ब्राजिल VS बेल्जियम

ब्राजिल vs बेल्जियम (LIVE UPDATE)

ब्राजिल र बेल्जियम विचको लाइभ अपडेटमा साथ दिनु भएकोमा धन्यवाद । तपाँइहरुमाझ हामी बाँकी खेलको पनि लाइभ अपडेट निरन्तर गराउने छौं हामीसँगै रहनु होला ।
ब्राजिललाई २–१ ले पराजित गर्दे बेल्जियम सेमिफाइनलमा प्रवेश गरेको छ । बेल्जियमले अब फाइनल प्रवेशका लागि फ्रान्ससँग प्रतिष्पर्धा गर्ने छ ।
fullllltime
९०'| पाँच मिनेट अतिरित समय थप गरिएको छ।
८९'| बेल्जियमले लुकाकुलाई परिवर्तन गरेको छ । उनको स्थानमा टिलेमासलाई मैदानमा प्रवेश गराएको छ।
८५'| बेल्जिय खेल होल्ड गर्ने प्रयासमा छ । ब्राजिल भने निरन्तर आक्रामणको प्रयास गरिरहेको छ। खेलमा बेल्जियम २–१ ले अघि रहेको छ।
८०'| एक गोल फर्काएपछि खेलमा ब्राजिल फर्कन निरन्तर प्रयासमा छ । एक गोलले पछि परेको ब्राजिल आक्रामक देखिएको छ।
७६'| आर अगुएस्टोले ब्राजिलका लागि पहिलो गोल फर्काएका छन् । उनले काउटिन्होको क्रसमा आकर्षक हेड गर्दे खेलमा फर्कन प्रयास गरेका छ्न ।
gollllllllllllllllllll
७०'| खेलमा अब २० मिनेटको निर्धारित समय बाँकी रहँदा बेल्जिय डिफेन्सीभ देखिएको छ। ब्राजिलले थियोगो सिल्भाको स्थानमा आर अगुएस्टोलाई मैदानमा छिराएको छ।
६२'| काउन्टरमा खतरनाक मुभ बनाएपनि बेल्जियमले गोल गर्न सकेन् । ब्राजिल निरन्तर खतरनाक सटहरु प्रहारमा छ । तर गोलरक्षकले सानदार बचाउ गरिरहेका छ्न ।
५८'| ब्राजिलले अर्को खेलाडी परिर्वतन गरेको छ । गाव्रियल जेससको ठाउँमा डि कोस्टालाई मैदानमा छिराएको छ।
५२'| दोस्रो हाफमापनि ब्राजिलले गालको प्रयास जारी राखेको छ। तर उसका प्रयासहर सफल हुन नसक्दा बेल्जियम खेलमा हावि भएको छ।
४६'| ब्राजिलले विलियनको स्थानमा फिरमीनोलाई मैदानमा प्रवेश गराएको छ।
४६'| दोस्रो हाफको खेल सुरु भएको छ
यो के भइरहेको छ...
ब्राजिल र बेल्जियम विचको खेल निकै रोमाञ्चक देखिएको छ। पहिलो गोल आत्माघाती पाएको बेल्जियमले दोस्रो गोल काउन्टरमा सम्भव बनाउँदै पहिलो हाफमा खेलमा सानदार अग्रता बनाएको छ। तर ब्राजिलले गोलका निकै राम्रा प्रहार सफल भएनन् । खेलमा ब्राजिल फर्कने सम्भावना भने कायम छ।
४५'| पहिलो हाफमा बेल्जियम २–० ले अघि रहेको छ ।
४३'| बेल्जियम ब्राजिल विरुद्ध थप गोलको प्रयासमा रहेको छ । पहिलो हाफ सकिन केहि समय बाँकी रहँदा दुबै टिम गोलको प्रयासमा देखिएका छन् ।
४०'| ब्राजिलको निरन्तर प्रयासलाई बेल्जियमका गोलरक्षकले सानदार बचाउ गरिरहेका छन् ।
३६'| सिमित मौकामा बल्जियम खतरनाक देखिएको छ । ब्राजिल गोलको प्रयासमा रहँदा काउन्टरमा बेल्जिय निकै सशक्त देखिएको छ।
३३'| रोमेरो लुकाकुको सान्दार काउन्टरमा निकालेको पासलाई केविन डे ब्रुयनले सानदार गोल गर्दे बेल्जियमलाई २–० को अवस्थामा पुर्याएका छन्।
golllllllllll
३०'| विलियनको फ्रिकीक प्रहार जोगिएको छ । बेल्जियम खेलमा संघर्षरत रहेको छ।
२५'| खेल प्रतिष्पर्धात्मक देखिएको छ। बेल्जियम काउन्टर याट्याकको प्रयासमा रहँदा ब्राजिल भने खेल बराबरीमा ल्याउने प्रयासमा देखिएको छ।
२०'| ब्राजिल खेलमा १–० ले पछि परेपछि खेलमा फर्कन निरन्तर प्रयास गरिरहेको छ। तर उसले खतरनाक मौका सिर्जना गर्न सकेको छैन् । यहाँ बेल्जियमको डिफेन्स लाइनअप केहि बलियो देखिएको छ।
१४'| केभिन डि ब्रुयनको कर्नरमा बेल्जियमलाई फर्नान्डीन्होलो आत्माघाती गोल उपहार दिएका छन् ।
golllllllllllll
११'| ब्राजिलले खेलमा दबाब बढाएको छ। खेलमा ५८ प्रतिश खेल ब्राजिलले नियन्त्रणमा राखेको छ।
८'| ब्राजिलले गोलको राम्रो मौका पाएको थियो नेमारको कर्नरमा थियोगो सिल्भाको प्रयास पोलमा लागेर बाहिरियो
७'| केभिन डे ब्रुयनले गोलको मौका बनाएपनि उनको प्रहार फ्रेममा हुन सकेन्
ब्राजिलले मेक्सीकोलाई पराजित गर्दे क्वाटरफाइनलमा प्रवेश गरेको हो भने बेल्जियमले जापानलाई हराएको थियो।
१'| खेल सुरु भएको छ। विजेताले सेमिफाइनलमा फ्रान्ससँग फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्ने छ।
ब्राजिल र बेल्जियम विचको खेलको राष्ट्रिय गान सुरु भएको छ।
ब्राजिल पाँच पटकको विश्व च्याम्पियन हो । बेल्जियमका लागि भने यो पुस्तालाई ‘स्वर्णीम’ पुस्ताका रुपमा लिने गरिन्छ। अहिलेसम्म विश्वकप जित्न नसकेको बेल्जियमका लागि यो स्वर्णीम मौका हो
ब्राजिल र बेल्जियमबीचको क्वार्टरफाइनल खेलमा नयाँ पत्रिका लाइभमा यहाँहरुलार्इ स्वागत ।