इरान VS पोर्चुगल  [LIVE UPDATE]

इरान vs पोर्चुगल (LIVE UPDATE)

इरान VS पोर्चुगल  [LIVE UPDATE]
 इरान (1 - 1) पोर्चुगल
समाप्त ।
९०+४' । इरानले पेनाल्टीमार्फत गोल गरेको छ ।  करिमको पेनाल्टी प्रहार गोलमा परिणत भएको हो ।
GOAL....................!
९०' । अतिरिक्त समयमा इरानले पेनाल्टी पाएको छ ।
८६' । पोर्चुगलको आक्रमणलार्इ लगातार विफल पार्दै इरान । गोल गर्न नसकेपनि खेलको लयमा आएको छ।
८२' । रोनाल्डोले रेड कार्ड नपाएर पहेँलो कार्ड पाएका छन् ।
८१' । रोनाल्डोका लागि रेड कार्ड रिभ्यु भइरहेको छ ।
७७' । पोर्चुगलको निकै लामो पास बाहिरिएको छ ।
७५' । इरानले अमिरीको स्थानमा कमिरलार्इ मैदान पठाएको छ ।
७३' । इरानको निकै लामो पास पोर्चुगलले क्लियर गर्‍यो ।
६९' । पोर्चुगलका क्वेरिसको स्थानमा बेर्नार्डो मैदानमा प्रवेश गरेका छन् ।
६७' । पोर्चुगलको अट्याकिङ खेलमा इरानको उत्कृष्ट काउन्टर जारी छ । गोल भने हुन सकेको छैन । 
६५' । रोनाल्डोको लामो प्रहरा गोलमा परिणत हुन सकेन ।
६४' । पोर्चुगलका क्वेरेस्माले पहेँलो कार्ड पाएका छन् ।
५८' । लङ पासको फर्ममा इरान ।
५५' । इरानका हाजी साफिको स्थानमा मोहम्मदी मैदान प्रवेश ।
५४' । इरानका सरदारले पहेँलो कार्ड पाएका छन् ।
५३' । रोनाल्डोले पेनालटीमार्फत गोल गर्न असफल भएका छन्  । किपरले उत्कृष्ट बचाउ गरेका छन्  ।
५०' । रेफ्रीले फल रिभ्युपछि राफेल गरेरियोलार्इ पहेँलो कार्ड पाएका छन् ।
५०' । काउन्टर अट्याकिङ गरिरहेको इरान खेलमा फर्किने कोसिस गरिरहेको छ ।
४५' । खेलको दोस्रो हाफमा आक्रमक बनेको पोर्चुगलले प्रहारबाट ब्याक भएको छ ।
खेलमा दबाब कायम गरेको पोर्चुगलले खेलको पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेको छ ।
४५' । खेलमा ३ मिनेट समय थप भएको छ ।
४५' । खेलको पहिलो हाफमा पोर्चुगलले इरानमाथि दबाबमुलक खेल खेलिरहेको छ । पहिलो हाफको अन्तिम मिनेटमा क्वेरेस्माको प्रहार गोलमा परिणत भएको छ ।
GOAL......................!
४२' । इरानले निकालेको निकै लामो पास पोर्चुगलले सपल हुन दिएन ।
३९' । रोनाल्डोको निकै राम्रो प्रहरा किपरले उत्कृष्ट बचाउ गरेका छन् ।
३३' । पोर्चुगलका लागि राफेलले फल खेलेपछि पहेँलो कार्ड पाएको छन् ।
३३' । रणनीतिक प्रहार गरेको इरानले गोल गर्न भने सकेन ।
३२' । इरानको निकै राम्रो पासलार्इ पोर्चुगलका खेलाडीले फल खेलेपछि फ्रि किको अवसर जुटेको छ इरानलार्इ ।
३०' । 
२२' । इरानले निकालेको निकै लामो पासलार्इ किपरले उत्क‌ृष्ट बचाउ गरेका छन् ।
१८' । रक्षात्मक हुँदाहुँदै पनि इरानले पोर्चुगलको दबाबलार्इ रोक्न सफल भएको छ ।
१५' । रोनाल्डोले गरेको फ्रि किकको प्रहार आउट भएको छ । त्योसँगै पाएको अर्को कर्नरको अवसरलार्इ इरानले क्लियर गरेकव छ ।
१४' । पोेर्चुगलले पाएको कर्नरबाट गोल हुन सकेन । तर फेरि फ्रि किकको अवसर पाएको छ ।
१२' । पोर्चुगलको अर्को उत्कृष्ट प्रहार गोलमा परिणत हुन सकेन ।
११' । पोर्चुगलले निकालेको अवसरलार्इ इरानले सजिलै क्लियर गरेको छ ।
८' ।  बलमा पोर्चुगलले दबाब बनाएको छ । तर गोलको अवसरलार्इ भने लगातार गुमाइरहेको छ । पछिल्लो पटक गरिएको प्रहार अाकासिएपछि गोल हुन सके न।
६' । इरानले निकालेको निकै राम्रो अवसर पोर्चुगलले क्लियर गरेको छ ।
बलमा पोर्चुगलले नियन्त्रण कायम राखेको छ ।
इरान र पोर्चुगलबिचको खेल सुरु भएको छ । समूह चरणको अन्तिम खेलको विजेता बनेर अन्तिम १६ मा पुग्ने कोसिसमा रहनेछन् दुवै टिम ।