डेनमार्क VS अष्ट्रेलिया [LIVE UPDATE]

डेनमार्क vs अष्ट्रेलिया (LIVE UPDATE)

डेनमार्क VS अष्ट्रेलिया [LIVE UPDATE]
डेनमार्क (१ - १) अष्ट्रेलिया
९०+३' । खेल बराबरीमा सकियो ।
९०+२' । अष्ट्रेलियाको प्रहार किपरको उत्कृष्ट बचाउ ।
९०' । खेलमा ३ मिनेट समय थप भएको छ ।
८८' । अष्ट्रेलियाको आक्रमण विफल ।
८७' । डेनमार्कले पाएको निकै राम्रो अवसर गोलमा परिणत हुन सकेन ।
८२' । अष्ट्रेलियाका रोजिकको स्थानमा इर्भाइन मैदानमा प्रवेश गरेका छन् ।
८१' । अष्ट्रेलियाले पोलको कर्नरबाट गरेको प्रहरा गोलमा परिणत हुन सकेन ।
७९' । लेकीको निकै सुन्दर हेडिङ डेनमार्कका किपरले बचाएका छन् ।
७३' ।  अष्ट्रेलियाका नब्बाउटको हातमा चोट लागेको छ, उनी बाहिरिएपछि जुरिक मैदान प्रवेश गरेका छन् ।
७२' ।  अष्ट्रेलियाका लागि रोजिकले  गरेको प्रहार किपरले उत्कृष्ट बचाउ गरेका छन् ।
७०' । अष्ट्रेलियाका लागि मुइले गरेको प्रहार गोल हनु असफल भएको छ ।
६७' । अष्ट्रेलियाले बनाएको गोलको अवसरलार्इ डेनमार्कले आउट गरेपछि पाएको कर्नर पनि गोलमा परिणत हुन सकेन ।
६६' । बल डेनमार्कको नियन्त्रणमा ।
६५' । अष्ट्रेलियाको आक्रमण फेरि रोकेको छ डेनमार्कले ।
६१' । अष्ट्रेलियाले निकालेको लंग पास डेनमार्कले रोकेको छ ।
६०' । डेनमार्कले अष्ट्रेलियाको गोलपोष्ट नजिकैबाट थ्रो पाएको छ ।
५७' । डेनमार्कका युरारीको स्थानमा ब्रेथवेइट मैदानमा ।
५६' । डेनमार्कले पाएको कर्नरलार्इ अष्ट्रेलियाले असफल तुल्याएको छ ।
५५' । अष्ट्रेलियाको प्रहार आकासिएको छ ।
५४' । अष्ट्रेलियाले गोलको प्रयास गरे पनि डेनमार्कका डिफेन्सहरुले बचाएका छन् ।
५२' । डेनमार्कले निकालेको अट्याकिङ मुभलार्इ अष्ट्रेलियाको उत्कृष्ट डिफेन्स ।
५०' । डेनमार्कका लागि युरारीको प्रहार बाहिरिएको छ ।
४८' । डेनमार्कले निकालेको पासलार्इ अष्ट्रेलियाले विफल पारेको छ ।
४५' । खेलको दोस्रो हाफ सुरु भएको छ ।
डेनमार्क (१ - १) अष्ट्रेलिया
४५+२' । खेलको पहिलो हाफ १-१ को बराबरीमा ।
४५' । खेलको पहिलो हाफमा २ मिनेट समय थप गरिएको छ ।
४२' । एरिक्सनको फ्रि किकलार्इ अष्ट्रेलियाले बचाएको छ ।
४१' । डेनमार्कले निकालेको उत्कृष्ट अवसरलार्इ अष्ट्रेलियाका किपरले बचाएका छन् ।
डेनमार्क (१ - १) अष्ट्रेलिया
३७' । जेडिनाकले कभर गरेको पेनाल्टी गोलमा परिणत भएको हाे ।
३७' अष्ट्रेलियाले पेनाल्टी मार्फत गोल गरेको छ ।
३६' । डेनमार्कका युरारीले पहेँलो कार्ड पाएका छन् ।
३५' ।समूह ‘सी’ अन्तर्गत पहिलो खेलमा अस्ट्रेलियाले फ्रान्ससँग २-१ गोलले हार ब्यहोरेको थियो भने डेनमार्कले पेरुलाई १-० गोलले पराजित गरेको थियो ।
३४' । निकोलाई जर्गेन्सनको क्रसमा एरिक्सनले गोल गरे ।
३३' ।समूहगत चरणको आफ्नो दोस्रो खेलमा अहिले अस्ट्रेलिया र डेनमार्क भिडिरहेका छन्। खेलमा डेनमार्क १-० गोलले अगाडि ।
७' । डेनमार्कका एरिक्सनको लेफ्ट प्रहार गोलमा परिणत भएको छ ।