बेल्जियम vs जापान

बेल्जियम vs जापान (LIVE UPDATE)

विश्वकप फुटबल प्रतियाेगिताकाे टेक्स्ट लाइभ अाजलार्इ यही सकिन्छ । भाेलि पुनः प्रिक्वार्टर फाइनलका खेल लिएर उपस्थित हुनेछाैँ । नमस्कार ।
पराजयकाे मुखमा पुगेकाे बेल्जियमले अविश्वसनीय 'कमब्याक' गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेकाे छ । हेजार्ड म्यान अफ द म्याच भएका छन् ।
नाटकीय खेलमा बेल्जियमले बाजी मारेकाे छ । बेल्जियम ३–२ जापान । बेल्जियम क्वार्टरफाइनलमा पुगेकाे छ । अब बेल्जियमकाे भेट ब्राजिलसँग हुनेछ ।मध्यान्तरपछि २ गाेलले अग्रता लिइसकेकाे अवस्थामा एसियाली पावरहाउस जापानले खेल नियन्त्रणमा राख्न सकेन । अन्तिम सेकेन्डमा सम्हालिन नसक्दा जापान पराजित हुन पुग्याे । बेल्जियमका खेलाडी खुसी मनाइरहँदा जापानका खेलाडीले अाँशु बगाउँदै मैदान छाडेका छन् ।
९०'+४  |   काउन्टर अट्याकमा बेल्जियम । गाेलललललललललललललललललललललल । 
९०'+३  |  अाे हाे हाे !!! हाेन्डाकाे कडा फ्रि किक ! तर गाेलकिपरले उत्कृष्ट रूपमा बचाए ।
९०' +१ |  अतिरिक्त समयकाे पहिलाे मिनेटमै जापानले सशक्त अाक्रमण गरेकाे छ । तर, गाेलकिपरले संकट टारे । जापानले कर्नर पाएकाे छ । 
९०'  |   निर्धारित ९० मिनेटकाे समय सकिएकाे छ । ४ मिनेट थपिएकाे छ ।
८९'  |   जापानका डिफेन्डरले बेल्जियमकाे अाक्रमण सफल हुन दिएनन् ।  खेल बराबरीतर्फ अग्रसर हुँदै ।
८८'  |   हेजार्डमाथि फाउल भएकाे छ । निर्धारित समय सकिन २ मिनेट मात्र बाँकी छ । खेलाडीहरू निकै जाेशिएका छन् ।
८७'  |   बेल्जियम लगातार अाक्रमणमा । जापानमाथि दबाब बढाउँदै ।
८५'  |   अाकर्षक बचाउ !!!!! जापानका गाेलकिपरकाे उत्कृष्ट प्रदर्शन !! लगातार दुर्इ प्रहार असफल पारे । लुकाकु फेरि पनि गाेल गर्न असफल
८३'  |   मैदान प्रवेश गरेसँगै हाेन्डाले काैशल देखाएका छन् । बेल्जियमकाे गाेल पाेष्टमा उनकाे सशक्त अाक्रमण थियाे । तर, गाेल हुन सकेन ।
८२'  |   हाेन्डा विश्वकप फुटबलमा जापानकाे तर्फबाट सर्वाधिक गाेल गर्ने खेलाडी हुन् ।
८१'  |  जापानले एकैपटक दुर्इजना खेलाडी परिवर्न गरेकाे छ । हारागुचीकाे ठाउँमा हाेन्डा प्रवेश गरेका छन् ।
८०'  |   जापानिज डिफेन्डरले बल क्लियर गर्ने क्रममा बेल्जियमले पुनः कर्नर किन पाएकाे छ ।
७९'  |   बेल्जियमले कर्नर किन पाएकाे छ । ब्रुयने कर्नर प्रहारका लागि गएका छन् ।
७८'  |   लुकाकुकाे हेडर बाहिरियाे । बेल्जिमय एकपछि अर्काे अाक्रमणमा छ ।
७७'  |   खेल निकै राेमाञ्चक बनेकाे छ । मध्यान्तरपछि अहिलेसम्म ४ गाेल भइसकेकाे छ । निर्धारित समयभित्रै खेल जित्न दुवै देश थप गाेलका लागि संघर्ष गरिरहेका छन् ।
७५'  |   फलानीले बेल्जियमलार्इ खेलमा फर्काएका छन् ।
७४'  |   गाे.............................ल !!!!! बेल्जियम खेलमा फर्किएकाे छ । 
७२'  |   बेल्जियम काउन्टर अट्याकमा । तर, सुन्दर बचाउ ।
७०'  |   भर्टाेनगेनले निकै परबाट गरेकाे हेडरले सिधै जाली चुमेपछि बेल्जियमले गाेलअन्तर घटाएकाे हाे । 
६९'  |   गाे....................ल । बेल्जियमले गाेल पर्काएकाे छ । बेल्जियम १–२ जापान
६८'  |   बेल्जियमकाे अाक्रमण । तर,  जापानकाे डिफेन्स लाइनले क्लियर गरेकाे छ ।
६६'  |   जापानले कर्नर पाएकाे छ । तर, सदुपयाेग गर्न सकेन ।
६५'  |   बेल्जियमका थाेर्गन हजार्डकाे प्रहार पाेष्टमाथिबाट बाहिरिएकाे छ ।
६४'  |   जापानले एकपछि अर्काे प्रहार गरिरहेकाे छ । बेल्जियम दबाबमा परेकाे छ ।
६१'  |   बेल्जियमले गाेलकाे अवसर गुमायाे । लुकाकुकाे हेडर गाेल पाेष्टनजिकैबाट बाहिरियाे । 
६०'  |   मध्यान्तरपछि खेल नाटकीय बनेकाे छ । मध्यान्तरअघिसम्म देखिएकाे बेल्जियमकाे दबदबा अहिले देखिएकाे छैन ।
५९'  |  जापानले कर्नर किन पाएकाे छ । तर, बेल्जियमलार्इ कुनै खतरा भएन ।
५५'  |   बेल्जियम दबाबमा परेकाे छ । मध्यान्तरपछि  चार मिनेटकाे अन्तरालमा लगातार दुर्इ गाेल खाएपछि बेल्जियम दबाबमा देखिएकाे हाे । 
५३'  |   इनुर्इले सुन्दर गाेल गर्दै जापानकाे अग्रता दाेब्बर पारेका छन् । 
५२'  |   अविश्वसनीय !!!!!  गाे................................ल !!! जापानले अग्रता दाेब्बर पारेकाे छ । 
४९'  |   ब्याड लक !!! हाजार्डकाे कडा प्रहार पाेष्टमा लागेर फर्किएकाे छ । बेल्जियमले बराबरीकाे माैका गुमाएकाे छ ।
४८'  |   जापानका हारागुचीले काउन्टर अट्याकमा गाेल गरेका छन् । जापानले खेलमा १–० काे अग्रता लिएकाे छ। 
४८'  |   गाे............................ल !!!!!!!!!!!!!!!!!! जापानले गाेल गरेकाे छ । 
४६'  |   बेल्जियम सुरूदेखि नै अाक्रामक देखिएकाे छ ।
४५'  |    मध्यान्तरपछिकाे खेल सुरू भएकाे छ ।
मध्यान्तरसम्ममा बेल्जियमले १० र जापानले ४ वटा प्रहार गरेका छन् । बेल्जियमका १० मध्ये ४ वटा कडा प्रहार जापानी गाेलकिपरले उत्कृष्ट बचाउ गरेका छन् । बेल्जियमले ५ वटा कर्नर किक पाएकाे छ भने जापानले एउटै कर्नर पाएकाे छैन । मध्यान्तरसम्ममा बेल्जियमले ३१८ तथा जापानले २५२ वटा पास खेलेका छन् ।
४५'+१ |   मध्यान्तर भएकाे छ । बेल्जियम ०–० जापान ।
४५'+१ |   थपिएकाे समयमा बेल्जियमले कडा प्रहार गरे पनि जापानका गाेलकिपरले निन्त्रणमा लिए । 
४५'  |   एक मिनेट समय थपिएकाे छ ।
४४'  |   बेल्जियमका गाेलकिपरबाट समेत फुत्किएकाे बल गाेल हुन सकेन ।
४४'  |   अाे हाे हाे !!!!! जापानले गाेलकाे अवसर गुमायाे ।
४३'  |  नागाटाेमले उत्कृष्ट रक्षण काैशल देखाएका छन् । 
४२'  |   मध्यान्तर हुन ३ मिनेट बाँकी छ । गाेल हुन नसक्दा बेल्जियम केही हताराेमा छ । तर, उसका हरेक प्रयास असफल भइरहेका छन् ।
४०'  |   ब्रुएनेले प्रहार गरेकाे फ्रि किक सदुपयाेग हुन सकेन ।
३९'  |   हाजार्डमाथि फाउल ! जापानका गाकु शिवासाकुले पहेँलाे कार्ड पाएका छन् । 
३८'  |   बेल्जियमकाे मिड र स्ट्राइकिङ लाइनअपमा तालमेलकाे अभाव देखिन्छ ।
३६'  |   बेल्जियमले पाँचाैँ कर्नर पाएकाे छ । तर पाँचाैँ कर्नर पनि सदुपयाेग गर्न सकेन ।
३४'  |   बेल्जियम अाक्रमणमा । हेजार्डकाे प्रहार जापानका डिफेन्डरलार्इ लागेर फर्कियाे ।
३२'  |   जापानकाे काउन्टर अट्याक । तर, प्रहार सटिक हुन सकेन ।
३१'  |   ६० प्रतिशत बलमाथि बेल्जियमकाे नियन्त्रण देखिएकाे छ । जापानले ४० प्रतिशत बल नियन्त्रणमा राखेकाे छ ।
३०'  |   धेरैबेरपछि जापानले बेल्जियमकाे पाेष्टमा प्रहार गर्याे । तर, गाेलकिपरले सहजै बल नियन्त्रणमा लिए ।
२८'  |   डिफेन्सकाे नेतृत्व गरिरहेका कम्पनीसमेत जापानकाे डि एरिया अासपास नै छन् । ब्रुएने, हेजार्ड, लुकाकुकाे दबाब थेग्न जापानलार्इ हम्मे हम्मे परिरहेकाे छ । 
२७'  |   बेल्जियमले चाैथाे कर्नर पाएकाे छ । तर, गाेल हुन सकेन । जापान निकै दबाबमा अाएकाे छ ।
२६'  |   फेरि अर्काे अाक्रमण ! हजार्डकाे कडा प्रहार गाेलकिपरले जाेगाए ।
२४'  |   अाे हाे हाे !!!!!!!!!!! बेल्जियमले अग्रता लिने माैका गुमायाे । लुकाकु गाेलकाे नजिक पुगेर पनि असफल बने ।
२३'  |   पछिल्लाे समय भने लगातार बेल्जियम अाक्रमणमा छ । हेजार्ड, लुकाकु बलमा मेहनत गरिरहेका छन् ।
२१'  |   २० मिनेटकाे खेल सकिँदा जापानले बलमाथि ४५ प्रतिशत नियन्त्रण राखेकाे छ भने दुर्इपटक पाेष्टमा प्रहार गरेकाे छ ।
२०'  |   लुकाकुकाे सशक्त प्रहार । तर, डिफेन्सकाे घुँडामा लागेर बल बाहिरियाे । बेल्जियमले तेस्राे कर्नर पायाे ।
१९'  |   बेल्जियमकाे प्रहार सटिक हुन सकिरहेकाे छैन ।
१८'  |   कम्पनीकाे नेतृत्वमा रहेकाे बेल्जियमकाे डिफेन्स लाइनअप बलियाे देखिएकाे छ ।
१७'  |   बेल्जियमकाे लगातार अाक्रमण । लुकाकुकाे प्रहार सशक्त भएन । बेल्जियमले दाेस्राे कर्नर पायाे । तर, सदुपयाेग भएन । भिनसेन्ट कम्पनीकाे फितलाे प्रहार । 
१५'  |   हजार्डकाे बलमा विजार्डकाे कडा प्रहार गाेलकिपरले विफल पारेका छन् । बेल्जियमले कर्नर पाएकाे छ । तर, सदुपयाेग गर्न सकेन ।
१४'  |   बेल्जियमकाे  काउन्टर अट्याककाे प्रयास असफल । जापानका डिफेन्डरले बल सहजै नियन्त्रणमा लिए ।
११'  |    जापानले बलमाथि नियन्त्रण बढाउन खाेजेकाे देखिन्छ । मिड एरियामा बल खेलाउँदै भित्र प्रवेश गर्ने प्रयासमा जापानी खेलाडी देखिन्छन् । 
१०'  |    जापानका साेजीकाे प्रहारले गाेल पाेष्टकाे दिशा लिन सकेन ।
९'   |     बेल्जियम लगातार अाक्रमणकाे प्रयासमा । तर, सफल भएन ।
८'   |    बेल्जियमकाे मुभ सफल भएन । डिएरियाबाहिरबाट अाक्रमण गर्ने प्रयास जापानी डिफेन्डरले असफल बनाए ।
४'   |    जापान मुभ बनाउँदै । बेल्जियमकाे पाेष्टमा अाक्रमण बुन्दै ।
३'   |    सिन्जी कागावाकाे ह्यान्ड बल भएकाे छ ।
२'   |    बेल्जियम अाक्रमण बुन्दै छ ।  पहिलाे मुभ सफल हुन सकेन ।
१'   |   एसियाली पावर हाउस जापानले बेल्जियमविरूद्ध पहिलाे प्रहार गरेकाे छ । तर, गाेल पाेष्टभन्दा बाहिर ।
१'   |   ह्विसिल बजेसँगै खेल सुरू भएकाे छ।
दुवै देशकाे राष्ट्रिय गान सकिएकाे छ । दुवै देशका कप्तान मैदानकाे मध्यभागमा छन् ।
जापान ११: इजी कावासिमा, हिराेकी साकाइ, माया याेसिदा, गेन साेजी, युटाे नागामाेटाे, माकाेटाे हासेवे, गाकु शिवासाकी, गेन्की हारागुची, सिन्जी कागावा, ताकासी युनुर्इ युयु अाेसाकाे 
बेल्जियम ११: थिवाउट, थाेमस, टाेवी, भिनसेन्ट कम्पनी, भेर्टाेङहेन, यन्निक काराेस्काे, केभिन डिब्रयुएने, एलेक्स विसेल, मेर्टेन्स, राेमेलु लुकाकु, इडेन हाजार्ड 
दुवै देशका खेलाडी मैदानमा वार्मअप गरिरहेका छन् । 
राेस्ताेभ एरेनामा दर्शककाे अागमन जारी छ । 
रसियामा जारी विश्वकप फुटबल प्रतियाेगिताअन्तर्गत बेल्जियम र जापानबीच क्वार्टरफाइनल प्रवेशका लागि हुन लागेकाे खेल लिएर हामी उपस्थित भएका छाैँ ।
अभिवादन !