कोष्टारिका VS सर्बिया [LIVE UPDATE]

कोष्टारिका vs सर्बिया (LIVE UPDATE)

कोष्टारिका VS सर्बिया [LIVE UPDATE]
समाप्त......!
 जर्मनी र मेक्सीको बीचको खेलका साथमा ८:४५ मा उपस्थित हुनेछौँ ।
९०+५+३' । सर्बिया १-० गोल अन्तरले विजयी ।
९०+५+१' । मैदानमा केही समय तनाव उत्पन्न भएको छ ।
९०+१ ' । कोष्टारिकाको अर्को प्रहार अाकासिएको छ ।
९०+१ ' । अतिरिक्त समयमा कोष्टारिकाले गरेको निकै सुन्दर प्रहारलार्इ सर्बियाका किपरले बचाएका छन् ।
९०' । पाँच (५) मिनेट समय थप भएको छ ।
८८' । खेलको अन्तिम समयमा सर्बियाले मिट्रोभिकलार्इ बेन्चमा पठाएरको छ ।
८६' । सर्बियाले कोष्टारिकाको डिबक्समा भित्रै बनाएको अवसर विफल भएको छ ।
७६' । लगत्तै सर्बियाले गरेको प्रहारलार्इ कोष्टारिकाका किपरले निकै राम्रो बचाउ गरेका छन् ।
७५' । सर्बियाका लागि सर्गेजले हानेको सुट अाकाशिएको छ ।
७२' । कोष्टारिकाले लगातार निकालिरहेको अवसरलार्इ सर्बियाले विफल तुल्याइदिएको छ ।
७१' । कोष्टारिकाले फ्रि किक पाएको छ । तर असफल भयो ।
७०' । सर्बियाले युुरेनालार्इ बाहिर पठाएर कोष्टिकलार्इ मैदान छिराएको छ ।
६९' । कोष्टारिकाले राम्रो पास खेलिरहेको छ ।
६२' । कोष्टारिकाको मेहनतलार्इ सर्बियाले तुहाइदिएको छ ।
६४' । सर्बियाले बनाएको अवसरलार्इ कोष्टारिकाले क्लियर गरेको छ ।
५९' । सर्बियाका इभानोभिकले पहेँलो कार्ड पाएका छन् ।
५९' । कोष्टारिकाले फ्रि किक पाएको छ । तर सर्बियाले क्लियर गर्न सफल भयो ।
५६' । कोलारोभको प्रहारले सर्बियाले खाता खोल्न सफल भएको छ ।
५६' । सर्बियाले फ्रि किकमार्फत पहिलो गोल गरेको छ ।
GOAL..............................................!!
५६' । कोष्टारिकाका डि गुजमानले यलो कार्ड पाएका छन् ।
५५' । खेल निकै आक्रामक बन्दै गको छ ।
५४' । सर्बियाले पाएको कर्नरको सदुपयोग गर्न सकेन ।
५२' । कोष्टारिकाको प्रहारलार्इ सर्बियाले रोकेको छ ।
५१' । खेल सर्बियाको नियन्त्रणमा गएको छ । कोष्टारिका निकै दबाब महसुस गरिरहेको देखिन्छ ।
५०' । सर्बियाले गोल पोष्ट नजिकैबाट गरेको प्रहारलार्इ कोष्टारिकाले बचाएको छ ।
४६' । खेलको दोस्रो हाफ सुरु भएको छ ।
पहिलो हाफ: कोष्टारिका(०-०)सर्बिया
४५+२' । पहिलो हाफ बराबरीमा सकिएको छ ।
४५+१' । पहीलोमा मिनेटमा कोष्टारिकाले निकालेको अवसरलार्इ सर्बियाले विफल पारेको छ ।
४५' । पहिलो हाफमा २ मिनेट समय थप भएको छ ।
४४' । सर्बिया फर्ममा फर्किएको छ । कोष्टारिकामाथि लगातार दबाब श्रृजना गरिरहेको उसले गोलका लागि अवसर निकाल्दै छ ।
४२' । सर्बियाका लागि सर्गेजले गरेको निकै राम्रो प्रहार किपरले रोकिदिएका छन् ।
1884347339_976917550
४१' । बल कोष्टारिकाको नियन्त्रणमा छ । काल्भोले गरेको प्रहार बाहिरिएको छ ।
३९' । कोष्टारिकाले पटकपटक गरेको आक्रमणलार्इ सर्बियाले विफल पारिरहेको छ । यद्दपी कोष्टारिकाको लगातार आक्रमण जारी रहेको छ ।
३७' । युरेनाले डिबक्स नजिकैबाट गरेको प्रहरा आकासिएको छ ।
३५' । हेडीङको प्रयास गर्दा दुवै टिमका खेलाडीहरु घाइते भएका छन् ।
३०' । दुवैतर्फका खेलाडीहरु गोलका लागि निकै धेरै प्रयास गरिरहेका छन् । जसका कारण फउल धेरै भइरहेको छ ।
२६' । कोष्टारिकाको प्रहारलार्इ सर्बियाका किपरले रोकेका छन् ।
२२' । कोस्टारीकाका काल्भोले फाउल खेलेपछि यलो कार्ड पाएका छन् ।
दक्षिण अमेरिकी राष्ट्र कोष्टारिका र युरोपियन राष्ट्र सर्बियाबीचको खेल समारा रंगशालामा सुरु भएको हो ।
रुस विश्वकप फुटबल अन्तर्गत अहिले कोष्टारिका र सर्बियाबीचको खेल सुरु भएको छ ।