क्रोएसिया vs डेनमार्क

क्रोएसिया vs डेनमार्क (LIVE UPDATE)

पेनल्टी सुटआउट क्रोएसिया ३– २ डेनमार्क
हवस्त डेनमार्क र क्रोएसिया विचको  लाइभ अपडेटमा म प्रकाश कँडेल र गजेन्द्र चालिसेलाई साथ दिनु भएकोमा धन्यवाद । हामी तपाँहरुलाई आगामी खेलको निरन्तर लाइभ अपडेटमा रहने छौं हामीसँगै रहनु होला...
पेनल्टी सुटआउटमा गोलरक्षकहरुले भरपुर गोल रोकेपनि अन्तमा क्रोएसियाका इभान राकिटिकले गोल गरेपछि क्रोएसियाले ३–२ को जित निकालेको छ ।
टाइब्रेकर सुरु भएको छ।
फुल टाइम निर्धारित समय सकिएको छ। लुका मोड्रिकले अतिरित समयमा पाएको पेनल्टी मिस गरेपछि खेल रोमाञ्चक अबस्थामा पुगेको छ अब खेलेको निर्णय टाइब्रेकरबाट हुने छ।
अतिरित समयमा १ मिनेट थप गरिएको छ।
लुका मोड्रिकले गरेको पेनल्टी प्रहारलाई गोलरक्षकले बचाएका छन् ।
११५'| क्रोएसियाले पेनल्टी पाएको छ।
१११'| खेलमा गोलको कुनै गुन्जायस छैन् । दुबै टिमले अत्यन्तै स्लो फुटबल खेलिरहेका छन् । विश्वकपको नकआउट चरणको खेलको प्रदर्शन दुबै तर्फबाट नहुँदा खेलमा रोमाञ्चक्ता छैन्
१०६'| अतिरित समयको दोस्रो हाफको खेल सुरु भएको छ।
अतिरित समयको पहिलो हाफ सकिएको छ। दुबैतर्फखेल १–१ गोलको बराबरीमा रहेको छ।
१०३'| क्रोएसियाले खेललाई पुन नियन्त्रणको प्रयास गरिरहेको छ । तर खेलमा गोल हुन नसक्दा यो खेलको निर्णयपनि विस्तारै पेनल्टी सुटआउटतर्फ अघि बढीरहेको छ।
९५'| डेनमार्कले क्रोएसियामाथी दबाब बढाएको छ।
अतिरित समयको खेल सुरु भएको छ।
निर्धारित समय खेल बराबरीमा सकिएको छ । अब खेलमा ३० मिनेट अतिरिक्त समयम थप गरिने छ।
९०'| अक्तिरिक्त समय ३ मिनेट थप गरिएको छ।
८५'| निर्धारित समय सकिन केहि मिनेटमात्र बाँकी रहँदा समेत दुबैपक्षले खेलमा कुनै राम्रो मौका सिर्जना गरेका छैनन् । खेलमा क्रोएसियाले ४ वटा सटमात्र टार्गेटमा पार्दा डेनमार्कले ३ सट टार्गेटमा प्रहार गरेको छ । जसमा दुबै टिमले १–१ गोल गरेका छन्।
८०'| खेलमा क्रोएसियाले पकट बनाएपनि गोलको आकर्षक मौका सिर्जना गर्न सकिरहेको छैन् तर गोलको प्रयास भने निरन्तर गरिरहेको छ।
७४'| डेनमार्कले गोलको राम्रो मौका पाएपनि उसका खेलाडीले कुनै चमत्कार गर्न सकेनन् ।
७०'| डेनमार्क र क्रोएसिया दुबैले खेल निकैनै स्लो खेलिरहेका छन् । दुबै टिमले दोस्रो हाफमा एउटापनि खतरनाक मुभ बनाउन सकेका छैनन् ।
६०'| क्रोएसिया खेलमा खतरनाक देखिन सकेको छैन् । अपेक्षीत रुपमा खेलमा नियन्त्रण राखेपनि क्रोएसियाले डेनमार्कको पोस्टमा प्रहार गर्न सकिरहेको छैन्।
डेनमार्कले विश्वकपमा अहिलेसम्म ५ पटक स्थान बनाएको छ। जसमा उसका लागि सर्वाधिक राम्रो सफल्ता भने १९९८ मा क्वाटरफाइनल सम्म पुग्नु हो । २०१० पछि डेनमार्क यो विश्वकपमा छनोट भएको हो ।
५०'| खेलमा दुबै टिमले कुनै खतरनाक मौका सिर्जना गर्न सकेका छैन् । दोस्रो हाफ निकै स्लो भएको छ।
१९९१ मा युगोस्लाभियाबाट क्रोएसिया स्वतन्त्र भएयता पाँच पटक विश्वकपमा सहभागिता जनाएको छ । जसमा १९९८ मा विश्वकपको सेमिफाइनल सम्म स्थान बनयो । जहाँ क्रोएसिया तेस्रो भएको थियो । उसको इतिहासको सर्वाधिक राम्रो सफल्ता त्योनै रहेको छ ।
४६'| दोस्रो हाफको खेल सुरु भएको छ ।
४५'| पहिलो हाफको खेल सकिएको छ। दुबै टिमले खेलमा १–१ गोलको बराबरी खेलेका छन्। खेल सुरु भएको दोस्रो मिनेटमानै डेनमार्कले खेलमा अग्रता बनाएपनि दुई मिनेट नवित्दै क्रोएसियाले खेललाई बराबरीमा ल्याएको थियो।
४४'| राकीटिकको आकर्षक प्रहारलाई गोलरक्षकले विफल पारेका छन् । पहिलो हाफमानै अग्रताको राम्रो मौका क्रोएसियाले चुकाएको छ।
४०'| खेलमा डेनमार्क मुभ बनाउन प्रयासरत रहेको छ। डेनमार्कले क्रोएसियालाई अप्ठ्यारो पारीरहेको छ।
३५'| खेलमा क्रोएसिया डेनमार्कमाथी हावि देखिएको छ। खेलको सुरुवात केहि नाटकीय देखिएपनि पछिल्लो समय भने दुबै टिम संयमित देखिएका छन्।
३०'| तीनपटक डिबक्समा गोलको अवसर पाएपनि क्रोएसिया गोल गर्न असफल भयो
२७'| डेनमार्कका ब्रेथवेटले उत्कृष्ट प्रयास गरेपनि उनको प्रहारलाई गोलरक्षकले क्लीयर गरेका छन्।
सुरुवातको जस्तो आक्रामक पेसमा खेल नभएपनि मुभ बनाउने प्रयासमा दुबै टिम रहेका छन्।
यि दुई टिमबिच कुल पाँच पटक भिडन्त भएको छ । जसमा दुबै टिमले २–२ जित निकाल्दा एक खेल बराबरी भएको छ ।
१५'| खेलमा क्रोएसियाले पकट बनाएको छ । क्रोएसियाले बलमा ६० प्रतिशत पकड कायम गरेको छ।
यि दुई देश विश्वकपमा यसअघि दुई पटक भिडेपनि २१ वर्षपछिको यो पहिलो भेट हो ।
१२'| क्रोएसियाले राम्रो ठाउँमा फ्रिकीकको मौका पाएपनि इभान पेरिसिकले बाहिर फालेका छन्
१०'| खेल साँचिकै अविश्वसनिय जस्तो देखिएको छ । ४ मिनेट भित्र २ गोल भएको खेलमा दुबे पक्ष गोलका निरन्तर प्रयासमा रहेका छन् ।
४'| क्रोएसियाका खेलमा बराबरी गोल फर्काएको छ । उसका लागि मान्जुकीले बराबरी गोल गर्न सफल भए। खेल १–१ गोलको अवस्थामा पुगेको छ ।
२'| अप्रत्यासित रुपमा खेल सुरु भएको दोस्रो मिनेटमानै डेनमार्कले खेलमा अग्रता लिएको छ। डेनमार्कका एम जोर्गेनसनले कर्नरमा गोल गर्दे १–० को अग्रता बनाएका छन्
१'| खेल सुरु भएको छ
क्रोएसियालाई बलियो टिमका रुपमा हेरिएको छ । क्रोएसियाले समुहचरणमा सबै तीन खेलमा जित निकाल्न सफल भएको थियो ।
खेल सुरु हुने क्रममा रहेको छ । राष्ट्रिय गान सुरु भएको छ।
नमस्कार नयाँ पत्रिकाको विश्वकप लाइभ अपडेटमा स्वागत छ । तपाँइहरुमाझ अब हामी क्रोएसिया र डेनमार्क बिचको खेलको लाइभ अपडेट गर्दै छौं हामीसँगै रहनु होला