क्रोएसिया vs इंग्ल्यान्ड

क्रोएसिया vs इंग्ल्याण्ड (LIVE UPDATE)

समाप्त ।
१२०+४' । क्रोएसिया फाइनल प्रवेश गरेको छ ।
१२०' । अतिरिक्त समयमा पनि ४ मिनेट थप भएको छ ।  खेलाडीबीच तनावको स्थिति सृजना भएको छ ।
११७' । क्रोएसियाले पुन: खेलाडी परिवर्तन गरेको छ । मोडरिकको स्थानमा बाडेल्ज मैदान प्रवेश गरेका छन् ।
११७' । तर हुन सकेन गोल ।
११६' । फ्रि किकको अवसर इंग्ल्यान्डलार्इ ।
११४' । क्रोएसियाका मान्डुजकिक बाहिरिएका छन् उनको स्थानमा कोर्लुका मैदान  प्रवेश गरेका छन् ।
१०९' । मान्डुजिकिकको उत्कृष्ट प्रहारले क्रोएसियाले गोल गर्न सफल भएको छ ।
GOAL..............!
१०७' । क्रोएसियाले पाएको कर्नरको अवसर चुकेको छ ।
१०५' ।अतिरिक्त समयको पहिलो हाफ समय सकिएको छ ।
१०५ ' । क्रोएसियाका खेलाडी मान्डजुकिक घाइते भएका छन् । जसका कारण फ्रि किकको अवसर पाएको छ ।
१०० ' । ९८' । कर्नरको अवसर पाएको छ इंग्ल्यान्डले गोल गर्न सकेको छैन ।
९७' । इंग्ल्यान्डका हेन्डर्सन बाहिरिएका छन् उनको ठाउँमा डाइर मैदान प्रवेश गरेका छन् ।
९६' । खेलमा इंग्ल्यान्डले फ्रि किकको अवसर पाएको थियो । तर बल बाहिरिएको छ ।
खेल खतिरिक्त समयमा गएको छ ।
९०+३' । खेलको पुरा समय १-१ गोलको बराबरीमा ।
९०' । खेलमा ३ मिनेट समय थप भएको छ ।
९०' । इंग्ल्यान्डले फ्रि किक पाएको छ । ट्रिपरले किक हान्ने अवसरपाएका छन् । तर गोलमा परिणत हुन सकेन ।
८९' । क्रोएसियाको प्रहार आकासिएको छ ।
' ।
८२' । मान्डुजिकिकको राम्रो प्रहार गोलमा परिणत हुन सकेन ।
७४' । इंग्ल्यान्डका स्टेर्लिङ बाहिरिएका छन् उनको स्थानमा र्‍यासफोर्ड मैदान प्रवेश ।
७२' । क्रोएसियाले कर्नरको अवसर पाएको छ । तर ब्रोजोभिकले गरेको प्रहार आउट भएको छ ।
७१' । क्रोएसियाले निकै राम्रो अवसर गुमाएको छ । तर प्रहार भने निकै उत्कृष्ट थियो ।
६८' । क्रोएसियाका लागि  पेरिसिकले गरेको प्रहार गोलमा परिणत भएको छ । यो विश्वकपको ६ खेलमा भएको दोस्रो गोल हो ।
Goall..............................................................!
५८' । क्रोएसियाले निकै उत्कृष्ट पास र आक्रामक खेल खेलेपनि चार्ज गर्न नसकेपछि अग्रतालार्इ रोक्न सकिरहेको छैन ।
५५' । इंग्ल्यान्डले पाएको कर्नरपछिको पास क्रोएसियाले क्लियर गरेको छ ।
५५' । कर्नरको कुनै सदुपयोग हुन सकेन ।
५४' । इंग्ल्यान्डका खेलाडी वाकरले पहेँलो कार्ड पाएका छन् र क्रोएसियाले कर्नरको अवसर पाएको छ ।
५२' । दोस्रो हाफमा क्रोएसियाले नै दबाब बनाउन सफल । तर कुनै पनि गोलको नतिजा भने हुनसकेको छैन ।
४७' । क्रोएसियाका मान्डुजिकिकले पहेँलो कार्ड पाएका छन् । यो खेलकै यो पहिलो कार्ड हो ।
४५' । खेलको दोस्रो हाफ सुरु भएको छ ।

क्रोएसिया (0 - 1) इंग्ल्यान्ड

खेलको पहिलो हाफसम्मको स्थिति:
४५+१' । तर गोल हुन सकेन । खेलको पहिलो हाफमा इंग्ल्यान्ड १ - ० अग्रतामा छ ।
४५' । खेलमा क्रोएसियाले फ्रि किकको अवसर पाएको छ । मोडरिक प्रहारका लागि तयार भएका छन् ।
३७' । इंग्ल्यान्डमाथि क्रोएसियाको दबाब बलियो छ । तर उसको १ गोलको अग्रताले क्रोएसिया पछि नै छ ।
३५' । क्रोएसियाको डिफेन्सभित्र छिरेर इंग्ल्यान्डका लागि ली‌गार्डले गरेको प्रहार गोल हुन सकेन ।
३३' । क्रोएसिया लगातार आक्रमणमा उत्रिएको छ ।
३१' । क्रोएसियाको निकै राम्रो प्रहार चुकेको छ । रेबीकमाथि किपरको फिजिकल हुन गएपछि गोल हुन सकेन ।
२९' । ह्यारी केनले पोस्टको छेउबाटै गरेको प्रहार पनि गोल हुन सकेन । क्रोएसियाका किपर सुबासिकले निकै राम्रो प्रहार गरेका छन् ।
२६' । इंग्ल्यान्डले फ्रि किकको अवसर पाएको छ । तर क्रोएसियाको हेडआउट भएपछि पुन 'थ्रो'को अवसर पनि थियो तर सदुपयोग गर्न सकेन ।
२४' । दुवै टिमको लगातार आक्रमण जारी भएपनि इंग्ल्यान्डको सुरुवाति अग्रता बाहेक खासै प्रगति हुन सकेको छै न।
२३' । क्रोएसियाले इंग्ल्यान्डमाथि करिब दबाबको स्थिति बनाएको छ । तर किपरले रोक्न सफल भएका छन् ।
२१' । इंग्ल्यान्डले डिबक्स नजिकैबाट गरेको प्रहार आउट । बल पास नै अफसार्इड ।
१८' । पेरिसिकोले क्रोएसियाका लागि गरेको निकै राम्रो प्रहार पोल नजिकैबाट आएट भएको छ ।
१७' । क्रोएसियाको लंग पास आउट । तर आक्रमण भने जारी रहेको छ । बल आउट भएपछि इंगल्यान्डले 'थ्रो' गर्ने अवसर पाएको छ ।
टिम क्रोएसिया
टिम इंग्ल्यान्ड
१३' । खेलमा दुवै टिम बराबर आक्रमणमा उत्रिएका छन् । इंग्ल्यान्डले सुरुवाति अग्रता बनाउन सकेकाले उ डिफेन्सिब हुँदा पनि फरक नपर्ने स्थिति छ भने क्रोएसियाले गोल गर्ने पर्ने दबाब छ ।
११' । इंग्ल्यान्डले कर्नरको अवसर निकालेको छ तर कुनै गतिलो नतिजामा यसलार्इ बदल्न भने असफल भएको छ ।
९' । इंग्ल्यान्डले निकालेको पासलार्इ क्रोएसियाले क्लियर गरेको छ ।  तर इंग्ल्यान्डको आक्रमण भने जारी नै छ ।
७' ।इंग्ल्यान्डले खेलमा ६० प्रतिशत पोजेसन बनाएको छ र १-० को अग्रता बनाएको छ । फाइनलमा पुगिने महत्वपूर्ण यो खेलमा क्रोएसियाको आफ्नो प्रयास जारी रहेको छ ।
५' । यो ट्रीप्पाइरको पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
५' । इंग्ल्यान्डले खेलको सुरुवातमा नै फ्रि किकमार्फत पहिलो गोल गर्न सफल भएको छ ।
GOAL...........................!
आजको सेमिफाइनल  विजेता टोलीले विश्वकपको उपाधिलागि फ्रान्ससंग प्रतिस्पर्धा गर्नेछ भने पराजित टिमले अन्तिम तेस्रोकालागि बेल्जियमसँग भिड्ने छ ।
दुर्इ टिमबीच भएको यसअघिका ८ पटकका भेटमा इङ्ल्याण्ड चारपटक विजयी भएको छ । क्रोएसियाले २ खेल जितेको छ भने, दुई खेल गोल रहित बराबरी भएका छन् ।
क्रोएसिया आयोजक रुसलाई टाईब्रेकरमा हराउदै अन्तिम ४ पुग्न सफल भएको हो ।
इङ्ल्यान्डले स्विडेनलाई २–० ले पराजित गर्दै  विश्वकपको सेमिफाईनलमा पुगेको हो
लुजुनिकी स्टेडियममा खेल सुरु भएको छ । 
खेलाडीहरु मैदान प्रवेश गरेका छन् । दुवै देशको राष्ट्रिय गान सुरु भएको छ ।
क्रोएसिया र इंग्ल्यान्डबीचको खेल सुरु हुन लागेको छ ।