स्विडेन vs स्विट्जरल्यान्ड

स्विडेन vs स्विट्जरल्यान्ड (LIVE UPDATE)

स्विडेन (1 - 0) स्विट्जरल्यान्ड

समाप्त !
स्विडेन १-० ले विजयी ।
९०+४' । डिबक्स नजिकैबाट फ्रि किकको अवसर पाएको छ स्विडेनले । प्रहार गोलमा परिणत हुन सकेन ।
९०+२' । स्विडेनका अल्सनमाथि विपषी लाङले फउल खेलेका छन् । पेनाल्टी रिभ्यु ।
९०' । खेलमा ३ मिनेट समय थप भएको छ । ८८' । स्विडेनको कर्नर प्रहारलार्इ रोकको छ विपक्षीले ।  
८७' ।
८४' । स्विटजरल्यान्डको कडा प्रहारसामु स्विडेनको उत्कृष्ट डिफेन्स जारी । स्विडेनको अग्रता चिर्न प्रयास गरेपनि असफल भइरहेको छ स्विट्जरल्यान्ड ।
८३' । त्यस्तै क्राफ्थले लुस्टिजलार्इ रिप्लेस गरेका छन् ।
८२' । स्विडेनका लागि अग्रता बनाएका फोर्सबर्ग बाहिरिएका छन् उनको ठाउँमा वल्सन मैदान प्रवेश गरेका छन् ।
७९' ।  लामो पासमा जमीरहेको स्विट्जरल्यान्ड गोल निकाल्न सकिरहेको छैन । शाकिरीको अर्को प्रहारलार्इ स्विडेनका किपरले उत्कृष्ट बचाउ गरेका छन् ।
७८' । स्विट्जरल्यान्डले कर्नरको अवसर पाएको छ । शाकिरीले गरेको प्रहारलार्इ स्विडेनले चलाखीपूर्ण तवरले रोकेको छ ।
७७' । स्विटजरल्यान्डले पाएको फ्रि किक प्रहारलार्इ स्विडेनले सजिलै रोकेको छ । तर उसकाे आक्रमण भने अझैँ जारी छ ।
७७' । स्विट्जरल्यान्डले फिजिकल खेलेपछि स्विडेनले कर्नरको अवसर बनाएको छ । तर फोर्सबर्गको प्रहार गोल हुन भने सकेन ।
७६' । करिब ७० प्रतिशत बललार्इ नियन्त्रणमा राखेर पनि दबाब महसुस गरिरहेको छ स्विट्जरल्यान्ड यतिबेला ।
७३' । पटकपटक अवसरको श्रृजना गरेपनि गोल गर्न नसकिरहेको  स्विटजरल्यान्ड  निकै हतारमा देखिएको छ ।
७१' । आक्रामक स्विटजरल्यान्ड स्विडेनको क्लेभर प्लेइङसँग पछाडि परेको छ ।
७०' । स्विडेनले फ्रि किकको अवसर पाएको छ । तर प्रहार गोलमा परिणत हुन सकेन । स्विट्जरल्यान्डले कर्नरको अवसर पनि निकालेको छ । तर गोल भने फेरि पनि गर्न सकेन । र फेरि पनि अर्को कर्नर स्विट्जरल्यान्डले डिजर्भ गरेको छ ।
६९' । खेलमा स्विट्जरल्यान्डले ७० प्रतिशतभन्दा बढी बललार्इ नियन्त्रणमा राखे पनि स्विडेनले चलाखीपूर्ण खेलको छ ।
६८' । स्विट्जरल्यान्डका साकाले पहेँलो कार्ड पाएका छन् ।
६७' । फोर्सवर्गको उत्कृष्ट प्रहार गोलमा परिणत भएको छ ।
६६' । स्विडेनले गोल गरेको छ ।
GOAL.................................!
६३' । तर गोल हुन सकेन ।
६२' । स्विडेनले डिबक्स नजिकैबाट फ्रि किको अवसर निकालेको छ । फोर्सबर्ग प्रहारमा गएका छन् ।
६०' । बेह्रामीले फोर्सबर्गको खुट्टा कुल्चिएर फउल गरेपछि पहेँलो कार्ड पाएका छन् । यो सँगै दुवै टिमले बराबरी कार्ड पाएका छन् ।
५८' ।  स्विडेनले निकै लामो पासबाट निकालेको प्रहार आउट भएको छ ।
५५' । स्विडेनमाथिको विपक्षीको  दबाब कायम ।
५४' । बल स्विडेनको कोर्टमा पुगेको छ । स्विट्जरल्यान्८को लगातारको प्रहार असफल हुँदै । तर आक्रमण भने जारी ।
५२' । स्विट्जरल्यान्डले पाएको कर्नरबाट रोड्रिगेजले गरेको प्रहार सिधै बाहिर गयो ।
५१' । लाङले निकालि रहेको पासलार्इ क्लियर गर्न खोज्दा बर्गले फउल खेल्न पुगेका छन् । तर रेफ्रिले कुनै मतलब गरेनन् ।
४९' । बलमा स्विडेनले नियन्त्रण बनाउने प्रयास गरिरहेको छ ।  तर डिबक्सभित्रबाट गरेको निकै सुन्दर प्रहार गोल हुन सकेन ।
४७' । क्लाएसनमाथि साकाले फउल खेलेपछि स्विडेनले फ्रि किकको अवसर पाएको छ । तर गोल हुन नसकेपछि स्विडेनले नै 'थ्रो' को अवसर पनि पाएको छ ।
४६' । खेलको दोस्रो हाफ सुरु भएको छ ।

स्विडेन (0 - 0) स्विट्जरल्यान्ड

४५+१' । खेलको पहिलो हाफमा स्विट्जरल्यान्डले राम्रो अट्याक गरेपनि गोल हुन सकेन । यो सँगै खेल बराबरीमा रोकिएको छ ।
४५' । खेलमा १ मिनेट समय थप भएको छ ।
४४' । स्विट्जरल्यान्डका लागि शाकिरीले गरेको प्रहारलार्इ स्विड्नका किपरले उत्कृष्ट बचाउ गरेका छन् ।
४३' । स्विडेनले डिबक्सभित्र बनाएको अवसरलार्इ विपक्षीले क्लियर गरिदिएको छ ।
४०' । फर्सवर्गको कर्नर प्रहार स्विटजरल्यान्डले सजिलै क्लियर गरेको छ ।
३९' । स्विडेनले फ्रि किकको अवसर पाएको छ । तर गोल हुन नसकेपछि पुन: कर्नरको अवसर पाएको छ ।
३६' । साकाको लामो प्रहार गोल हुन सकेन । स्विट्जरल्यान्डका लागि उनले लगातार गरिरहेको प्रहार गोल हुन सकिरहेको छैन ।
३१' । स्विडेन विजयी भए पनि लुस्टिगले क्वार्टरफाइनलको खेल गुमाउनुपर्ने हुन सक्छ ।
३०' ।  स्वेडेनले पहिलो पहेँलो कार्ड पाएको छ । लुस्टिगले फउल खेलेपछि स्विट्जरल्यान्डले फ्रि किकको अवसर प्राप्त गरेको छ । तर सदुपयोग हुन सकेन ।
२९' । स्विडेनले डिबक्स भित्रबाट निकालेको अवसरलार्इ स्विट्जरल्यान्डका किपरले उत्कृष्ट बचाउ गरेका छन् ।
२६' । स्विटजरल्यान्डले लामो पासबाट निकालेको अवसरलार्इ स्विडेनले क्लियर गरेकाे छ ।
२३' । शाकिरीको प्रहारलार्इ स्विट्जरल्यान्डका आफ्नै खेलाडीले हेडिङ गरेर बललार्इ बाहिर पठाइदिएका छन् ।
२१' । स्विट्जरल्यान्डको फर्वाड पोजिसन धेरै अगाडि छ, तर स्विडेनले अवसरको सदुपयोग गर्दै आक्रमणलाेर्इ बढाएको छ ।
१५' । स्विडेनले डिबक्स नजिकैबाट गरेको प्रहारलार्इ स्विट्जरल्यान्डले क्लियर गरेको छ ।
१४' । स्विडेनले आक्रमणलार्इ बढाएको छ ।
१३' । स्विट्जरल्यान्डका लागि शाकिरीले गरेको उत्कृष्ट प्रहार बाहिरिएको छ ।  डि बक्स नजिकैबाट उसले 'थ्रो'को अवसर पाएको छ ।
१०' । बल स्विट्जरल्यान्डको नियन्त्रणमा छ । स्विट्जरल्यान्डले करिब ७० प्रतिशत बललार्इ नियन्त्रणमा राखेको छ ।
स्वेडेन र स्विट्जरल्यान्डबीचको नकआउट चरणको खेल सुरु भएको छ ।