उरुग्वे VS रसिया [LIVE UPDATE]

उरुग्वे vs रसिया (LIVE UPDATE)

उरुग्वे VS रसिया [LIVE UPDATE]
 उरुग्वे (3 - 0) रसिया  समाप्त ।
रसियाले घरेलु मैदानमा नै पराजय भोगेको छ । उरूग्वे ३ - ० फराकिलो गोलान्तरले विजयी भएको छ ।
९०' । खेलको अन्तिम मिनेटमा उरुग्वेका काभानिले गरेको प्रहार गोलमा परिणत भएको छ ।
आयोजक रसियाले खेलमा अन्तिम खेलाडी परिवर्तन गरेको छ । फेडोल स्मोलोभले एलेक्सी मिरानुक विस्थापन्न गरेका छन्
४६' । रसियाका कुजेइभ गजिनस्कीको स्थानमा अाएका छन् ।
४५' । खेलको दोस्रो हाफ सुरु भएको छ ।
४५'| पहिलो हाफको समाप्तीमा उरुग्वे खेलमा हावि भएको छ । पहिलो हाफमा उरुग्वेले खेललाई २–० ले आफ्नो पक्षमा पारेको छ । दुई गोल खान पुगेको रसिया ३६ औं मिनेटमा १० खेलाडीमा सिमित समेत हुन पुगेको छ।
३६'| रसिायाका इगोर इस्मोनिकोभ दोहोरो पंहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका छन् । दबाबमा रहेको रसिया १० खेलाडीमा सिमित भयो । यसअघि उनले २७ मिनेटमा पहिलो पंहेलो कार्ड पाएका थिए।
उरुग्वेका फर्नान्डो मुस्लेराले आफ्नो सयौं खेलको कोसेढुंगा पुरा गरेका छन्। उनले विश्वकपको १४ औं खेलमा टिमको सदस्यका रुपमा मैदानमा मौका पाए ।
२३'|डि लक्सलीटले  टिमका लागि दोस्रो गोल गरेका छन् । डिबक्स बाहिरबाट दोस्रो बार च्यापेर गरेको आकर्षक प्रहार गोलमा परीणत भएपछि खेलमा उरुग्वे हावि देखिएको छ।
gollllllllllllllll
१३'|रसियाका च्यारिसेभले गरेको सानदार प्रहारलाई उरुग्वेका गोलरक्षकले क्लीयर गर्दे सम्भावित बराबरी टारे
१०'| उरुग्वेले डिबक्स भन्दा केहि इन्च बाहिर पाएको फ्रिकीकको राम्रो मौकालाई   लुइस सुआरेजले सानदार गोलमा परीणत गरे
golllllllllllll
५'| सुरुवातमा उरुग्वे केहि राम्रो लयमा देखिएको छ । हजारौं घरेलु समर्थक माझ उरुग्वे समुह विजेताका लागि मैदानमा उत्रिएको हो।
उरुग्वे र आयोजक रसिया बिचको खेलको विजेताले नकआउटचरणमा स्थान बनाउने छ।
उरुग्वे र रसियाबीचको खेल सुरु भएको छ ।