फ्रान्स VS पेरु [LIVE UPDATE]

फ्रान्स vs पेरु (LIVE UPDATE)

फ्रान्स  VS पेरु  [LIVE UPDATE]
पेरु र फ्रान्स विचको खेलको लाइभ अपडेटमा साथ दिनु भएकोमा धन्यवाद हामी तपाँइहरुमाझ केहि वेरपछि हुने अर्जेन्टिना र क्रोएसिया विचको खेलको लाइभ अपडेट लिएर उपस्थीत हुने छौं, धन्यवाद।
समुह सि को आफ्नो दोस्रो खेलमा पेरुलाई १–० ले पराजित गर्दे फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ । पहिलो हाफमा लिएको १ गोलको अग्रतानै फ्रान्सलाई जित दिलाउन पर्याप्त रह्यो । फ्रान्सले यसअघि समुहको पहिलो खेलमा अस्ट्रेलियालाई पराजित गरेको थियो । लगातार दुई जित निकाल्दै फ्रान्स प्रतियोगिताको नकआउट चरण प्रवेश गर्न सफल भयो । उक्त समुहमा डेनमार्कको ४ अंक भएको छ। फ्रान्सका लागि केलियन एम्बाप्पेले गरेको एकमात्र गोल निर्णायक बन्यो।
८९'|एन्जोन्जीले पोग्बालाई रिप्लेस गरेका छन्
८६'| फ्रान्सका भरानेले पंहेलो कार्ड पाएका छन्
८५'|खेलमा अब निर्धारित समयको केहि मिनेट बाँकी रहँदा पेरु गोल फर्काउन संघर्षरत रहेको छ ।
८२'| एन्टोनी ग्रिजम्यानलाई फेकिरले सब्सटिच्युट गरेका छन्।
पेरुले १९७५ मा कोपा अमेरिकाको उपाधि जितेयता कुनैपनि महत्वपुर्ण प्रतियोगिताको उपाधि जित्न सकेको छैन् ।
६८'|पेरुले खेलमा दबाब बनाएको छ ।
' । यति बेला फ्रान्सका डिफेन्डर बल क्लियर गर्न  व्यस्त छन्, पेरुले लगातार ५ मिनेट फ्रान्सको पोस्टमा काउन्टर र आक्रामक सट प्रहार गरिरहेका छन्
६० ' । पेरुका स्ट्राइकर कारिलोले २२ यार्ड टाढाबाट गोल प्रयास गरे तर उनको प्रहार क्रसबार भन्दा निकै माथि गयो
' । विश्वकपमा फ्रान्सको गजबको रेकर्ड छ । फ्रान्सले पहिलो हाफमा गोल गरेको पछिल्लो २० खेलमा अपराजित छ । जसमा १९ जित र १ बराबरी नतिजा फ्रान्सले निकालेको छ ।
५७ ' । पेरु फ्रान्सको डिबक्समा दबाव राख्दै । पेरुका खेलाडी आक्रामक रुपम प्रस्तुत हुँदै
' । एन्टोनियो ग्रिजम्यान स्पेनिस चर्चित क्लब एट्लेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्छन् । म्याड्रिडका प्रशिक्षक डिएगो सिमोनका नजरमा उनी नम्बर एक स्ट्राइकर हुन् । यसपटकको फिफा बर्ष खेलाडीमा उनी अन्तिम तीन खेलाडीमा मनोनित भएका थिए
५४' । फ्रान्सका स्ट्राइकर एन्टोनियो ज्रिजम्यान फ्रिकिक प्रहार गर्दै । पेरुको डिफेन्डरले ग्रिजम्यानको फ्रिकिक विफल पारे
' । फ्रान्सका गोलरक्षक हुगो लोरिसले पेरुविरुद्ध आफ्नो सयौँ अन्तर्राष्ट्रिय खेल पुरा गरेका छन् । फ्रान्सको राष्ट्रिय टिमबाट सयौँ खेल पुरा गर्ने उनी सातौँ खेलाडी हुन्
५०' । पेरुले निकै राम्रो अवसर गुमायो । पेरुका स्ट्राइकर एक्विएनोले ३० यार्ड टाढाबाट प्रहार गरेको शक्तिशाली बल फ्रान्सको क्रसबारमा लाग्यो
केलियन म्बाप्पे फ्रेन्च टिमबाट विश्वकपमा गोल गर्ने सवैभन्दा यूवा खेलाडी हुन् । फ्रान्सले सन् १९९८ मा घरमै भएको विश्वकप जित्दा बर्ष केलियनको जन्म भएको थियो । पेरुविरुद्ध गोल गर्दा केलियनको उमेर १९ बर्ष १८३ दिन रह्यो । यसअघि फ्रान्सका लागि डेभिड ट्रेजेगुएटले २० बर्ष २४६ दिनमा विश्वकपमा गोल गरेका थिए ।
फ्रान्स र पेरुबीचको दोस्रो हाफ सुरु हुन लागेको छ । खेलाडीहरु मैदान भित्र प्रवेश गर्दै
४५+२' । पहिलो हाफमा १ गोलको अग्रतामा फ्रान्स ।
फ्रान्स (१ - ०) पेरु
४५' । पहिलो हाफका लागि २ मिनेट समय थप ।
४२' । आक्रामक बनिरहेको फ्रान्सलार्इ रोक्ने कोसिसमा पेरु ।  फ्रान्सको लगातार प्रहार जारी ।
४१' । बल फ्रान्सको नियन्त्रणमा । फ्रान्सको डबल प्रहार आउट । गोल हुन असफल ।
३९' । फ्रान्सले निकालेको निकै लामो पासलार्इ पेरुका किपरले विफल तुल्याइदिएका छन् ।
फ्रान्स (१ - ०) पेरु
३४' । लंग पासबाट डिबक्समा पुगेको बल बाप्पेको प्रहराबाट गोलमा परिणत ।
३३' । फ्रान्सको गोल।
GOAL..................................!
३२' । फ्रान्सको आकर्षक प्रहारको उत्कृष्ट बचाउ गर्न सफल भएका छन् पेरुका किपर ।
३०' । पेरका लागि निकै राम्रो पास खेर गएको छ ।
२६' । पेरुको पास रेट पनि निकै राम्रो देखिएको छ ।
२५' । पेरुले फ्रान्समाथि दबाब बनाएको छ ।
२३' । पेरुका लागि फ्लोरेसले गरेको उत्कृष्ट प्रहार गोल हुन सकेन ।
२२' । पेरुका गुइरेरोले पहेँलो कार्ड पाएका छन् ।
१९' । पेरुका लागि रोड्रिगेजले गरेको फ्रि किक गोल हुन सकेन ।
१८' । पेरुले निकालेको पास फ्रान्सले क्लियर गरेको छ ।
१५' । फ्रान्सका मातुइदीले पहेँलो कार्ड पाएका छन् ।
१५' । फ्रान्सले डिबक्सभित्र बनाएको अवसरलार्इ फ्रान्सले क्लियर गरिदिएको छ ।
१३' । फ्रान्सले पाएको कर्नर गोलमा परिणत हुन सकेन ।
११' । मिडफिल्डबाट फ्रान्सका लागि पोग्बाले गरेको आकर्षक प्रहार बाहिरिएको छ ।
९' । पेरु लगातार आक्रमणमा उत्रिएको छ ।
समूहगत चरणको आफ्नो पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई २-१ गोलले हराएको थियो ।
पेरुले डेनमार्कसँग १-० गोलको हार ब्यहोरेको थियो ।
विश्वकप अन्तर्गत आफ्नो दोस्रो खेलमा फ्रान्स र पेरुसँग खेलिरहेका छन् ।
' ।
' ।