फ्रान्स vs क्रोएसिया

फ्रान्स vs क्रोएसिया (LIVE UPDATE)

रसिया विश्वकप फुटबल प्रतियोगितामा एक महिनासम्म नयाँ पत्रिका लाइभ अपडेटमा साथ दिनु भएका सम्पूर्ण लाइभ हेर्नु भएकाहरुलाई धन्यवाद छ । नयाँ पत्रिका लाइभ अपडेटबाट दीपक अधिकारी, श्रीलोचन राजोपाध्याय, दिपेश शाही, प्रकाश कँडेल तथा गजेन्द्र चालिसेसहित सम्पूर्ण टिमलाई विदा दिनुहोस ।
फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन रसियाको लुजिनिकी रंगशालामा फ्रान्सले आइतबार पहिलोपटक फाइनल खेलिरहेको क्रोएसियालाई ४–२ को फराकिलोअन्तरले पराजित गर्दै विश्वकप ट्रफी उचालेको हो । फ्रान्स सन् १९९८ मा पहिलोपटक विश्व च्याम्पियन बनेको थियो । सन् २००६ मा फ्रान्स उपविजेतामा सिमित भयो । फ्रान्सलाई ट्रफी दिलाउने क्रममा एन्टोनियो ग्रिजम्यान, केलियन एम्बाप्पे तथा पाउल पोग्बाले एक–एक गोल गरेका थिए । क्रोएसियाका लागि मारियो मान्डजुकि, पेरिसिकले एक–एक गोल गरे । क्रोएसियाका मान्डजुकिले नै एक आत्मघाती गोल गरे
रसिया विश्वकप फुटबल प्रतियोगिताको फ्रान्स र क्रोएसियाबीचको फाइनलमा अन्तिम ५ मिनेट इन्जुरी समय थप । फ्रान्स दोस्रोपटक विश्व च्याम्पियन बन्न पाँच मिनेटसम्म अग्रता रक्षा गर्नुपर्छCroatiaCroatia
८१' । फ्रान्सका ओलिभर जिरुड मैदानबाट बाहिरिएका छन् । उनको स्थानमा अर्का स्ट्राइकर नविल फेकर मैदान भित्र प्रवेश गरेका छन्
७७' । क्रोएसियाका इभान राकिटिकले २२ यार्डबाट प्रहार गरेको बल दोस्रो बार नजिक हुँदै बाहिरियो
999468220
सन् १९५८पछि फ्रान्सका केलियन एम्बाप्पे विश्वकप फाइनलमा गोल गर्ने दोस्रो खेलाडी बनेका छन् ।
विश्वकपमा यूवा खेलाडीका रुपमा फाइनलमा पहिलो गोल गर्ने ब्राजिलका पेले हुन्
999468476
सन् १९७० पछि विश्वकपको फाइनलमा चार गोल गर्ने फ्रान्स पहिलो टिम बन्यो
फ्रान्सका गोलरक्षक लोरिसले ब्याक पासमा आफ्नै डिबक्स भित्र बल खेलाएका थिए । तर मान्डजुकिले चालखीपूर्ण गर्दै लोरिसबाट बल खोस्दै खाली पोस्टमा गोल गर्न सफल भए
६९' । मारियो मोन्डजुकिले फ्रान्सका गोलरक्षक हुगो लोरिसको गल्तिमा क्रोएसियालाई ४–२ को गोलअन्तरमा राखे
गोल क्रोएसिया
६५' । एम्बाप्पेको सुन्दर प्रहार गोलमा परिणत भएको छ ।
फ्रान्सले अग्रतालाई जोगाउन सकेमा १९९८ पछि दोस्रो पटक च्याम्पियन बन्ने छ । पछिल्लो २० वर्षमा फ्रान्स तेस्रो पटक फाइनलमा पुगेको हो ।
५९'| पाउलो पोग्बाले गोल गर्दे फ्रान्सलाई विजयी नजिक पुर्याएका छन् । फ्रान्स खेलमा ३–१ को अग्रता बनाउन सफल भएको छ।
goal................................!
५७'| क्रोएसियाले खेलमा फ्रान्समाथी पुर्ण दबाब बनाएपनि गोल गर्न सकेको छैन् । खेलमा फ्रान्ससँग क्रोएसिया २–१ ले पछि रहेको छ।
५३' । फ्रान्सले खेलाडी परिवर्तन गरेको छ । कान्टेको स्थानमा जोन्जी मैदान प्रवेश गरेका छन् ।
 दोस्रो हाफको खेल सुरु ।
फ्रान्स र क्रोएसियाबीचको रोमाञ्चक तथा प्रतिस्पधात्मक फाइनल खेलको पहिलो हाफमा सकिएको छ । पहिलो हाफमा फ्रान्स २–१ ले अगाडि छ । मारियो मान्डजुकिको आत्मघाती गोलमा फ्रान्सले अग्रता लिएको थियो । त्यसपछि पेरिसिकले १–१ को बराबरी गोल फर्काए । फ्रान्सका ग्रिजम्यानले फ्रान्सलाई २–१ मा राखे
 
999449516
पहिलो हाफमा तीन मिनेटको इन्जुरी समय थप
४५' । फ्रान्सका पाउल पोग्बा उपचारका लागि मैदान बाहिर । यसअघि क्रोएसियाले दुई कर्नरमा राम्रो गोल अबसर चुकाएको थियो
सन् १९७४ पछि विश्वकप फाइनलमा मध्यान्तरअघि तीन गोल भयो । त्यसबेला पश्चिम जर्मनी र नेदरल्यान्डबीच फाइनलमा भएको थियो । पहिलो हाफमा जर्मनीले २ गोल र नेदरल्यान्डले १ गोल गरेका थिए
४०' । फ्रान्सका स्ट्राइकर लुकास हर्नान्डेजले पहेलो कार्ड पाए
ग्रिजम्यानले क्रोएसियका गोलरक्षक सुबासिकलाई विपरित दिशामा डाइभ गराउँदै फ्रान्सलाई मध्यान्तरअघि २–१ को अग्रता दिलाए । चालु विश्वकपमा एट्लेटिको म्याड्रिडका ग्रिजम्यानले कुनै पनि पेनाल्टी मिस गरेका छैनन्
999448634
३८ ' । ग्रिजम्यानले फ्रान्सलाई २–१ मा पु¥याए
क्रोएसियालाई बराबरीमा पु¥याएका पेरिसिकको ह्यान्ड स्पष्ट देखिएको छ । फ्रान्सका एन्टोनियो ग्रिजम्यान पेनाल्टी प्रहार गर्दै
३६' ।  पेनाल्टी
999448382
फ्रान्सको कर्नर प्रहारमा क्रोएसियन डिफेन्डरले हयान्ड गरेको हो वा होइन भनी अर्जेन्टिनी रेफ्री भिएआर सहयोग लिँदै । रेफ्री आफै भिडियो रिप्ले हेर्दै छन्
२८ ' । इभान पेरिसिकले बायाँ साइडको डिबक्स भित्र उत्कृष्ट ड्रिब्लिङ गरी बायाँ खुट्टाले दोस्रो बारमा गोल गर्दै क्रोएसियालाई फाइनलमा १–१ को बराबरीमा पु¥याएका छन्
999442890
गाेल
गोल क्रोएसियाले १ गोल फर्काएको छ
२३' । इभान राकिटिकले डिबक्स भित्र एउटा राम्रो अवसर मिस गरेका छन् । डिबक्स भित्र उनको ओपन वान टर्च प्रहार क्रसबार भन्दा निकै माथि गयो
२२ ' ।फ्रान्सको राम्रो काउन्टर एट्याक्टलाई क्रोएसियन डिफेन्डरले डिबक्स लाइनबाटै ब्लक गरेका छन्
999441692
१८' ।क्रोएसियालाई पहिलोपटक फाइनल पु¥याउन उत्कृष्ट योगदान दिएका मारियो मान्डजुकिले ग्रिजम्यानको फ्रिकिक बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा आत्मघाती गोल गर्दा फ्रान्स १–० ले अघि बढेको हो
999441236
एन्टोनियो ग्रिजम्यानले पोस्ट भन्दा २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक गोलमा परिणत
गोल
999440010
११' । रेबिकले फेरि पनि निकै राम्रो अवसरलार्इ चुकाएका छन् । तर क्रोएसियाले आफ्नो फर्मलार्इ छोडेको छैन ।
१०' । क्रोएसियाले निकालेको निकै राम्रो अवसर फ्रान्सले क्लियर गरेको छ ।
८' । रेबिकको खुट्टामा अल्झिए र फ्रान्सका खेलाडी लढेपछि वार्निङ पाएका छन् ।
७' । क्रोएसियाले पहिलो कर्नरको अवसर पाएको छ ।
४' । क्रोएसिया खेलको सुरुवातमै दबाब कायम गरेको छ ।
२' । फ्रान्सका लागि एम्बाप्पे र क्रोएसियाका लागि मोड्रिच यो म्याचका लागि महत्वपुर्ण मानिएका खेलाडी हुन् ।
लुजनिकी स्टेडियममा फ्रान्स र क्रोएसिया
लुजनिकी रंगशालामा सुरु भएको फाइनल खेलमा दुबै टिम २१ औं संस्करणको विश्वकपको उपाधि उचाल्ने लक्ष्यमा छन् ।
टिम फ्रान्स
टिम क्रोएसिया
फिफा विश्वकप २०१८ को फाइनल खेल लुजुनिकी खेल मैदानमा सुरु भएको छ । यो पटकको विश्वकपको फाइनलमा क्रोएसिया पहिलो पटक सहभागी हुँदैछ भने फ्रान्सले यसअघि नै एकपटक विश्वकपको उपाधि जिति सकेको छ ।