क्रोएसिया VS नाइजेरिया [LIVE UPDATE]

क्रोएसिया vs नाइजेरिया (LIVE UPDATE)

क्रोएसिया VS नाइजेरिया [LIVE UPDATE]
अंक तालिकामा क्राेएसिया पहिलाे नम्बरमा छ ।
लामाे ह्विसिल बजेकाे छ ।
क्राेएसियाले पहिलाे खेलबाट ३ अंक बटुलेकाे छ । नाइजेरिया २ – ० गाेलले पराजित भएकाे छ ।
९०+३' । नाइजेरियन खेलाडी हतारमा छन् । तर तालमेलकाे अभाव देखिन्छ ।
९०' । निर्धारित समयमा ४ मिनेट थप भएकाे छ ।
७८' । २–० काे अवस्था उल्टाउँदै खेलमा फर्कने प्रयासमा रहेकाे नाइजेरियाकाे फिनिसिङमा समस्या देखिएकाे छ ।
७१' । गाेल............!!!!!!!!!! क्राेएसियाले अग्रता दाेब्बर बनाएकाे छ ।
७१' । लुका माेड्रिक स्पट किकका लागि तयार भएका छन् ।
७०' ।पेनाल्टी !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!! क्राेएसियाले पेनाल्टी पाएकाे छ ।
६५' । अर्जेन्टिनालार्इ अाइसल्यान्डले बराबरीमा राेकेर अंक हासिल गरेकाले पनि नाइजेरिया अंककाे खाेजीमा छ ।
६२' । नाइजेरिया याे खेलमा जसरी पनि फर्कन चाहन्छ ।
५१' । खेलमा क्राेएसियाकाे दबाब कायमै छ । तर, फिनिसिङ राम्राे हुन सकिरहेकाे छैन ।
४६' । नाइजेरिया खेलमा फर्कने याेजनासहित अाएकाे छ भने क्राेएसिया गाेलकाे अन्तर बढाएर जितकाे याेजनासहित ।
मध्यान्तरपछिकाे खेल सुरू हुँदैछ । खेलाडीहरू मैदान प्रवेश गर्दैछ ।
४५ +२' । थपिएकाे समय सकिएकाे छ । मध्यान्तरसम्म क्राेएसिया १ नाइजेरिया ० गाेल ।
४५' । २ मिनेट समय थपिएकाे छ ।
४५' । कठा प्रहार ! तर गाेलमा परिणत हुन सकेन । एलेक्स इअाेबीकाे प्रहार बीचैमा डिफेन्डरले राेकिदिए ।
४५' । नाइजेरियाले फ्रि किक पाएकाे छ । गाेलका लागि अवसर हुन सक्छ ।
४३' । नाइजेरिया पनि राम्राे मुभकाे प्रयासमा छ । तर, मिडमा क्राेएसिया बलियाे देखिएकाे छ ।
४२' । खेल पहिलाे हाफकाे अन्त्यतिर पुगेकाे छ । क्राेएसियाले लगातार अाक्रमणमा छ ।
३९' । एन्ड्रे क्राेमाेरिचकाे हेडर क्रसबारभन्दा थाेरै माथिबाट बाहिरियाे ।
३९' । अाे हाे हाे ! क्राेएसियाले गाेलकाे अर्काे अवसर चुकायाे ।
३६' । खेलमा क्राेएसियाले अग्रता कायम गरेकाे छ । १ - ०
३१' । कर्नर किकलार्इ क्लियर गर्ने क्रममा नाइजेरियाले अात्मघाती गाेल गरेकाे छ ।
३१' । अात्मघाती गाेल !!!! नाइजेरियाका अाेघेनेकाराे इटेबाेले अाफ्नै पाेष्टमा गाेल गरेका छन् । 
३१' । गाे...........................ल.................
३०' । क्राेएसिया अाक्रमण बुन्दै । कर्नर पाएकाे छ ।
२९' । मैदानमा दुवै देशका समर्थक अाफ्ना खेलाडीलार्इ हाैसला प्रदान गरिरहेका छन् । 
२५'  । क्राेएसिया पनि खेलमा पकड बढाउन प्रयास गरिरहेकेा छ । लुका म्राेड्रिच र इभान रेकिटिच काैशल देखाइरहेका छन् ।
१३' । नाइजेरिया निकै अाक्रामक देखिएकाे छ । 
१२' । क्राेएसिया र नाइजेरियाबीचकाे खेल घमासान चलिरहेकाे छ ।