स्पेन vs इरान [LIVE UPDATE]

इरान vs स्पेन (LIVE UPDATE)

स्पेन vs इरान [LIVE UPDATE]
स्पेन र इरान विचको खेलको लाइभ अपडेट सँगै प्रकाश कँडेल र गजेन्द्र चालिसेलाई विदा दिनुहोस बिहिबार हुने खेलहरुको लाइभ अपडेट लिएर उपस्थीत हुने छौं । हाम्रो साथमानै रहनु होला धन्यवाद
समुह ‘बि’ को नकआउट चरण रोमाञ्चक बनेको छ। पोर्चुगल र स्पेनको दुई खेलबाट समान ४ अंक भएको छ भने इरानको ३ अंक छ । सुमह चरणको अन्तिम खेलमा इरानले पोर्चुगललाई पराजित गरेमा इरान विश्वकपको अघिल्लो चरण पुग्ने छ । मोरक्को विरुद्ध जित निकाले स्पेनपनि अगिल्लो चरणमा प्रवेश गर्ने छ । तीनै टिमको सम्भावना भएकाले अन्तिम चरणका खेलहरु महत्वपुर्ण हुने छन्।
अन्तत संघर्षपुर्ण खेलमा इरान विरुद्ध स्पेनले १–० को जित निकालेको छ। दोस्रो हाफमा स्पेनको जितमा डियोगो कोस्टाले गरेको एक गोल निर्णायक बन्यो।
अतिरिक्त समयमा राम्रो ठाउँमा फ्रिकीक पाएपनि स्पनेले सदुपयोग गर्न सकेन्
स्पेन प्रतियोगिताको पहिलो जित नजिक पुगेको छ । निर्धारित समयको खेल सकिंदा सम्म स्पेनले खेलमा १-० को अग्रता बनाएको छ । खेलमा ४ मिनेट अक्तिरित्त समय थप गरिएको छ।
जेरार्ड पिकेले इरान विरुद्धको खेलसँगै १ सयौं क्याप जितेका छन्।
८३'|इरानले गोलको राम्रो मौका चुकाएको छ
८०'| खेलमा अझै स्पेनले ठुलो पकड बनाएर राखेको छ । उसले १६ सट प्रहार गर्दा ४ वटा सटहरु टार्गेटमा प्रहार गरेको छ । इरानको भने अहिलेसम्म कुनै खतरनाक मुभ हुन सकेको छैन्
डियोगो कोस्टा विश्वकपमा लगातार दुई खेलमा गोल गर्ने फर्नान्डो टोरेसपछि दोस्रो खेलाडी बनेका छन् । यसअघि टोरेसले २००६ मा लगातार दुई खेलमा गोल गरेका थिए।
इरानलाई अब इतिहासको आस बाँकी रहेको छ। कीनकी इरानले पछिल्ला विश्वकपमा गरेका सबै तीन गोल अन्तिम १५ मिनेटमा गरेको थियो।
नटिकेको इरानी खुसि
इरानले गोलको खुसियाली मनाइसकेको थियो तर रेफ्रिले निर्णयका लागि भिएआरमा गएपछि इरानको खुसि केहिसमयमानै अन्त भयो।
६४'|इरानले खेलमा गोलको प्रयास गरेको थियो । तर इरानका इजाटोलाचिको हातमा बल लागेर बाउन्स भएको बललाई जालि चुमाएपनि भिएआरको प्रयोगले इरानको सम्भावित बराबरी चुकेको छ ।
डियोगा कोस्टाले जारी प्रतियोगितामा पोष्टमा गरेका जम्मा तीन प्रहारमा सबै तीन प्रहार गोलमा परिणत भएका छन्।
डियोगो कोस्टाको यो प्रतियोगितामा तेस्रो गोल हो यसअघि उनले पोर्चुगल विरुद्ध दुई गोल गरेका थिए । उनी अघि अब क्रिश्टियानो रोनाल्डो मात्र रहेका छन् । रोनाल्डोले ४ गोल गरेका छन्।
५४]|डियोगो कोस्टाले अन्तत स्पेनको प्रतिक्षाको अन्त गर्दे गोल गरेका छ्न
५०'|सर्जिओ बुसकेटको शक्तिसाली प्रहार गोलरक्षकले क्लीयर गरेका छन्।
५०'|इरानले दोस्रो हाफमा १०–०–० फर्मेसनमा खेलिरहेको छ
४६'|पहिलो हाफमा गोलरहित बारबरीमा सकिएको खेलको दोस्रो हाफ सुरु भएको छ। ठुलो दबाबमा रहेको स्पेन निश्चित जितका लागि मैदानमा उत्रिएको छ
पहिलो हाफ गोलरहित बराबरी
पहिलो हाफमा स्पेनलाई इरानले गोलरहित बराबरीमा रोकको छ । खेलमा ८२ प्रतिशत पोजिसन राखेको स्पेनले शक्तिसाली १० सट प्रहार गरेपनि गोल गर्न सकेन्
विश्वकपको २१ संस्करण मध्ये स्पेनले १५ संस्करणमा आफ्नो उपस्थीती देखाएको छ ।१९३० को विश्वकप नखेलेको स्पेनले १९५४,१९५८ तथा १९७० र १९७४ को विश्वकपमा छनोट हुन असफलभएको थियो।
४२'|डेभिड सिल्भाले गोलको राम्रो मौका चुकाएका छन्।
स्पेनले अघिल्लो चरणमा सहज रुपमा स्थान बनाउनका लागि पनि इरानलाई पराजित गर्नु पर्ने चुनौती रहेको छ । खेलमा इरानसँग बराबरीमा रोकिए अन्तिम खेलमा स्पेनलाई थप दबाब बढ्ने छ । साथै पराजित भए बाहिरिने छ
३३'|स्पेनले खेलमा ८३ प्रतिशत खेलमा पकड कायम गरेको छ।
३०'| स्पेनले खेलमा निरन्तर आक्रामण जारी राखेको छ । दुई पटक डिबक्समा पाएका मौकालाई सदुपयोग गर्न इरान सफल भएन्
२८'| स्पेनका स्टार खेलाडीहरु डियोगो कोस्टा तथा डेभिड सिल्भालाई इरानले सहज रुपमा चल्न दिएको छैन्।
१९५० को विश्वकपमा सेमिफाइनल पुगेको स्पेन २०१० मा पहिलो पटक विश्व च्याम्पियन बनेको थियो
२२'|स्पेनले राम्रो ठाउँमा फ्रिकीक पाएपनि सफल हुन सकेन् । रामोसले गरेको प्रहार गोलरक्षकले सहज रुपमा समाए
२०'|स्पेनले खेलमा पकड निरन्तर बनाएको छ । इरानमाथी दबबाब जारी छ तर इरानको डिफेन्स लाइनअप चिर्न असफल भएको छ।
स्पेन विश्वकप फुटबलमा पुरानो प्रतिद्धन्दि मध्ये एक हो। उसले १९३० को विश्वकपमा सहभागिता नजनाएपनि त्यसपछि १९३४ को विश्वकपमा क्वाटरफाइनल सम्म स्थानन बनाएको थियो।
१५'|सुरुवातमा स्पेनले खेललाई आफ्नो पकडमा पारेको छ। उसले बल पोजिसनमा ७९ प्रतिशत पकड कायम गर्दा इरान २१ प्रतिशतमा सिमित भएको छ
आफ्नो देशको खेल चलिरहँदा इरानमा भने सार्वजानिक स्थानमा बसेर फुटबल हेर्न निषेध गरिएको छ ।
८'|मिनेटको समाप्तीमा इरानले स्पेनलाई दबाब दिएको छ। केहि प्रहारहरु सुरुवातमानै गर्न कोसिस गरेको स्पेन विरुद्ध इरानले साहसीक प्रदर्शन दोहोराउने छनक दिएको छ।
स्पेनले फुटबलमा नयाँ शैलिको विकास गर्दै २०१० को विश्वकप जितेको थियो। उक्त शैलिलाई ‘टिकीटाका’ नामले विश्वभर चिनीन्छ । अहिले फुटबलमा उक्त शैलिमा स्पने माहिर मान्नीछ। छोटो पास र धेरै बल पोजिसन राख्दै विपक्षीलाई हैरान बनाउने शैलिनै ‘टिकीटाका’ हो।
२०१० को विश्व विजेता स्पेन गत संस्करणमा समुहचरणबाटै बाहिरिएको थियो। त्यसैलेपनि यो पटक स्पेन आफुलाई दाबेदार देखाउनका लागि पनि इरान विरुद्ध निश्चित जितका लागि मैदानमा उत्रिएको छ।
१'| स्पेन र इरान विचको खेल सुरु भएको छ।
775137960_JF_8538_0AAE89C9FF25A58CE1B0B07EEADDE92C-227013
स्पेनले स्क्वाडमा दुई परिवर्तन गरेको छ । अघिल्लो खेलमा सानदार गोल गरेका नाचोलाई परिवर्तन गर्दे कार्भाजाललाई उनको स्थानमा ल्याएको छ। त्यस्तै लुकाज भाजक्वेजको ठाउँमा कोकेलाई टिममा मौका दिएको छ।
समुह बि को दोस्रो खेलमा इरान र स्पेन प्रतिष्पर्धा गर्दै छन्। स्पेन आफ्नो पहिलो खेलमा पोर्चुगलसँग ३–३ गोलको बराबरीमा रोकिंदै १ अंक बाँडेको थियो भने इरानले सनसनिपुर्ण खेलमा मोरक्कोलाई पराजित गर्दे महत्वपुर्ण ३ अंक हासिल गरेको छ । त्यसैले इरान स्पेनलाई रोक्न प्रयासमा हुँदा स्पेन भने निश्चित जितको खोजिमा हुने छ।
नमस्कार नयाँ पत्रिकाको विश्वकप लाइभ अपडेटमा तपाँइहरु सबैलाई स्वागत छ । अब केहि समयमा सुरु हुन लागेको स्पेन र इरानको खेलको लाइभ अपडेट तपाँइहरुलाई हामी प्रकाश कँडेल र गजेन्द्र चालिसे भएर निरन्तर गराउने कोसिस गर्ने छौं