अर्जेन्टिना vs क्रोएसिया [LIVE UPDATE]

अर्जेन्टीना vs क्रोएसिया (LIVE UPDATE)

अर्जेन्टिना vs क्रोएसिया [LIVE UPDATE]
अर्जेन्टिना र क्रोएसियाबिचको लाइभ अपडेटमा साथ दिनु भएकोमा धन्यवाद। तपाँहरुसँग हामि विश्वकप फुटबलका हरेक खेलको लाइभ अपडेटमा निरन्तर रहने छौं...
फुल टाइम खेलमा निर्धारित समय सकिएको छ । क्रोएसियाले एकपछिय रुपमा अर्जेन्टिनालाई ध्वस्त बनाएको छ । अर्जेन्टिना विरुद्ध ३–० को जित निकाल्दै क्रोएसिया समुह ‘डि’ बाट नकआउट चरणमा प्रवेश गरेको छ। उसले ६ अंक जोडेको छ।
९०'|अर्जेन्टिना विरुद्ध क्रुएसिया एकपछिय रुपमा अघि बढेको छ। ९० मिनेटमा उसले तेस्रो गोल प्रहार गर्दे खेलमा ३–० को अग्रता बनाएको छ। उसका लागि इभान राकेटीकले तेस्रो गोल सम्भव बनाए
राकाटिकको प्रहार क्रसबारमा लागेर बाहिरियो
८६'|दुई गोल खाएपछि अर्जेन्टिनी टोली आक्रामक देखिएको छ। मैदानमा क्रोएसियाले अर्को राम्रो फ्रिकीको मौका पाएको छ।
८०'| मोड्रिकको सानदार गोलमा अर्जेन्टिना विरुद्ध क्रोएसियाले २ गोलको अग्रता बनाएको छ।
७४'|अर्जेन्टिनाले बललाई आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्न नसक्दा क्रोएसियाको अग्रता जारी रहेको छ। क्रोएसिया अर्जेन्टिीनी गोलरक्षक काबालेरो गम्भीर गल्तीमा गोल गर्दे खेलमा अग्रता बनाएको थियो ।
७०'|काउन्टरयाट्याकमा क्रुएसियाले निरन्तर अर्जेन्टिना विरुद्ध गोलको प्रयास गरिरहेको छ ।
६७'|क्रोएसियाले खेलमा अर्को राम्रो मुभ बनाएको थियो तर उसले गोल गर्न असफल भयो।
६४'|अर्जेन्टिनी स्टार लियोनेल मेसीले गोलको निकै राम्रो मौकालाई सदुपयोग गर्न सकेनन् ।
५३'|गोलरक्षकको गम्भीर गल्तीको फाइदा उठाउँदै एन्टे रेविकले क्रोएसियाका लागि गोल गरेका छन्
४८'|दोस्रो हाफको सुरुवातमानै दुबै टिमले कुनैपनि खेलाडी परिर्वतन गरेका छैनन्।
४६'|दोस्रो हाफको खेल सुरु भएको छ । पहिलो हाफमा अर्जेन्टिना र क्रोएसिया दुबैले गोलका राम्रा मौका चुकाए
पहिलो हाफमा अर्जेन्टिनी प्रशिक्षक साम्पाओलीले हिगुइन,  डिमारीया, पाभोला र ड्याबालालाई बेन्चमानै राखे यद्धपि उनले वार्मअप गराएका छन् । सम्भवत दोस्रो हाफमा अर्जेन्टिना फरक रणनीतीमा मैदानमा उत्रने छ।
४५'|पहिलो हाफको खेलको समाप्तीमा अर्जेन्टिना र क्रोएसियाले गोलरहित बराबरी खेलेका छन्।
३९'| प्रशिक्षक जर्गे साम्पाओलाीलाई रेफ्रिले पंहेलो कार्ड दिएका छन् । टचलाइन बाहिर आएर उनले अपिल गरेपछि रेफ्रिले उनलाई पंहेलो कार्ड देखाएका हुन्।
३३'|मान्जुकीले डिबक्स भित्रबाट गरेको हेडले पोस्टको दिशा लिएन्
३०'| अर्जेन्टिनाले गोलको सुन्दर मौका चुकाएको छ । मास्चेरानोले गरेको प्रहार पोस्टभन्दा केहि इन्च बाहिरबाट बाहिरियो
नकआउट छनोटका लागि अर्जेन्टिना संघर्षरत रहेको छ । तर प्रतियोगितामा ३ अंक बटुलिसकेको क्रुएसियाले निकै राम्रो दबाब बढाइरहेको छ।
२२'| अगुएरोले अर्जेन्टिनाका लागि निकै राम्रो प्रहार गरे तर क्रसबारमा लागेर बल बाहिरियो
२१'|अर्जेन्टिना विरुद्ध क्रोएसियाले अर्को महत्वपुर्ण मौका पाएको थियो । कमजोर डिफेन्सको फाइदा उठाउन क्रोएसिया असफल भयो।
क्रोएसियाको अहिलेसम्मको सर्वाधिक ठुलो सफल्ताका रुपमा १९९८ को विश्वकप हो । उक्त विश्वकपमा क्रोएसिया तेस्रो भएको थियो ।
१३'| खेलमा अर्जेन्टिना र क्रोएसियाले ५०–५० प्रतिशत बलमा पकट जमाएका छन् । जमसा क्रोएसियाले गोलको एउटा राम्रो मौका बनाउँदा अर्जेन्टिनापनि गोलको प्रयासमा रहेको छ।
१९७४ यता अर्जेन्टिना लगातार विश्वकपमा छनोट हुँदै आएको छ।
५'|अर्जेन्टिना विरुद्ध क्रोएसियाले गोलको राम्रो मौका बनाएपनि गोलरक्षकले अर्जेन्टिनाको सुरुवाती संकट टारे
अर्जेन्टिनाले अहिले सम्म १९७८ र १९८६ को विश्वकपको उपाधि जितेको छ ।
१'|अर्जेन्टिना र क्रोएसिया विचको खेल सुरु भएको छ। पहिलो खेलमा नवप्रवेसी आइसल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिनालाई यो खेलमा जित्नै पर्ने दबाब छ । क्रोएसियाले भने नाइजेरियालाई पराजित गर्दे ३ अंक जोडेको छ र नाइजेरिया समुह डि को शिर्ष स्थानमा रहेको छ ।
अर्जेन्टिनाले २१ जुनम अहिले सम्म पाँच विश्वकप खेलहरु खेलेको छ। जसमा उसको रेकर्ड खराव छैन् । चार खेलमा जित निकाल्दा एक खेलमा मात्र बराबरी गरेको छ ।
१९७८: अर्जेन्टिना विरुद्ध पेरु ६-०, १९९४: अर्जेन्टिना विरुद्ध ग्रिस ४-०, १९९८: अर्जेन्टिना विरुद्ध जमैका ५-०, २००६: अर्जेन्टिना विरुद्ध नेदरल्यान्ड ०-०, २०१४: अर्जेन्टिना विरुद्ध इरान १-०
नमस्कार नयाँ पत्रिका फिफा विश्वकप लाइभ अपडेटमा स्वागत छ । तपाँहरुलाई अर्जेन्टिना र क्रोएसिया बिचको खेल अवधिभरको खेल गतिविधि उपलब्ध गराउन प्रकाश कँडेल र गजेन्द्र चालिसे उपस्थीत भएका छौं । हामीसँगै रहनु होला