स्विडेन VS इंग्ल्यान्ड

स्विडेन vs इंग्ल्यान्ड (LIVE UPDATE)

९०+५' । इंग्ल्यान्ड २-० को अग्रता सहित सेमिफाइनलमा प्रवेश ।
९०+४' । स्विडेनका खेलाडी लार्सनले पहेँलो कार्ड पाएका छन् ।
९०+१' । रास्फर्ड  बेन्चमा गएका स्ट्रेलिङको स्थानमा मैदानमा आएकाछन् ।
९०' । खेलमा ५ मिनेट समय थप भएको छ ।
९०' । अगुस्टिन्सनको फ्रिकिक प्रहार गोलमा परिणत हुन सकेन ।
८९' । माग्युरीले फेरि फउल बनाएका छन् तर रेफ्रिले कार्ड दिएका छैनन्, बरु स्विडेनले फ्रि किकको अवसर पाएको छ ।
८८' । इंग्ल्यान्डले फेरि पनि अर्को अवसरलार्इ गुमाएको छ ।
८६' । माग्युरीले फउल खेलेपछि पहेँलो कार्ड पाएका छन् ।
८४' । हर्नान्डेज बाहिरिएका छन् उनको स्थानमा डाइर मैदान प्रवेश गरेका छन् ।
८३' । अगुस्टन्सनले ट्रिप्पाइरमाथि फउल खेलेका छन्  ।
८२' । स्विडेनको दबाब कायम ।
७८' । स्विडेनले बनाएको अवसर विफल ।
७७' । इंग्ल्यान्डले बनाएको अवसर स्विडेनले सजिलै बनायो क्लियर ।
७१' । बर्गले गरेको निकै राम्रो प्रहार आउट भएपछि स्विडेनले कर्नरको अवसर । तर गोल हुन सकेन ।
६९' । कर्नरको सदुपयोग हुन सकेन ।
६८' । लगातारको आक्रमणमा इंग्ल्यान्ड । रक्षात्मक बन्दै स्विडेन ।
६१' । स्विडेनले निकै राम्रो अवसरलार्इ गुमाएको छ ।
५९' । इंग्ल्यान्डले अर्को गोल गरेको छ । लिङगार्डको प्रहारलार्इ डेलेको हेडिङमार्फत बलले सजिलै जालि चुम्न सफल ।
GOAL...................................!
५७' ।  इंग्ल्यान्डले खेलमा अग्रता बनाएपनि अवसरलार्इ पटकपटक गुमाएको छ ।
५३' । इंग्ल्यान्डले पाएको फ्रिकिकको अवसरमा योङको सट आउट भएको छ ।
४७' । स्विडेनका लागि बर्गले गरेको हेडिङलार्इ किपर बिगफर्डले उत्कृष्ट बचाउ गरेका छन् ।
४६' । खेलको दोस्रो हाफ सुरु भएको छ । इंग्ल्यान्डले बल सुरु गरेको छ ।
मध्यान्तर !
४५+१' । खेलको पहिलो हाफमा इंग्ल्यान्ड १-० को अग्रतामा ।
४५' । खेलमा १ मिनेट समय थप भएको छ ।
४३' । स्टेर्लिङले डिबक्सभित्र बनाएको अवसरलार्इ गोलमा परिणत गर्न सकेनन् । स्विडेनले फउल खेलेपछि कर्नरको अवसर भने पाएको छ । तर पनि गोल गर्न सकेन ।
४१' । इंग्रल्यान्डले निकै राम्रो अवसरलार्इ गुमाएको छ । डिबक्सभित्र बनेको अवसरलार्इ स्विडेनले क्लियर गरेको छ ।
३४' । बल इंग्ल्यान्डको नियन्त्रणमा ।
३०' । इंग्ल्यान्डले गोल गरेको छ । पाएको कर्नरको अवसरलार्इ सदुपयोग गर्दै योङले गरेको किकलार्इ मग्युरीको हेडिङले गोल बनाएका हुन् ।
GOAL.....................................................
२९' । इंग्ल्यान्डले  कर्नरको अवसर पाएको छ ।
२८' । योङको प्रहारलार्इ ग्रांकभिस्टले क्लियर गरेका छन् । 
२३' । कडा प्रहारलार्इ स्विडेनका किपर वल्सनले उत्कृष्ट बचाउ गरेका छन् ।
२२' । इंग्ल्यान्डको पास स्विडेनले सजिलै क्लियर गरेको छ ।
२०' । आक्रामक खेलमा इंग्ल्यान्डले ६० प्रतिशत नियन्त्रण बनाएको छ ।
१८' । केनको मिडफिल्डबाट गरेको लामो प्रहार आउट ।
१८' । स्विडेनका स्टोन्समाथि इंग्ल्यान्डका टोइभोनेन फिजिकलमा उत्रिएका छन् । तर रेफ्रिले फउल दिएको छैन ।
१७' । बल स्विडेनको नियन्त्रणमा छ । इंग्ल्यान्डमाथि सजिलै दबाब बनाउन सफल भएको छ ।
१५' । स्विडेनको प्रहार वाइड गएको छ ।
१०' । स्विडेनसामु इंग्ल्यान्ड  नर्भस देखिएको छ ।
८' । हेन्डर्सनलार्इ रेफ्रिले चेतावनी दिइरहेका छन् ।
१' । खेल सुरु भएको छ ।
प्लेयर्स टु वाच :
ह्यारी केन (इंग्ल्यान्ड)
अन्द्रेस ग्रानक्भिस्ट  (स्विडेन)
समारा स्टेडियम
समारा स्टेडियममा दुवै टोलीको सेमिफाइनलमा पुग्ने लक्ष्य ।
तेस्रो क्वाटरफाइनलमा स्विडेन र इंग्ल्यान्ड मैदानमा ।