उरुग्वे VS साउदी अरेबिया [LIVE UPDATE]

उरुग्वे vs साउदी अरेबिया (LIVE UPDATE)

उरुग्वे VS साउदी अरेबिया [LIVE UPDATE]
उरुग्वे र साउदी अरेवियाविचको खेलको लाइभ अपडेटमा साथ दिनु भएकोमा धन्यवाद। हामी केहि समयपछि हुने स्पेन र इरान विचको खेल लिएर उपस्थीत हुनेनै छौं । हामीसँगै रहनु होला...
फुल टाइम
लुइस सुआरेजले आफ्नो सयौं खेलमा गरेको एकमात्र निर्णायक गोलसँगै उरुग्वे नकआउट चरण प्रवेश गरेको छ । उरुग्वेले साउदीलाई पराजित गरेसँगै समुह ‘ए’ को नकआउटचरण समीकरण पुरा भएको छ ।नकआउट चरणमा आयोजक रसिया र उरुग्वे प्रवेश गर्न सफल भए ।समुह विजेता र उपविजेताको टुंगो भने अन्तिम खेलले लाग्ने छ ।
खेलमा अतिरिक्त समय ४ मिनेट थप गरिएको छ।
९०'| खेलको अन्तिम मिनेटमा साउदीले सेटपिसमा गोलको राम्रो मौका बनाएपनि गोलरक्षकले बचाउ गर्दे खेलमा उरुग्वेको अग्रता कायम राखे
८६'|उरुग्वेका काभिनिले डिफेन्सले गरेको गम्भीर गल्तीमा गोल गर्न असफल भए
८४'|खेलको निर्धारित समयको ६ मिनेट बाँकी रहँदा सम्म उरुग्वेले खेलमा १–० को अग्रता कायमै राखेको छ । अब उसले केहि सयम खेललाई होल्ड गरेमा नकआउट चरणमा स्थान पक्का गर्ने छ।
उरुग्वे दक्षिण अमेरिकन टप क्लास टिम हो जनसंख्याको हिसावमा ब्राजिल र अर्जेन्टिना भन्दा निकै पछि छ। तर खेल स्तरमा भने उनीहरुलाई संधै टक्कर दिन्छ । दक्षिण अमेरिकामा अर्जेन्टिनाको ४३ मिलियन छ भने ब्राजिलको २०९ मिलियन जनसंख्या रहेको छ जबकी उरुग्वेको ३.५ मिलियन मात्र रहेको छ।
साउदी अरेवियाले आफुलाई रसिया विरुद्धको खेलमा भन्दा सुधार गरेको छ। तर बलियो उरुग्वेलाई रोक्न उसलाई कठिन देखिएको छ । साउदी अप्रत्यासित रुपमा पहिलो खेलमा आयोजक रसियासँग ५–० ले पराजित भएको थियो।
६८'|उरुग्वे केहि रक्षात्मक देखिएको छ । एक गोल रक्षा गर्नका लागि उरुग्वेले डिफेन्सलाईनअपमा ध्यान दिएको छ।
६६'|साउदीले निकै राम्रो ठाउँमा फ्रिकीकको मौका पाएको छ।
६१'|बल पोजिसनमा साउदीले सुधार गरेपनि गोलको आकर्षक मुभहरु बनाउन सकिरहेको छैन्
साउदी अरेबियाले पछिल्लो पटक २००६ मा विश्वकप फुटबल प्रतियोगितामा छनोट भएको थियो। उसका लागि ठुलो सफल्ता भनेको १९९४ को विश्वकपमा नकआउट चरणमा प्रवेश गर्नु हो।
उरुग्वेले यसअघि १२ पटक विश्वकप फुटबल खेलीसकेको छ । जसमा आप्नो घरेलु मैदानमा १९३० मा पहिलो पटक च्याम्पियन बन्दा १९५० मा दोस्रो पटक उपाधि जितेको छ
५३'| साउदी अरेबियाले उरुग्वे विरुद्ध केहि संयमित देखिएको छ तर उरुग्वेले साउदीलाई दबाबमा राख्दै गोल प्रयास गरिरहेको छ
उरुग्वे प्रशिक्षक ओस्कार टाब्रेजको प्रशिक्षणमा कहिलेपनि समुहचरणबाट बाहिरिनु परेको छैन्
४६'|दोस्रो हाफको खेल सुरु हुन लागेको छ । पहिलो हाफको समाप्तीमा उरुग्वेले लुइस सुआरेजको गोलमा अग्रता लिएको छ
 पहिलो हाफमा उरुग्वे १–० ले अगाडि रह्यो । उरुग्वेका लागि मध्यान्तरअघि एक मात्र गोल चर्चित स्ट्राइकर लुइस सुआरेजले खेलको २३औँ मिनेटमा गरेका थिए । उनले करिअरमा ५2 औँ गोल संंख्या पुर्याएका छन् । सुआरेजले सन् २०१० मा ३, सन् २०१४ मा २ तथा रसिया विश्वकपमा १ गोल गरेका छन्
साउदी अरेबिया र उरुग्वेबीच २ मिनेटको इन्जुरी समय थप
44' । साउदी अरेवियाद्वारा खेलाडी परिवर्तन । ट्रेजरको स्थानमा हुसेन मैदान भित्र
41 ' । साउदी अरेबियाका सलमानको घुँडामा समस्या । गोल प्रयास क्रममा उनी लडेका थिए । अहिले मेडिकल उपचारका लागि सलमान मैदान बाहिर
' । साउदी अरेवियाले मैदानमा राम्रो बल पोजिसन बनाएको छ । तर साउदीले बराबरी गोल फर्काउन सकिरहेको छैन । साउदीले ५६ प्रतिसत तथा उरुग्वले ४४ प्रतिसत बलमाथि नियन्त्रण राखेका छन्
' । उरुग्वेले सन् १९५४ पछि विश्वकप उपाधि जित्न सकेको छैन्
' । २००७ उरुग्वेका लुइस सुआरेजले कोलम्बियाविरुद्ध अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए, उनले आफ्नो सयौँ अन्तर्राष्ट्रिय खेल पुरा गर्न ११ बर्ष लगाए
30 ' । साउदी अरेवियाले राम्रो बराबरी अवसर चुकायो । मिडफिल्डर बहब्रीले उरुग्वे डिबक्स भित्र हेडिङ गरेको बल बाहिर
२५' । पिएजीबाट खेल्ने काभानीले डिबक्स भित्र बल नियन्त्रण लिन नसक्दा उरुग्वेले सहज अवसर गुमायो
२२' । सुआरेजले साउदी अरेबियाविरुद्ध सयौँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका छन्
' । बार्सिलोनाका स्ट्राइकर लुइस सुआरेजले कर्नरबाट आएको बललाई बायँ खुट्टाले गोल गर्दै उरुग्वेलाई साउदीअरेवियाविरुद्ध १–० ले अगाडि राखे
२२ औँ मिनेटमा उरुग्वे १–० ले अगाडि
20' । साउदी अरेवियाको काउन्टर एट्याक्ट । स्ट्राइकर फहादले पहिलो बार नजिक प्रहार गरेको बल आकासियो
१२' । काभानिको प्रहार आकासिएको छ ।
टिम उरुग्वे
टिम साउदी अरेबिया
७' ।  तर  किक अाकासिएको छ ।
६' ।  साउदीले फ्रि किक पाएको छ ।
३' । उरुग्वे सुरुमा नै अट्याकिङ रणनीतिमा ।
२' । सुआरेजले गरेको प्रहरा असफल भएको छ ।
१' । बल उरुग्वेको नियन्त्रणमा ।
उरुग्वे र साउदी अरेबियाबीचको खेल सुरु भएको छ ।
राष्ट्रिय गान सुरु भएकाे छ ।