बेल्जियम vs इंग्ल्यान्ड

बेल्जियम vs इंग्ल्यान्ड (LIVE UPDATE)

समाप्त । 
९०+३' । बेल्जियम बन्यो विश्वकपको तेस्रो । २-० ले पराजित भयो इंग्ल्यान्ड । गोल्डेन बुटमा केनको सम्भावना यथावत ।
९०+२' ।  इन्जुरी समयमा पनि इंग्ल्यान्डले जवाफ फर्काउन सकेन ।
९०' । खेलमा ३ मिनेट समय थप ।
गोल्डेन बुटको प्रतिस्पर्धाबाट बााहिरिए लुकाकु ।
८३' । लुफ्टस चिक बाहिरिएका छन् उनको स्थानका डेले मैदान प्रवेश । इंग्ल्यान्डलार्इ सकस ।
८२' । हजार्डको उत्कृष्ट प्रहार गोल ।
GOAL...................!
८०' । रेशफोर्डको प्रहारलार्इ बेल्जियमका किपर कोर्टोइसले उत्कृष्ट बचाउ गरेका छन् ।
७९' । इंग्ल्यान्ड विक्षिप्त हुने गरी बेल्जियमको प्रहार जारी ।
७८' । टियलम्यान्स बाहिरिएका छन् उनको स्थानमा डिम्बेला मैदान प्रवेश गरेका छन् ।
७७' । माम्युरोले पहेँलो कार्ड पाएका छन् ।
७७' । आक्रमणलार्इ तिव्र बनाइरहेको छ इंग्ल्यान्ड । तर गोल हुन सकेको छैन।
७५' । लगातार अवसर निकाल्दै, चुक्दै इंग्ल्यान्ड ।
७३' । फेरि पनि फ्रि किक पाएको छ इंगल्यान्डले । तर  माग्युरीको हेडिङ आएट भएपछि अवसर चुकेको छ ।
७२' । इंग्ल्यान्डले फेरि कर्नर पाएको छ । तर गोल हुन सकेन । लिंगार्डले पाएको प्रहार पनि गोल पोष्टको किनारबाटै बाहिरियो ।
७०' । इंग्ल्यान्डले कर्नर पाएको थियो । तर त्यो पनि सदुपयोग गर्न सकेन ।
६९' । इंग्ल्यान्डका लागि डायरले गरेको निकै राम्रो प्रहारलार्इ बेल्जियमको उत्कृष्ट क्लियर गरेको छ ।
६५' । बेल्जियमले ४ र इंग्ल्यान्डले ३ वटा कर्नर एटेन्ड गरेका छन् ।
६४' । बेल्जियम लगातार आक्रमणमा जुटेको छ । डिफेन्सिभ नियन्त्रणमा इंग्ल्यान्ड ।
६२' । गोल्डेन बुटमा केन सम्भावना बलियो । बाहिरिए लुकाकु ।
६१' । लुकाकु स्थानमा मेर्टेन्स मैदान प्रवेश गरेका छन् । यो सँगै लुकाकुको गोल्डेन बुटमाथिकव दाबी करिब सकिएको छ , भन्दा हुन्छ ।
६०' । लुकाकु बाहिरिए ।
५५' । लुकाकुले फेरि पनि अर्को अवसरलार्इ चुकाएका छन् । उनी पनि गोल्डेन बुटका एक बलिया दाबेदार हुन् । तर त्यसका लागि अावश्यक गोल उनको पुग्नै पर्छ ।
५४' । डिबक्स नजिकै आइपुगेको पासरलार्इ प्रहार गर्न खोज्दा केन चिप्लिएका छन् । वास्तवमा उनका लागि यो गोल्डेन बुटलार्इ मजबुद पार्ने र आफ्नो टिमलार्इ बराबरीमा ल्याउने अवसर थियो ।
५२' । इंग्ल्यान्डका प्लेयर फिजिकलमा उत्रिएको देखिन्छ । स्टोनले पहेँलो कार्ड नै पाएका छन् । यो खेलमा यो पहिलो कार्ड हो । हजार्डमाथि उनको फउल भयो ।
५०' । इंग्ल्यान्डको फ्रि किकमा बेल्जियमले गरेको फउल पछि कर्नर पनि पाएको छ । तर अवसरको सदुपयोग  गर्न सकेन ।
४६' । खेलको दोस्रो हाफ सुरु हुनुभन्दा पहिले इंग्ल्यान्डका प्लेयर रोज बाहिरिएका छन्, उनको स्थानमा लिंगार्ड मैदानमा अाउने भएका छन् । साथै स्ट्रेलिङको स्थानमा र्‍यासफोर्ड मैदानमा अाएका छन् ।
४५+२' । लुकाकुले बनाएको अवसर गोल हुन सकेन ।  खेलको पहिलो हाफमा बेल्जियमको १-० को अग्रता ।
४५' । खेलको पहिलो हाफमा २ मिनेट समय थप भएको छ ।
४४' । इंग्ल्यान्डले आफ्नो पोजेसनलार्इ कायम राखेको छ ।  तर केन  स्ट्रेलिङले निकै थोरै मात्रै योगदान पुर्‍याउन सकिरहेका छन् ।
४०' । चड्ली बाहिरिएका छन् उनको स्थानमा बर्मालिन् मैदान प्रवेश गरेका छन् ।
३९' । इंग्ल्यान्डले निकालेको अवसर क्लियर । बरु बेल्जियमले कर्नरको अवसर पाएको छ । तर गोल हुन सकेन ।
३६' । चाड्ली सामान्या घाइते भएका छन् । उनले केही समय पहिले नै सट प्रहार गर्दा उनको खुट्टा असामान्या भएजस्तो देखिएको थियो ।
३३' । हजार्डले निकै राम्रो प्रतार गरेका छन् तर गोल हुन सकेन ।  लगत्तैको अर्को प्रहार पनि अाकासिएको छ । तर बेल्जियमको आक्रमण भने इंग्ल्यान्डका लागि सामना गर्न निकै गाह्रो भएको छ ।
२९' । टिएलम्यान्सले गरेको प्रहार खेल गएको छ । बेल्जियम फेरि पनि आक्रमणलार्इ लगतार जारी राख्न सफल छ । पोजेसनमा इ‌ंग्ल्यान्ड अगाडी रहेपनि अग्रतालार्इ रोक्न भने हम्मे परिरहेको छ ।
२३' । केनको निकै राम्रो प्रहार मिस भएको छ ।
१९' । इंग्ल्यान्डले कर्नरको राम्रो अवसर बनाएको छ । तर गोल हुन सकेन ।
१६' । लुकाकुले निकै राम्रो अवसरलार्इ प्रहार गर्नबाट चुकेका छन् । लुकाकुको आझको हरेक गोलको धेरै नै महत्व हुनेछ । उनी केनभन्दा पछि गोल्डेन बुटका लागि बलिया दाबेदार हुन् ।
१६' । बेल्जियमको डिबक्सभित्रै बनेको अवसर क्लियर हुन गएको छ ।
१५' । इंग्ल्यान्डले ७० प्रतिशत बललार्इ नियन्त्रणमा राखेपनि बेल्जियमको सुरुवाति अग्रतालार्इ रोकन् सकिरहेको छैन ।
१०' । इंग्ल्यान्डले फ्रि किकको अवसरलार्इ सदुपयोग गर्न सकेन । टाइलम्यान्सले केनमाथि खेलेको फलले बनाएको फ्रि किकको अवसर सदुपयोग हुन सकेन ।
५' । छाड्लीको गोल्डेन पासमा म्युनियरको उत्कृष्ट प्रहार गोलमा परिणत ।
४' । बेल्जियमले खेलको सुरुवातमा नै अग्रता लिन सफल भएको छ ।
GOAL....................!
केन र लुकाकुबीच हुनेछ गोल्डेन बुटका लागि प्रतिस्पर्धा । तर केनले ६ गोल गरि सकेर गोल्डेन बुट पाउने सम्भावना जिवित नै छ भने, लुकाुले उनलार्इ भेटाउन थप २ गोल गर्नुपर्ने छ । 
सेन्ट पिटर्सवर्ग स्टेडियममा हुने खेलमा दुवै टोली तेस्रो हुने लक्ष्यसहित मैदानमा ।
गोल्डेन बुटका मुख्य प्रतिस्पर्धी रहेका केन र लुकाकुलार्इ आजको खेल आफैलार्इ प्रमाणित गर्ने र आफ्नो टोलीलार्इ सान्तवना जित दिलाउने अवसर अन्तिम अवसर ।
बेल्जियम
इंग्ल्यान्ड
मैदानमा संघर्ष गरिरहँदा इंग्ल्यान्डका कप्तान ह्यारी केन र बेल्जियमका रोमेलु लुकाकुबीच मुख्य प्रतिस्पर्धा हुनेछ ।
समूह चरणको खेलमा बेल्जियमले इंग्ल्यान्डलार्इ पराजित गरेको थियो ।
तेस्रो स्थानको प्ले अफ सुरु ।
एकै समूहमा रहेका इंग्ल्यान्ड र बेल्जियम तेस्रो स्थानका लागि आज प्रतिस्पर्धा गर्दै ।