फ्रान्स vs अर्जेन्टिना [LIVE UPDATE]

फ्रान्स vs अर्जेन्टिना (LIVE UPDATE)

अर्जेन्टिना र फ्रान्स विचको खेलको लाइभ अपडेटमा साथ दिनु भएकोमा धन्यवाद । हामी केहिसमयपछि हुने पोर्चुगल र उरुग्वेविचको दोस्रो नकआउट खेलको लाइभअपडेट लिएर उपस्थीत हुने छौं हामीसँगै रहनुहोला.....
फुल टाइम फ्रान्सले ४–३ गोल अन्तरले अर्जेन्टिनालाई पराजित गर्दे क्वाटरफाइनलमा स्थान सुरक्षीत गरेको छ ।
९०+ सर्जिओ अगुएरोले अक्तिरिक्त समयमा गोल गर्दे अर्जेन्टिनालाई ३–४ को अवस्थामा ल्याएका छन्।
९०+ चार मिनेट समय थप गरिएको छ
८७'| खेल सकिन अब ३ मिनेटमात्र बाँकी रहँदा फ्रान्स खेलमा ४–२ ले अघि रहेको छ।
८३'| फ्रान्सका खेलमा एक गोल गरेका ग्रिजम्यानको स्थानमा फेकिर मैदान प्रवेश गरेका छ्न।
७४'| खेलमा फ्रान्स विरुद्ध अर्जेन्टिना गोलको प्रयासमा छ । दोस्रो हाफको सुरुवातमानै गोल गर्दे अग्रता बनाएपनि फ्रान्सले अर्जेन्टिना विरुद्ध लगातार तीन गोल गरेपछि खेलमा ४–२ को अग्रता बनाउन फ्रान्स सफल भयो।
६८'| कमजोर डिफेन्सको फाइदा उठाउँदै एम्बाप्पेले ब्यक्तिगत दोस्रो तथा टिमका लागि चौंथो गोल गरेका छन्। खेल ४–२ को अवस्थामा पुगेको छ।
६६'| अर्जेन्टिनाका अगुएरो पेरेजका स्थानमा मैदानमा प्रवेश गरेका छन्।
६४'| खेलमा फ्रान्सले अग्रता कायम गरेको छ । एम्बाप्पेले आकर्षक गोल गर्दे फ्रान्सलाई ३–२ को अवस्थामा पुर्याए।
५७'| फ्रान्सका पार्भडले गरेको उत्कृष्ट प्रहार गोल भएपछि खेल २–२ को बराबरीमा पुगेको छ। खेल रोमाञ्चक बनेको छ।
४८'| मेसीको पासमा गाव्रियल मार्काडोले अर्जेन्टिनालाई अग्रता दिलाएका छन् । खेल २–१ को अवस्थामा पुगेको छ ।
४६'| दोस्रो हाफको खेल सुरु भएको छ । पहिलो हाफमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका छन्।
पहिलो हाफको खेल १–१ गोलको बराबरीमा सकिएको छ। सुरुवातमानै ग्रिजम्यानको पेनल्टीमार्फत अग्रता लिएको फ्रान्स विरुद्ध ४१ औं मिनेटमा डि मारियाले अर्जेन्टिनालाई बराबरीमा ल्याए।
४१'| डिमारियाले ३० यार्डबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको छ। खेल १–१ को बराबरीमा पुगेको छ
golllllllllllll
३८'| खेलमा अर्जेन्टिनाले दबाब बढाएपनि फ्रान्सले काउन्टरयाट्याकमा गोलको प्रयास गरिरहेको छ।
३४'| खेलमा दुबै टिमले गोलको मुभ बनाउने प्रयासमा रहेका छन्। खेलमा अर्जेन्टिना १–०ले पछि रहेको छ।
२६'| खेलमा अर्जेन्टिना १–०ले पछि रहेको छ । ७९ प्रतिशत खेल अर्जेन्टिनाले आफ्नो पक्षमा राखेको छ।
२२'| पोग्बाले डिबक्सबाहिर पाएको पेनल्टीलाई पोस्टभन्दा माथीबाट उडाएका छन्।
२०'| फ्रान्सले निकै राम्रो ठाउँमा फ्रिकीक पाएको छ।
पेनल्टीमा एन्टोनी ग्रिजम्यानले फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका छन्।
golllllllllllllllllllllll
१२'| मार्कोस रोजोले पंहेलो कार्ड पाएका छन् । काउन्टर याट्याकमा एम्बाप्पेलाइ लडाएपछि पेनल्टी भएको छ।
९'| एन्टोनी ग्रिजम्यानले गरेको उत्कृष्ट फ्रिकीक प्रहार बारमा लागेर बाहिरियो
८'| अर्जेन्टिनाले खेलमा ६३ प्रतिशत खेल आफ्नो पक्षमा पारेको छ ।
प्रतियोगिताको विजेताले क्वाटरफाइनलमा स्थान सुरक्षीत गर्ने छ। फ्रान्स विरुद्ध अर्जेन्टिनाले पछिल्लो पटक २००९ मा मैत्रिपुर्ण खेलमा प्रतिष्पर्धा गरेको थियो। उत खेलमा अर्जेन्टिना २–०ले विजयी भएको थियो।
नकआउट चरणभएकाले यो प्रतियोगितामा कुनैपनि टिमको एकमात्र गल्ती प्रतियोगिताबाट बाहिरिन पर्याप्त हुने छ।
१'| खेल सुरु भएको छ
दुबै टिमको राष्ट्रिय गान सुरु भएको छ । बहुप्रतिक्षीत खेलहेर्न रंगशालामा दर्शक भरिभराउ रहेका छन्।
अर्जेन्टिना र फ्रान्स ४० वर्षपछि विश्वकप फुटबलमा एक अर्का विरुद्ध प्रतिष्पर्धा गर्दे छन् । पछिल्लो पटक यि दुई विच १९७८ को विश्वकपमा प्रतिष्पर्धा भएको थियो।
अर्जेन्टिनी स्टार लियोनेल मेसीले विश्वकप फुटबलको नकआउट चरणमा अहिलेसम्म गोल गर्न सकेका छैन्न । त्यसैले उनका लागि यो खेल गोल गर्नका लागि चुनौतीको खेलका रुपमा समेत रहेको छ।
नमस्कार विश्वकप फुटबल अन्तर्गत आज हुन लागेको अर्जेन्टिना र फ्रान्स विचको पहिलो नकआउट खेलको लाइभ अपडेटमा तपाँइहरुलाई स्वागत छ। तपाँहरुमाझ अब हामी अर्जेन्टिना र फ्रान्सबिचको खेलको निरन्तर अपेडेट गर्ने छौं ।