रसिया VS क्रोएसिया

रसिया vs क्रोएसिया (LIVE UPDATE)

९०+५' । इन्जुरी समयमा पनि गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा ।
९०' । खेलमा ५ मिनेट इन्जुरी समय थप भएको छ ।
८३' । रसियाले फ्रि किक पाएको छ । ग्लोभिनको प्रहार नियन्त्रण बाहिर ।
८०' । इरोखिन सामान्य घाइते भएका छन् । उपचारपछि उनी नै खेलमा निरन्तर भएका छन् ।
७८' । रसियाका लागि ज्युबा बारिएका छन् र उनको स्थानमा  गाजिनिस्कीलार्इ मैदान प्रवेश गराइएको छ ।
७७' । स्मोलोभको प्रहारले कुनै परिणाम दिलाउन सकेन ।
७५' । क्रोएसियाले कर्नर पाएको छ ।
७०' ।  रसियाको प्रहरा फेरि पनि बाहिरिएको छ ।
६१' । रसियाको कर्नर  किपर सुवासिकले सजिलै बचाए ।
५९' । क्रोएसियाको निकै राम्रो प्रहार पोलभित्र पुगेर पनि बाहिरिएको छ ।
५७' । रसियाको घरेलु मैदान भएपनि खेलमा क्रोसियाले दबाब बनाउन सफल भएको छ । यद्यपि दुवै देशले बराबरी गोल गरेका छन् (१-१) ।
४६' । खेलको दोस्रो हाफ सुरु भएको छ । 
मध्यान्तर । 
४५+२' । खेलको पहिलो हाफ १-१ गोलको बराबरीमा ।
४५' । खेलमा २ मिनेट समय थप ।
३९' । क्रोएसियाका क्रमारिकको प्रहार गोलमा परिणत भएको छ ।
GOAL.........................!
३८' । क्रोसियाका स्ट्रिनिकले पनि पहेँलो कार्ड पाएका छन् ।
३५' । लोब्रेनले ज्युबामाथि फउल खेलेको भन्दै पहेँलो कार्ड दिइएको छ । तर रसियन स्टार ज्युबामाथि फउल भएको देखाइएको छैन ।
३४' । क्रोएसियाले पाएको कर्नरको अवसर सदुपयोग हुन सकेन ।
३१' । ज्युवाको पासमा चेरिसेभले गरेको प्रहार गोलमा परिणत ।
GOAL......................!
२९' । रसियाले निकालेको फ्रि किकको अवसर पनि सदुपयोग गर्न सकेन ।
२८' । क्रोसियाले आफ्नै प्रहारलार्इ आउट गर्न पुग्यो ।
२५' । बलमाथिको नियन्त्रण ।
२०' । रसियाको घरेलु मैदानमा चर्को हुटिङ चलिरहेको छ । फिष्ट ओलम्पिक स्टेडियम दर्शकले भरिभराउ भएको छ । समान उदेश्य भएका दुवै टिम आ-आफ्ना बाध्यतामा ।
१७' । रसियाले बनाएको अवसरलार्इ क्रोएसियाका किपर सुबासिकले बचाउ गरेका छन् ।
१५' । क्रोएसियाले पाएको अर्को फ्रि किकको अवसरलार्इ सदुपयोग गर्न सकेन ।
१४' । क्रोएसियाले फ्रि किकको अवसरलार्इ सदुपयोग गर्न सकेन । बल ब्याक पास हुन गएको छ ।
१२' । बलमाथि क्रोएसियाको दबाब कायम । ७०/३० को पोसेसलमा खेल्दै ।
१०' । क्रोएसियाको कर्नरलार्इ रसियाले क्लियर गरेको छ ।
६' । क्रोएसियाका लागि रेबिकले गरेको निकै सुन्दर प्रहारलार्इ रसियाका किपर अकिनफिबले उत्कृष्ट बचाउ गरेका छन् ।
सन् १९९८ मा सेमिफाइनलमा पुगेको क्रोएसियाको त्यतिबेला तेश्रो स्थान ओगट्न सफल भएको थियो ।
सन् १९६६ मा पहिलो पटक समेफाइनल पुगेको रुस त्यतिबेला चौथो भयो ।
दुवै टोलीको समान उदेश्य दोश्रो पटक सेमिफाइनलमा पुग्नु ।
१' । फिष्ट ओलम्पिक स्टेडियममा क्वार्टरफाइनल अन्तर्गतको अन्तिम खेल सुरु ।
फिष्ट ओलम्पिक स्टेडियममा हुने खेलमा दुवै टोली अन्तिम चारमा पुग्ने योजनासहित मैदानमा ।
विश्वकप अन्तर्गत अन्तिम क्वाटरफाइनलमा आयोजक रुस र क्रोएसिया प्रतिस्पर्धामा ।