साउदी अरबिया VS इजिप्ट [LIVE UPDATE]

साउदी अरेबिया vs इजिप्ट (LIVE UPDATE)

साउदी अरबिया VS इजिप्ट [LIVE UPDATE]
साउदी अरबिया (2 - 1)  इजिप्ट
समाप्त ।
साउदी अरेबीयाच २-१ गोलको अन्तरले विजयी भएको छ ।
९०+५' । खेलको अन्तिम मिनेमा साउदीका लागि सलिमले गरेको प्रहार गोलमा परिणत भयो ।
GOAL...................!
८६' । इजिप्टका फाथिले पँहेलो कार्ड पाएका छन् ।
983615552
मध्यान्तरपछि साउदी अरेवियाले राम्रो खेल खेलिरहेको छ ।
४५' । खेलको दोस्रो हाफ सुरु भएको  छ ।
४५+ पहिलो हाफको अतिरिक्त समयमा साउदीले पुन अर्को पेनल्टीको मौका प्राप्त गर्यो जसलाई उसका सलमानले पेनल्टीको सदुपयोग गर्दे खेल बराबरीमा पुर्याए।
golllllllllllllllll
४१'| साउदीले पेनल्टीको मौका चुकाएको छ । उसका फहादले गरेको पेनल्टी प्रहारलाई गोलरक्षक इलहादरीले बचाउ गरेका हुन् ।
विश्वकपको खुल्ला खेल (पेनल्टी बाहेक) मा सलाहले गरेको गोल इजिप्टका लागि १९३४ पछि पहिलो हो। १९३४ मा इजिप्टका अब्दुल रहमान फ्वाजिले हंगेरिसँग ४–२ ले पराजित भएको खेलमा गोल गरेका थिए।
जुलाई २०१७ यता सलाहले ५० गोल पुरा गरेका छन् । समग्रमा ५८ खेलबाट उनले ५० गोल पुरा गरेका हुन्
इजिप्टका स्टार सलाहको जारी विश्वकपमा यो दोस्रो गोल हो । यसअघि रसिया विरुद्ध उनले पेनल्टीमार्फत एक गोल गरेका थिए । तर टिमको जितका लागि भने पर्याप्त रहेन्।
२२'| मोहमद सलाहले इजिप्टका लागि गोल गरेका छन् । सलाहको गोलसँगै इजिप्टले खेलमा १–० को अग्रता बनाएको छ।
gollllllllllllllllll
२१'|साउदी र इजिप्ट विचको खेलमा कुनै गोल हुन सकेको छैन् । दुबे टिमले गोलका प्रायस गरेपनि गोल गर्न सकिरहेका छैनन् ।
इजिप्टका गोलरक्षक इसिम अल ह्यादरीले ४५ वर्ष १ सय ६१ दिनको उमेरमा विश्वकप खेल्दै सर्वाधिक बुढो उमेरमा विश्वकप खेल्ने खेलाडी बनेका छन् ।
साउदी अरेविया र इजिप्ट बिचको खेल प्रतिष्ठाका लागि मात्र हुने छ। यि दुईका लागि विश्वकपमा जित निकाल्ने चुनौती रहेको छ।
साउदी अरेबिया र इजिप्टबीचको खेल सुरु भएको छ ।