकेका छन्
' । सर्बिया र स्विटजरल्यान्डले पहिलो हाफमा एकै किसिमको रणनीति अपनाएका छन् । दुवै टिम ४–२–३–१ को योजना अनुरुप प्रतिस्पर्धा गरिरहेका छन् । स्विटजरल्यान्डले बराबरी गोल फर्काउन मध्यान्तरपछि आक्रामक शैली अपनाउनु जुरुरी छ ।
' । ३३ हजार १ सय ६७ दर्शकले किर्लिगार्ड रंगशालामा सर्बिया र स्विटजरल्यान्डबीचको खेल प्रत्येक्ष रुपमा हेरिरहेका छन्
' । प्रतिस्पर्धामा सर्बियाका गोलकर्ता मिट्रोभिकले ५ पटक गोलका लागि प्रयास गरे । उनको ३ प्रहार अनटार्गेट भयो ।
981404278
' । स्विटजरल्यान्डका स्टेफान लिच्टस्टेनेरले व्यक्तिगत एक रेकर्ड बनाएका छन् । उनले विश्वकपमा स्विस राष्ट्रिय टिमबाट सर्वाधिक नवौँ खेल खेले । यो सफलता उनले सर्बियाविरुद्ध प्राप्त गरेका हुन् । स्टेफानले चार्लेस अन्टेनिनको रेकर्ड तोडेका छन् । अन्टेनिनले सन् १९५० देखि १९६२ सम्म लगातार आठ खेल खेलेका थिए ।
' । पहिलो हाफ सम्पन्न भएको छ । सर्बिया १–० स्विटजरल्यान्ड
' । स्विटजरल्यान्ड र सर्बियाबीच २ मिनेटको अतिरिक्त इन्जुरी समय थप । खेलमा सर्बिया १–० ले अगाडि
३८' । स्विटजरल्यान्डका ब्रेर्मीले पहिलो कार्ड पाए
३६' । स्विटजरल्यान्डका सेफेरोभिकले डिबक्स नजिकबाट फ्रिकिक प्रहार गर्दै । उनको फ्रिकिकलाई सर्बियाका गोलरक्षक स्टोभिकले विफल पारे
३४' । खेलमा पहिलो पहेलो कार्ड । सर्बियाका स्ट्राइकर सर्जियले खेलकै पहेलो कार्ड पाए
३०' ।स्विटजरल्यान्डका गोलरक्षक स्टोज्कोभिकले सर्बियाका जेमैलीको सटिक प्रहार विफल पारे
981415710
' । चालु विश्वकपमा सर्बियाका ३ खेलाडीले बाइसाइकल किक प्रहार गर्दै गोल प्रयास गरेका छन् । कोस्टारिकाविरुद्ध मिलिन्कोभिक र साभिकले ती प्रयास गरेका थिए । स्विट्जरल्यान्डविरुद्ध मिट्रोभिकले पनि असफल बाइसाइकल किक प्रहार गरे । तर उनी गोल गर्न सफल भए।
२५' ।सर्बियाले कर्नर पाएको छ । खेलकै यो पहिलो कर्नर हो ।
' । स्विट्जरल्यान्ड र सर्बियाबीचको खेल रसिया विश्वकपकै २६औँ हो । अहिलेसम्म पहिलो गोल गर्ने टिम पराजित भएको छैन ।
' । सर्बियाका मिट्रोभिकले लगातार १५ पटक पहिलो सेटमा प्रतिस्पर्धा गर्दा १३ गोल गरेका छन् । उनले दुईपटक साथीहरुलाई गोलका लागि असिस्ट गरेका छन्
१७ ' ।स्विट्जरल्यान्डको बराबरी गोल प्रयास जारी ।
१४' । स्विट्जरल्यान्डको बराबरी गोल सृजनालाई सर्बियाका डिफेन्डरद्वारा विफल
' । खेलमा १ गोलले पछाडि रहे पनि १२औँ मिनेटसम्म स्विट्जरल्यान्डको बल पोजेसन उत्कृष्ट । स्विस टिमले ७६ प्रतिसत बल आफ्नो पक्षमा राखेको छ
सर्बियालाई खेलको पाँचौँ मिनेटमा अग्रता दिलाएका एलेसान्डर मिट्रोभिक इंग्लिस प्रिमियर लिग फुलहामबाट खेल्छन् । सन् २०१५ मा उनी न्युकासलबाट लोनमा फुलहाममा गएका हुन् । सन् २०१३ देखि राष्ट्रिय टिममा रहेका मिट्रोभिकले अहिलेसम्म ३९ अन्तर्राष्ट्रिय खेलमा १७ गोल गरेका छन्
981409238
सर्बियाका मिडफिल्डर मिक्ट्रिसले उत्कृष्ट हेडिङ गोल
५ ' । सर्बियाले सुरुवातमै अग्रता लियो । सर्बिया १–० स्विट्जरल्यान्ड
स्विट्जरल्यान्डको अंक १ छ भने सर्बियाको ३ अंक छ ।
स्विट्जरल्यान्ड र सर्बियाबीचको खेल सुरु भएको छ ।