ब्राजिल vs मेक्सिको

ब्राजिल vs मेक्सिको (LIVE UPDATE)

ब्राजिल र मेक्सिकाेबीचकाे खेलकाे टेक्स्ट लाइभ सकिएकाे छ । ११ः४५ मा बेल्जियम र जापानबीचकाे खेलकाे लाइभ लिएर पुनः उपस्थित हुनेछाैँ ।
९०'+६  |  समय सकियाे । ब्राजिल अन्तिम ८ मा प्रवेश ।
९०' +३ |  मेक्सिकाे खेलमा फर्कने प्रयास गरिरहेकाे छ ।
९०'   |   निर्धारित समय सकिएकाे छ । ६ मिनेट समय थपिएकाे छ ।
८९'   |  नेयमारले सुन्दर पासमा फर्मिनाेले विश्वकप फाइनलकाे पहिलाे गाेल गरे । 
८८'   |   राेबर्टाे फर्मिनाेले ब्राजिललार्इ दाेस्राे गाेलकाे अग्रता दिलाए । ब्राजिल २–० मेक्सिकाे
८८'   |   गाे...........................ल । ब्राजिलले अग्रता दाेब्बर पारेकाे छ । 
८६'   |   तर, कर्नर सदुपयाेग भएन । फेरि कर्नर किक पाएकाे छ । दाेस्राे कर्नर पनि सदुपयाेग भएन ।
८५'   |   मेक्सिकाेले कर्नर पाएकाे छ । खेलमा फर्कन याे राम्राे अवसर हुन सक्छ ।
८४'   |   ब्राजिलले पुनः खेलाडी परिवर्तन गरेकाे छ । काउटिन्हाे बाहिरिएका छन् ।
८२'   |   ७०अाैँ मिनेटमा मैदानमा लडेका नेयमारलार्इ २००२ काे विश्वकपमा टर्कीसँगकाे खेलमा रिभाल्डाेकाे अभिनयसँग तुलना गरेर सामाजिक सञ्चालमा अालाेचना सुरू भएकाे छ ।
८१'   |   खेलकाे पेस निकै सुस्त भएकाे छ । ब्राजिलियन खेलाडी समय गुजार्न खाेजिरहेकाे जस्ताे देखिन्छ भने पछिल्लाे समय फाउलकाे संख्या पनि बढेकाे छ ।
८०'   |   अन्तिम १० मिनेटकाे खेल बाँकी छ । मेक्सिकाे खेलमा फर्कन सक्ला ???
७९'   |  ब्राजिलले खेलाडी परिवर्तन गरेकाे छ । पाेल्हिन्नाेकाे स्थानमा फार्नान्डिन्हाे मैदान प्रवेश गरेका छन् ।
७७'   |  ब्राजिलियन डिफेन्डरले संकट टारे ।
७६'   |   मेक्सिकाे खेलमा फर्कने प्रयासमा छ । तर, तालमेल मिलिरहेकाे छैन ।
७४'   |   विलियमकाे प्रहार सशक्त हुन सकेन । गुलेर्माेले सहजै नियन्त्रणमा लिए ।
७३'   |   खेल पुनः सुरू भएकाे छ । मेक्सिकन खेलाडी बलका साथ ब्राजिलकाे डिएरिया अासपास छन् । तर, ब्राजिलकाे डिफेन्स लाइन ताेड्न सकेनन् ।
७०'   |   नेयमार मैदानमा लडेका छन् । टच लाइनबाट बाहिर गएकाे बल उनले लिन खाेज्दा मेक्सिकन खेलाडीसँग तानातानपछि उनी मैदानमा लडेका हुन् । उनकाे शैली हेर्दा उनीमाथि गम्भीर फाउल भएकाे जस्ताे लाग्छ । तर, रिप्लेमा उनीमाथि कुनै फाउल देखिएन ।
६९'   |   मेक्सिकाे पुनः मुभ बनाउँदै । उत्कृष्ट क्रस तर, खेलाडी पुग्न सकेनन् । थियागाे सिल्भाले क्लियर गरे ।
६७'   |   मेक्सिकाेकाे मुभ सफल भएन । ब्राजिल काउन्टर अट्याकमा । विलियमकाे उत्कृष्ट पास नेयमारले सदुपयाेग गर्न सकेनन् । अग्रता दाेब्बर पार्ने अवसर ब्राजिलले गुमायाे ।
६५'   |   नेयमारमाथि फाउल । मैदानमा लडेका छन् ।
६४'   |   मेक्सिकाे गाेलका लागि मुभ बनाउँदै । ब्राजिलकाे डिबक्स एरियामा बल । तर, क्रस सदुपयाेग भएन ।
६३'   |   विलियमकाे कडा प्रहार !!!! । गुलेर्माेले पुनः उत्कृष्ट बचाउ गरे । 
६१'   |   एक गाेलले अग्रता लिएकाे ब्राजिल खेलमा हावी नै देखिएकाे छ । मेक्सिकाे डिफेन्सिभ खेल्न बाध्य भएकाे छ ।
६०'   |   मेक्सिकाे काउन्टर अट्याकमा । कार्लाेसकाे प्रहार गाेलकिपरले विफल पारे । मेक्सिकाे कर्नर प्रहार गर्दै ।
५८'   |   पाैलिन्हाेकाे कडा प्रहार मेक्सिकन गाेलकिपर गुलेर्माेले विफल पारेका छन् ।
५७'   |   मेक्सिकाेले खेलाडी परिवर्तन गरेकाे छ । डिफेन्डरलार्इ निकालेर मिडफिल्डरलार्इ मैदान प्रवेश गराएकाे छ ।
५५'   |   नेयरमारकाे प्रहार गाेलपाेष्टभन्दा निकै टाढाबाट बाहिरियाे ।
५२'   |   मेक्सिकाे काउन्टर अट्याकमा । तर, गाेल हुन सकेन । कर्नर सदुपयाेग भएन ।
५१'   |   विलियमकाे उत्कृष्ट क्रसलार्इ मेयमारले जाली चुमाउँदै ब्राजिललार्इ अग्रता दिलाएका छन् । 
५१'   |   गाे...................................ल !!!!!!! नेयमारले जाली चुमाए । 
४९'   |   मेक्सिकाे काउन्टर अट्याकमा । तर, सदुपयेाग भएन ।
४८'   |   काैटिन्हाेकाे कडा प्रहार । तर, गाेल हुन सकेन । ब्राजिल लगातार दबाब दिइरहेकाे छ ।
४८'   |   अाे हाे हाे !!!!!! गाेलकिपरकाे सुन्दर बचाउ
४७'   |   ब्राजिलले कर्नर पाएकाे छ ।
४५'   |   ब्राजिलले अाक्रमणलार्इ जारी राखेकाे छ । तर, प्रहार सटिक हुन सकेन ।
४५' |   मध्यान्तरपछिकाे खेल सुरू भएकाे छ । 
मध्यान्तरअघिकाे खेलमा दुवैले बलमाथि ५०–५० प्रतिशत नियन्त्रण कायम गरेका छन् । पाेष्टमाथिकाे प्रहार भने ब्राजिलकाे निकै बढी रह्याे । ब्राजिलले ११ पटक पाेष्टमा प्रहार गर्दा मेक्सिकाेले ४ पटक मात्र प्रहार गर्न सक्याे । ब्राजिलकाे ११ प्रहारमध्ये फ्रेमभित्र ५ वटा रहे । ३ वटा सशक्त प्रहारमा गाेलकिपरले उत्कृष्ट बचाउ गरे । पास एक्युरेसीमा भने ब्राजिलभन्दा मेक्सिकाे अघि देखिएकाे छ । पास एक्युरेसी मेक्सिकाेकाे ८७ तथा ब्राजिलकाे ८२ छ ।
पहिलाे हाफमा दुवैले ३–३ कर्नर प्रहार गरेका छन् । भने दुवैतर्फका एक एक खेलाडीले पहेँलाे कार्ड पाएका छन् ।
अन्तिम ८ मा स्थान बनाउन पहिलाे ४५ मिनेटभित्र दुवै देशका खेलाडीले सक्दाे प्रयास गरे पनि गाेल हुन सकेन । ब्राजिलका नेयमार र गाब्रियल जेसिसका केही कडा प्रहारमा मेक्सिकन गाेलकिपर गुलेर्माे बाधक बने ।
४५' |  मध्यान्तर । ब्राजिल 0–0 मेक्सिकाे
४२' |  मेक्सिकन खेलाडीमाथि फाउल । ब्राजिलका फिलिपले पहेँलाे कार्ड पाएका छन् ।
४१' |  लगातार कर्नर पाएकाे छ । तर, ब्राजिलले डेडबल सदुपयाेग गर्न सकेकाे छैन ।
४०' |  पहिलाे हाफ सकिन ५ मिनेट बाँकी छ । मेक्सिकाे केही दबाबमा देखिन्छ ।
४०' |  ब्राजिलले लगातार दबाब दिइरहेकाे छ । काउटिन्हाेकाे लामाे क्रस । तर, सदुपयाेग भएन ।
३९' |  फ्रि किक खेर गयाे । नेयमारकाे प्रहार गाेलपाेष्टबाट बाहिरियाे ।
३७' |  नेयरमारमाथि फाउल भएकाे छ । मेक्सिकाेका अल्भारेजले पहेँलाे कार्ड पाएका छन् ।
३६' |  पछिल्लाे १५ मिनेट ब्राजिल हावी देखिएकाे छ ।
३५' |  ३५ मिनेटकाे खेल सकिँदासम्म दुवै तर्फबाट गाेल हुन सकेकाे छैन । गाेलका केही राम्रा अवसर दुवैले गुमाएका छन् । 
३४' |  ब्राजिलले कर्नर पाएकाे छ । तर,  अवसर सदुपयाेग भएन ।
३२' |  गुलेर्माेकाे उत्कृष्ट बचाउ ! ब्राजिलले गाेलकाे राम्राे अवसर गुमाएकाे छ । 
३१' |  विलियम बलमा छन् । तर, रक्षापंति ताेड्न सकेनन् ।
३०' |  नेयमार गाेलकाे नजिक पुगेका थिए । तर, मेक्सिकाेका डिफेन्डरले उत्कृष्ट ट्याकल गरेर संकट टारेका छन् ।
२५' |  ब्राजिल अाक्रामक देखिउकाे छ । तर, लगातारका प्रयास पनि गाेलमा परिणत हुन सकेन ।
२३' |  पाँच पटककाे विश्वविजेता ब्राजिलसँगकाे खेलमा मेक्सिकाे निर्धक्क देखिएकाे छ ।
१९' |   ब्राजिलकाे काउन्टर अट्याक ! तर, मेक्सिकाेका डिफेन्डरले सहजै क्लियर गरे । 
१७' |  बल अहिले पनि ब्राजिलकाे डिबक्स अासपास नै छ । ब्राजिलका डिफेन्डर केही दबाबमा देखिन्छन् ।
१६' |  प्रतिस्पर्धात्मक रूपमा खेल अगाडि बढिरहेकाे छ । मेक्सिकाेकाे कडा प्रहार ब्राजिलका डिफेन्डरलार्इ लागेर फर्किएकाे छ ।
१३' |  मेक्सिकोले ब्राजिललाई कडा टक्कर दिइरहेको छ । सुरुअातबाटै ब्राजिलमाथि गोलको मौकाको खोजीमा मेक्सिको देखिएको छ।
१०' |  खेलमा ७० प्रतिशत खेल ब्राजिलले आफ्नो नियन्त्रणमा राखेको छ । तर मेक्सिकोले पनि ब्राजिलविरुद्ध गोलको मौका बनाउने प्रयासमा रहेको छ
५' |  ब्राजिलले एउटा राम्रो प्रहार गरेको छ । तर गोलरक्षकले बचाउ गरेपछि मेक्सिकोको सुरुअाती संकट टरेको छ ।
४' |  सुरुवातमै दुवै टिम आक्रामक देखिएका छन्।
पाँचपटकको विश्व च्याम्पियन ब्राजिल उपाधि दाबेदारीमा सर्वाधिक बलियो मानिएको छ । तर चिरपरिचित प्रतिद्धन्दि मेक्सीकोपनि ब्राजिललाई चुनौती दिने बलियो टिमका रुपमा हेरिएको छ।
१' |  ब्राजिल र मेक्सीको बिचको खेल सुरु भएको छ।