पोर्चुगल VS मोरक्को  [LIVE UPDATE]

पोर्चुगल vs मोरक्को (LIVE UPDATE)

पोर्चुगल VS मोरक्को  [LIVE UPDATE]
पोर्चुगल (१ - ०) मोरक्को
९०+५' । पोर्चुगल (१ - ०) ले विजयी
९०+४' । पोर्चुगलको लामो प्रहार बाहिरिएको छ ।
९०+४' । मोरक्कोको प्रयास विफल ।
९०+२' ।  रोनाल्डो प्रहार विफल भएको छ ।
९०+२' । पोर्चुगलका एड्रिएनले पहेँलो कार्ड पाएका छन् । ९०+१' । पोर्चुगलका खेलाडी लडेपछि विवाद भएको छ । ९०' । ५ मिनेट समय थप गरिएकोछ ।
८९' । बल मोरक्कोको नियन्त्रणमा । जीयाचले गरेको प्रहार पुन:  आकासिएको छ ।
८४' । रोनाल्डोले फ्रि किक मोरक्कोले रोकेको छ ।
८०' । मोरक्कोले फरि पनि कर्नर प्रहारको अवसर प्राप्त गरेको छ । तर बल अाकासिए पछि गोल हुन सकेन ।
७९' । मोरक्कोको कर्नर प्रहार विफल भएको छ ।
७७' । जीयाचको उत्कृष्ट प्रहार बाहिरिएको छ ।
७७' । मोरक्कोले फ्रि किक पाएको छ ।
७४' । मोरक्कोका बोउसौफ बाहिरिएका छन् ।
७३' । मोरक्कोले पाएको फ्रि किक गोलमा परिणत हुन सकेन ।
७१' । पोर्चुगलले निकालेको अवसर विफल । 
७०' | मोरक्कोले निकालेको अवसरलार्इ चुकाएको छ ।
मोरक्को र पोर्चुगलको खेल हेर्न ७८ हजार दर्शक मैदानमा रहेका छन् । ओपनिङ खेलपछि दोस्रो पटक मैदान पुरै भरिएको हो
५७'|पुन मोरक्कोका भेलान्डाले गरेको शक्तिसाली हेडलाई गोलरक्षकले विफल पारे
५५'| डिबक्स भित्रबाट मोरक्कोका भेलान्डाले गरेको शक्तिसाली प्रहारलाई गोलरक्षकले विफल पारे
पहिलो हाफमा जस्तै दोस्रो हाफमा पनि मोरक्कोले पोर्चुगल माथी दबाब बढाएको छ
५१ मिनेटको खेल सकिंदा दुबै तर्फबाट दोस्रो हाफमा थप गोल भएको छैन्
2nd हाफ  सुरु ...
पोर्चुगल (१ - ०) मोरक्को
४५+३' । पहिलो हाफमा पोर्चुगल १-० गोलको अग्रतामा ।
४५+२' । मोरक्कोले पाएको  कर्नर गोलमा परिणत हुन सकेन ।
४५+२' । मोरक्कोले कर्नर पाएको छ ।
४५' । पहिलो हाफमा  ३ मिनेट समय थप भएको छ ।
४३' । मोरक्कोले निकालेको लामो पासपछिको प्रहार गोल हुन सकेन ।
३९' । मोरक्कोका बौउसुफाले पहेँलो कार्ड पाएका छन् ।
३९' । मोरक्कोको निकै राम्रो अवसर चुकेको छ ।
३९' । दुवतर्फको अट्याकिङ खेल चलिरहेको छ ।
३५' । मोरक्कोको प्रहारलार्इ किपरले उत्क‍ृष्ट बचाउ गरेका छन् ।
३३' । मोरक्कोको प्रहार बाहिरिएको छ ।
३२' । पोर्चुगलले फेरि कर्नरको अवसर पाएको छ । तर मोरक्कोले उत्कृष्ट सेभ गरेको छ ।
३१' । पोर्चुगलले पाएको फ्रि किकमा रोनाल्डोले प्रहार गरेका छन् । तर प्रहार गोलमा परिणत हुन पाएन ।
२९' ।  मोरक्कोले निकालेको निकै लामो पासलार्इ पोर्चुगलले विफल तुल्याएको छ ।
२४' । रोनाल्डो मैदानमा लडेका छन् ।
२१' । मोरक्को प्रहारलार्इ किपरले उत्कृष्ट बचाउ गरेका छन् ।
१९' । कर्नर पाएको मोरक्कोले गोल गर्न सकेन ।
१९' । मोरक्को पनि अट्याकिङ खेल प्रदर्शन गरिरहेको छ ।
१७' । मोरक्कोको निकै उत्कृष्ट  प्रहार बाहिरिएको छ ।
१५' । पोर्चुगलले निकालेको अवसर मोरक्कोले क्लियर गरेको छ ।
१४' । रोनाल्डोले गरेको प्रहार  बाहिरिएको छ ।
१०' । मोरक्कोको प्रहार गोलमा परिणत हुन सकेन ।
८' । रोनाल्डोको प्रहरा गोलमा परिणत हुन सकेन ।
७' । पोर्चुगलले लगातार दबाब कायम गरेको छ ।
४' । पोर्चुगलले गोल गरेको छ । रोनाल्डोको हेडिङ गोलमा परिणत भएको छ ।
GOAL.........................!
पोर्चुगल र मोरक्कोबीचको खेल सुरु भएको छ ।