अर्जेन्टिना VS नाइजेरिया [LIVE UPADATE]

नाइजेरिया vs अर्जेन्टीना (LIVE UPDATE)

अर्जेन्टिना VS नाइजेरिया [LIVE UPADATE]
984598934
अर्जेन्टिना र नाइजेरियाबीच चार मिनेटको अन्तिम इन्जुरी समय थप
ग्रावियल इभानको उत्कृष्ट क्रसमा रोजाले अग्रता गोल गरेका हुन्
८६' ।मार्कोस रोजाले बायाँ साइडबाट आएको उत्कृष्ट क्रसलाई डिबक्स भित्र वान टर्चमै गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए
गोल अर्जेन्टिना २–१
खेलमा पाँच मिनेट बाँकी छ ।
८४' । नाइजेरियन मिडफिल्ड इटेबोको राम्रो फ्रिकिक पहिलो बार नजिक हुँदै बाहिरियो
अर्जेन्टिनाको डिबक्स बाहिर नाइजेरियाले फ्रिकिक प्रहार गर्दै ।
८०' हिगुइनले डिबक्स भित्र निकै राम्रो अवसर चुकाएका छन् । उनको बायाँ खुट्टा प्रहार क्रसबार भन्दा निकै माथि
नाइजेरियाको पेनाल्टी अपिल । भिएआर अफिसियलले अर्जेन्टिनी खेलाडीले डिबक्स भित्र ह्यान्ड नगरेको निर्णय । जसका कारण खेलमा अर्जेन्टिना दोस्रो पेनाल्टी बेहोर्नबाट उम्किएको छ ।
७५' ।नाइजेरियाका इघानोले डिबक्स भित्र ओपन प्रहार गोलमा परिणत गर्न सकेनन्
७०' ।नाइजेरियन डिफेन्डर डिडीले २२ यार्ड बाट प्रहार गरेको बल केही इन्चले मात्र क्रसबार माथि गयो
अर्जेन्टिनी खेलाडी मिडफिल्ड पोजेसन गुमाउँदै । एक आपसबीच पास मिलिरहेको छैन
६४' ।अर्जेन्टिनाका वेनेगाले पहेलो कार्ड पाएका छन् । नाइजेरियन खेलाडी डिडिलाई फल गरेपछि वेनेगाले पहेलो कार्ड पाएका हुन्
६१' ।खेलाडी परिवर्तन अर्जेन्टिनाद्वारा । पाभोनले परेजलाई विस्थापित गरेका छन्
984529704
984495810
५१' ।नाइजेरियन स्ट्राइकर मुसाले अर्जेन्टिनी गोलरक्षक अर्मिनीलाई झुक्याउँदै गोल गर्दै १–१ को बराबरीमा खेल पु¥याए
नाइजेरिया १–१ अर्जेन्टिना
रेफ्री भिएआरको निर्णय हेर्दै । तर भिएआरले नाइजेरियालाई पेनाल्टी दिने निर्णय सुनाएको छ ।
नाइजेरियाले पेनाल्टि पायाे
984489670
दोस्रो हाफको खेल सुरु । अर्जेन्टिनी खेलाडी सुरुमै आक्रामण गर्दे ।
विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनाले २६ पटक पहिलो हाफमा अग्रता लिँदा हारको सामना गर्नुपरेको छैन । सन् १९३० को पहिलो संस्करणमा अर्जेन्टिनाले अग्रता लिए पनि उरुग्वेसँग ४–२ ले खेल गुमाएको थियो । त्यसयता अर्जेन्टिना विजयी हुँदै आएको छ
नाइजेरिया र अर्जेन्टिनाबीच दोस्रो हाफ सुरु हुँदै । खेलाडीहरु चेन्जिङ रुमबाट मैदानतर्फ जादै
पहिलो हाफको समाप्तिसम्म अर्जेन्टिना १–० नाइजेरिया । खेलको १४औँ मिनेटमा मेसीले अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए
984455620
नाइजेरिया र अर्जेन्टिनाबीच भइरहेको सेन्ट पिटरवर्गमा ६४ हजार ४ सय ६८ दर्शकले खेल हेर्दे
४५‍‍‌ नाइजेरिया र अर्जेन्टिनाबीच पहिलो हाफमा दुई मिनेटको इन्जुरी समय थप
४४ ' ।नाइजेरिका स्ट्राइकर हेनाचो अर्जेन्टिनी डिबक्समा लडे । उनलाई हल्का टाउकोमा चोट लागेको छ
अर्जेन्टिनी कप्तान मेसीले पछिल्ला नौ अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनाका लागि दुईपटक ह्याट्रिक लगाएका थिए
सन् २०१० को दक्षिण अफ्रिकी संस्करणमा स्पेनका एन्डे«स इनिस्टाले प्रतियोगिताकै सयौँ गोलका रुपमा चिलीविरुद्ध गरेका थिए । यसैगरी सन् २०१४ मा ब्राजिलका नेमारले क्यामरुनविरुद्ध प्रतियोगिताकै सयौँ गोल ठोकेका थिए
३५' ।नाइजेरियाले खेलमा पहिलोपटक गोल प्रयास गरयाे ।
३३ ' । मेसीले डिबक्स लाइन भन्दा बाहिर प्राप्त फ्रिकिक प्रहार गर्दै । उनको बायाँ खुट्टे प्रहारित बललाई नाइजेरियाका गोलरक्षक उजोले दायाँतिर उत्कृष्ट डाइभ गर्दै गोल खानबाट जोगाए
३१' ।खेलमा नाइजेरियाका खेलाडीले बालोगोनले पहेलो कार्ड पाएका छन् । उनले डि मारियाले डिबक्स अगाडि फल गरे ।
खेलमा ३० मिनेट समाप्ति । अहिलेसम्म अर्जेन्टिना १–० नाइजेरिया
२६' । मेसीको सटिक पासमा गोन्जालो हिगुइनले गोल गर्न सकेनन् ।
अर्जेन्टिनी कप्तान लियोनल मेसीले डिएगो म्याराडोना तथा ग्राविएल बाटिस्टुटाको रेकर्ड बराबरी गरेका छन् । म्याराडोना र बाटिस्टुटाले फरक तीन विश्वकपमा गोल गरेका थिए । मेसीले तीनै विश्वकपमा गोल गरी उनीहरुको रेकर्ड बराबरी गरेका हुन्
नाइजेरियाविरुद्धको मेसीले गरेको गोल चालु रसिया विश्वकप फुटबल प्रतियोगिताकै सयौँ संख्या हो
984479334
984478668
१४ ' ।अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले डिबक्स बाहिर उत्कृष्ट ड्रिब्लिङ गर्दै डिबक्स भित्रबाट नाइजेरियन दुई डिफेन्डरबीच दोस्रो बारमा उत्कृष्ट गोल प्रहार गर्दै अग्रता दिलाएका हुन्
अर्जेन्टिना १ –० नाइजेरिया
गाेल‍‍‍
नाइजेरिया र अर्जेन्टिनाबीच विश्वकपमा अहिलेसम्म ३ पटक आमने सामने भएका छन् । सन २००२, २०१० र २०१४ को संस्करणमा अर्जेन्टिनाले तीनैपटक नाइजेरियालाई केवल एक गोल अन्तरमा मात्र पराजित गरेको थियो
८' । खेलको आठौ मिनेटमा अर्जेन्टिनाको राम्रो प्रयास । डिफेन्स टालिग्राफोनोले डिबक्सबाट प्रहार गरेको बललाई नाइजेरियाका डिफेन्डरले ब्लक गरेका छन्
984455948
अर्जेन्टिनासँग बराबरी खेलेमा नाइजेरियाको दोस्रो चरणको यात्रा निकै बलियो हुनेछ ।
बराबरी खेलेमा अर्जेन्टिनाको सम्भावना समाप्त हुनेछ भने नाइजेरियाको भाग्य अर्को खेलमा निर्भर हुनेछ ।
दुवै टोलीलाई नकआउट चरणमा पुग्न जित्नै पर्ने दबाब ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा मैदान उत्रदा दुवै टोली आज गर या मरको स्थितिमा ।
दुवै टिमका लागि यो निकै महत्वको खेल हो ।
समूह चरणको आफ्नो अन्तिम खेलमा नाइजेरिया र अर्जेन्टिनाले प्रतिस्पर्धा गरिरहेका छन्  ।
अर्जेन्टिना र नाइजेरिया बीचको खेल सुरु भएको छ ।