फ्रान्स vs बेल्जियम

फ्रान्स vs बेल्जियम (LIVE UPDATE)

बेल्जियम र फ्रान्स बिचको सेमिफाइनलको लाइभ अपडेटमा साथ दिनु भएकोमा धन्यवाद हामी तपाँहरुमाझ बाँकी खेलको पनि निरन्तर लाइभ अपडेट गराउने छौं हामीसँगै रहनु होला धन्यवााद....
फुल टाइम
विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा बेल्जियमलाई १-० ले पराजित गर्दे फ्रान्स फाइनल प्रवेश गर्न सफल भएको छ ।
९०'| अतिरित समय ६ मिनेट थप गरिएको छ
८१'| गोलका मौकाहरु सिर्जना गरेपनि बेल्जियम गोल गर्न सकिरहेको छैन् । बेल्जियमका केहि उत्कृष्ट प्रहारलाई गोलरक्षकले सानदार बचाउ गरेका छन् ।
७०'| खेलमा ६१ प्रतिशत पकड कायम गरेपनि बेल्जियम गोल गर्न सकिरहेको छैन् । सिमित मौका सिर्जना गरेको बेल्जियम खेलमा फर्कन संघर्षरत रहेको छ।
६३'| एक गोलले पछि परेपछि बेल्जियम खेलमा केहि आक्रामक देखिएको छ । खेलमा पकड कायम गरेपनि बेल्जियम फ्रान्स सँग १–० ले पछि छ।
५१'| फ्रान्सले कर्नरमा गोल गरेको छ । उसका लागि स्यामुअल उम्टीटीले आकर्षक हेडमामार्फत फ्रान्सलाई अग्रता दिलाएका छन् ।
gollllllllllllllllll
५०'| दोस्रो हाफमा पनि बेल्जियमले खेलमा पकड कायम गरेको छ । तर गोल गर्न भने सकिरहेको छैन्
४६'| दोस्रो हाफको खेल सुरु भएको छ।
४५'| पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। खेलमा बेल्जियमले केहि पकड बनाएपनि दुबै टिमले गोल गर्न सकेका छैनन ।
४०'| खेलमा दुबै पक्षले गाेल गर्न सकेका छैनन् । दुबैले गोलका मौकाहरु सिर्जना गरेपनि सफलहुन सकेका छैनन् ।
बेल्जियम पहिलो पटक विश्वकप जित्नका लागि संघर्षरत छ भने फ्रानस १९९८ पछि दोस्रो पटक उपाधि अभियानमा रहेको छ
२७'| खेलमा बेल्जियमले पकड बनाएको छ। ५८ प्रतिशत खेलमा बेल्जियमले पकड बनाएको छ।
२२'| बेल्जियमका एल्डर वारेल्डले गरेको सानदार प्रहार फ्रान्सका गोलरक्षकले क्लीयर गरेका छन् ।
२०'| हजार्डको सुन्दर प्रहारलाई डिबक्सबाट डिफेन्डरले आकर्षक हेड गर्दै फ्रान्सलाई बचाएका छन् ।
१३'| फ्रान्स डिफेन्सीभ देखिएको छ तर उसले काउन्टरमा गोलको प्रयास गरिरहेको छ
१०'| खेलमा बेल्जियमले ५२ तथा फ्रान्सले ४८ प्रतिशत खेल आफ्नो पक्षमा राखेका छन् । तर दुबै टिमले आकर्षक मौका सिर्जना गर्न सकेका छैनन् ।
६'| हजार्डको सुन्दर क्रश तर लुकाकुले भेट्नु अघिनै फ्रान्सका डिफेन्डरले क्लीयर गरेका छन्।
५'| सुरुको केहि मिनेट फ्रान्सले पकड बनाएपनि बेल्जियम खेलमा फर्किएको छ। बेल्जियम गोलको मौका बनाइरहेको छ।
१'| बहुप्रतिक्षीत सेमिफाइनलमा बेल्जियम र फ्रान्स विचको खेल सुरु भएको छ।
खेलाडीहरु मैदानमा आएका छन् । दुबै तर्फको राष्ट्रिय गान सुरु भएको छ ।
फ्रान्सलाई १९९८ मा विश्वकप दिलाउँदाका टिमका महत्वपुर्ण खेलाडी रहेका थिएरी हेनरी अहिले बेल्जियमका साहक प्रशिक्षक रहेका छन् । हेनरी बेल्जियमलाई जिताउनका लागि आज लागि पर्ने छन्
फ्रान्स र बेल्जियम एक अर्का विरुद्ध ७३ पटक प्रतिष्पर्धा गरेका छन् । जसमा बेल्जियमले ३० पटक जित निकाल्दा फ्रान्सले २४ पटक बेल्जियमलाई पराजित गरेको छ।
नमस्कार! नयाँ पत्रिकाको विश्वकप लाइभ अपडेटमा स्वागत छ । आज तपाँइहरुमाझ हामी जारी विश्वकपको पहिलो सेमिफाइनल खेलको लाइभ अपडेट लिएर उपस्थीत भएका छौं। पहिलो खेलमा आज बेल्जियम र फ्रान्स प्रतिष्पर्धा गर्दे छन् । खेलअवधिभर हामीसँगै रहनु होला