पेरु VS डेनमार्क [LIVE]

पेरु vs डेनमार्क (LIVE UPDATE)

पेरु vs डेनमार्क [LIVE UPDATE]
‍९०+५' । डेनमार्क  १-० ले विजयी ।
‍९०+३' । डेनमार्कको तर्फबाट गोल गरेका युरारीले यलो कार्ड खाएका छन् ।
९०' । पाँच मिनेट अतिरिक्त समय थप भएको छ ।
८६' । डेनमार्कका डिलानेले यलो कार्ड पाएका छन् ।
८५' ।‍‍‍‍ खेलमा दुवैतर्फका खेलाडीहरु लापरवाह खेल प्रदर्शन गरिरहेका छन् । धक्कामुक्का धेरै भइरहेको छ । पेरुले गोल गर्नै पर्ने दबाब महसुस गरिरहेको छ भने डेनमार्क नतिजालार्इ रोक्न कोसिस गरिरहेको छ ।
७२' ।‍‍‍‍ डेनमार्कले कर्नर पाएको थियो । जुन गोलमा परिणत हुन सकेन ।
५९ मिनेट युरारीले गरे गोल ।
६८' ।‍‍‍‍ पेरुले फेरी पनि फ्रि किकको मौकालार्इ सदुपयोग गर्न सकेको छैन ।
६४' ।‍‍‍‍ पेरुले गरेको प्रहारलार्इ डेनमार्कले रोकेको छ । यद्दपी प्रयास भने जारी रहेको देखिन्छ ।
६३' ।‍‍‍‍ डेनमार्कको अर्को आक्रमणलार्इ पेरुले रोक्न सफल भएको छ ।
५९' ।‍‍‍‍ युररीले डेनमार्कको लागि सानदार गोल गरेका छन् । अब पेरुलार्इ निकै ठुलो दबाब कायम भएको छ ।
५७' ।‍‍‍‍ डेनमार्कले पेरुलार्इ निकै आक्रामक रुपमा दबाब कायम गरेको छ ।
५५' ।‍‍‍‍ पेरुले ल‌ामो पास खेलि रहेको छ । गोलका लागि उसले गरेको प्रयासलार्इ डेनमार्कले रोकिदिएको छ ।
५२' ।‍‍‍‍ डेनमार्कले पाएको फ्रि किकको अवसरलार्इ सदुपयोग गर्न सकेन ।
५०' । एकर्काविरुदध आक्रामक रुपमा प्रस्तुत भइरहेका दुवै टिम अहिेलेसम्म गोल गर्न भने सकिरहेका छैनन्  ।
४६' । खेलको दोस्रो हाफ सुरु भएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा 
४५+२' । डेनमार्कले पाएको कर्नर पनि सदुपयोग हुन सकेन ।
४५+१' । पेरुले पेनाल्टी मिस गरेको छ ।
४५' । पेरुले पेनाल्टी पाएको छ ।
३५' । डेनमार्कका भिस्ट मैदानबाट बाहिरिएका छन भने उनको ठाउँमा स्चोन खेलमा छिरेका छन् ।
३२' । डेनमार्कका खेलाडी भिस्ट घाइते भएका छन् ।
२८' । पेरुले गरेको प्रहार रोकिएपछि कर्नर पाएको छ । तर सदुपयोग गर्न सकेन ।
२४' । डेनमार्कले कर्नर मिस गरेको छ ।
१९' । डेनमार्क अाक्रमणमा । तर, सफल हुन सकेन ।
१८' । डेनमार्कले पहिलाे कर्नर पाएकाे छ । 
१६' । पेरूकाे लगातार अाक्रमण । तर, गाेलमा परिणत हुन सकेन ।
१५' । डेनमार्कका खेलाडीमाथि पेरूका खेलाडीकाे फाउल ।
१४' । पेरूले कर्नर किक पाएकाे छ । तर सदुपयाेग हुन सकेन ।
१२' । उत्कृष्ट बचाउ ! पेरूका खेलाडीकाे सशक्त प्रहार डेनमार्कका गाेलकिपरले विफल पारे ।
११' । पेरूका इलिसन फ्लाेरेशकाे प्रहार अाकासियाे ।
७' । पेरूकाे पहिलाे प्रहार, सिधै गाेलकिपरकाे नियन्त्रणमा ।
माेर्डाेभिया एरेनामा दुवै देशका समर्थक खचाखच भरिएका छन् । अाफ्ना खेलाडीलार्इ हाैस्याइरहेका छन् ।
पेरू ३६ वर्षपछि विश्वकप खेल्दैछ ।
२' । समूह 'सी'मा रहेका पेरू र डेनमार्क पहिलाे खेल खेल्दैछन् ।
पेरु र डेनमार्कबीचकाे खेल सुरू