कोलम्बिया vs इंग्ल्यान्ड

कोलम्बिया vs इंग्ल्यान्ड (LIVE UPDATE)

इंग्ल्यान्ड र कोलम्बियाबीचको प्रिक्वार्टरफाइनल लाइभ अपडेटमा साथ रहनु भएका सवैलाई धन्यवाद छ । आजको लाइभ अपडेटबाट श्रीलोचन राजोपाध्याय र गजेन्द्र चालिसेलाई विदा दिनुहोस । हामी पुनः क्वार्टरफाइनल खेलका रोमाञ्चक तथा प्रतिस्पर्धात्मक लाइभ अपडेट लिएर पुनः आउने छौँ धन्यावाद । शुभ रात्री
अव इंग्ल्यान्डले एक गोल गर्दा क्वार्टरफाइनलमा पुग्ने छ । इंग्लिस टिमबाट डिएरले प्रहार गर्दै । उनले गोल सहजै गोल गरी इंग्ल्यान्डलाई क्वार्टरफाइनलमा पुराए । इंग्ल्यान्डले पेनाल्टी सुटआउट ४–३ ले जित्यो
कोलम्बियाका बाकाको पनाल्टी इंग्लिस गोलरक्षकले छेकेका छन्
इंग्ल्यान्डका ट्रिपेरले गोल गदै टाइब्रेकर ३–३ को बराबरीमा पु¥याए
कोलम्बियाका उवियनको प्रहारलाई इंग्ल्यान्डका गोलरक्षकले छेके । टाइब्रेकर ३–२ को बराबरीमा
इंग्ल्यान्डका हेन्डसर्न पेनाल्टी प्रहार गर्दै । कोलम्बिया ३–२ इंग्ल्यान्ड । उनको प्रहारलाई कोलम्बियका गोलरक्षक ओस्पिनले डाइभ गर्दै छेके
कोलम्बियाका मुरियल पेनाल्टी प्रहार गर्दै । कोलम्बिया ३–२ इंग्ल्यान्ड
इंग्ल्यान्डका रास्फोर्ड पेनाल्टी प्रहार गर्दै । कोलम्बिया २–२ इंग्ल्यान्ड
कोलम्बियाका जुआन क्वाडर्डो पेनाल्टी प्रहार गर्दै । कोलम्बिया २–१ इंग्ल्यान्ड
इंग्ल्यान्डका कप्तान ह्यारी केन पेनाल्टी प्रहार गर्दै । कोलम्बिया १–१ इंग्ल्यान्ड
कोलम्बियाका कप्तान राडमेल फाल्काओ पेनाल्टी प्रहार गर्दै । कोलम्बिया १–० इंग्ल्यान्ड
पेनाल्टी सुटआउट सुरु
विश्वकप इतिहासमा इंग्ल्यान्ड तेस्रो नकआउट चरणमा टाब्रेकर प्रहार गर्दै । इंग्ल्यान्डले तीनै पेनाल्टी सुटआउट गुमाएको छ विश्वकप इतिहासमा पहिलोपटक कोलम्बिया नकआउट चरणमा टाब्रेकर प्रहार गर्दै
कोलम्बिया र इंग्ल्यान्डबीचको रोमाञ्चक तथा प्रतिस्पर्धात्मक प्रिक्वार्टरफाइनल खेल ९० तथा थप ३० मिनेट १–१ को बराबरीमा सम्पन्न भएको छ । अव क्वार्टरफाइनल पुग्ने टिमको छिनोफानो टाब्रेकरबाट हुने छ
एक मिनेट समय थप
अतिरिक्त समयको दोस्रो हाफ निकै रोमाञ्चक बनिरहेको छ । दुवै टिमका खेलाडीहरु अग्रता गोलका लागि प्रयास गरिरहेका छन्
११२ '। ड्यानी रोजले कोलम्बियन डिफेन्डरको गल्तिमा प्रहार गरेको बल दोस्रो बार नजिक
१०८ '। इंग्लिस गोलरक्षक पिकफोर्ड आफ्नो स्थान भन्दा बाहिर आएर बचाउ गर्दै
इंग्ल्यान्ड र कोलम्बियाबीचको अतिरिक्त समयको दोसो हाफ सुरु । खेल १–१ को बराबरीमै छ ।
इंग्ल्यान्ड र कोलम्बियाबीचको अतिरिक्त समयको पहिलो १५ मिनेटको खेल सकियो । अव दोसो हाफ सुरु हुँदै । अहिलेसम्म खेल १–१ को बराबरीमै छ ।
१०३ '। कोलम्बियन कप्तान राडमेल फाल्काओको ६ यार्ड बक्सको हेडिङ पहिलो बार नजिक हुँदै बाहिरियो । कोलम्बियाले अतिरिक्त समयमा इंग्ल्यान्डमाथि चर्को दबाव राखेको छ । इंग्लिस खेलाडीहरु डिफेन्समा प्रतिस्पर्धा गर्न बाध्य
१०१ '। कोलम्बिया कर्नर प्रहार गर्दै । सान्चेजको हेडिङ बाहिरियो
रंगशालाको चारै तिर कोलम्बियन समर्थक खुसीले रमाउँदै र ३० मिनेटको अतिरिक्त समयको खेल सुरु भयो
990948844
कोलम्बिया र इंग्ल्यान्डबीचको खेल निर्धारित ९० मिनेटमा १–१ को बराबरी भएको छ । अव ३० मिनेटको थप अतिरिक्त समय थप हुने । कोलम्बियाका एरि मिनाले अन्तिम इन्जुरी समयको तेस्रो मिनेटमा सनसनीपूर्ण गोल गरेपछि खेल अतिरिक्त समयमा गएको हो
990948032
990947928
एरि मिनाले अन्तिम इन्जुरी समयको तेस्रो मिनेटमै हेडिङ गोल गरी कोलम्बियालाई खेलमा १–१ को अवस्थमा पु¥याए
कोलम्बियाले १–१ को बराबरी गोल फर्काएको छ ।
९०+५' ।मिनेटको अन्तिम इन्जुरी समय थप
कोलम्बियन खेलाडी इंग्लिस डिबक्स भित्र एक पछि अर्को गरी बल लगिरहेका छन् तर उनीहरुले गतिलो फिनिसिङ दिन सकिरहेका छैनन्
कोलम्बियाले विश्वकप इतिहासमा दुईपटक १–० ले पछाडि रहेको अवस्थामा खेल बराबरी गरेको छ । सन् १९९० मा जर्मनीविरुद्ध १–१ र सन् १९६२ मा कोलम्बियाले तत्काल सोभियत युनियनलाई ४–४ को बराबरीमा रोकेको थियो
८१'। कोलम्बियाले निकै राम्रो बराबरी गोल अवसर चुकायो । इंग्लिस डिफेन्डरको गल्तिमा क्युडार्डोले पोस्ट नजिक आत्तिएर प्रहार गर्दा बल निकै माथि गयो
७६'। कोलम्बिया इंग्ल्यान्डमाथि दबाव राख्ने । कोलम्बियाले निरन्तर रुपमा आक्रमण गर्दै तर इंग्लिस डिफेन्डर विपक्षीका गोल प्रयास विफल पार्दै
इंग्लिस कप्तान ह्यारी केनले चालु विश्वकपमा व्यक्तिगत रेकर्ड राखेका छन् । उनले अल टाइम टप स्कोरर गेरी लिंकेरको सर्वाधिक १० गोल संख्या पछयाइरहेका छन् । २४ बर्षिय केनले जेफ हर्सटको ५ गोल रेकर्ड तोडे । एकै विश्वकपमा इंग्ल्यान्डबाट ६ गोल गर्ने केन दोस्रो फुटबलर हुन् । यसअघि सनत् १९८६ मा लिंकरले नै ६ भन्दामाथि गोल गरेका थिए
990941262
१ गोलले पछाडि परेपछि कोलम्बियन खेलाडी हल्का रफ खेल प्रस्तुत गर्दै । रेफ्रीले कोलम्बियन कप्तान राडमेल फाल्काओ र कार्लोस बाकालाई दुई मिनेटको अन्तरमा पहेलो कार्ड देखाइसकेका छन् । अहिलेसम्म खेलमा ६ पहेलो कार्ड देखाएकाछन् । जसमा ५ कोलम्बियन तथा १ इंग्लिस खेलाडीले पहेलो कार्ड पाए
990938418
६२'। रहिम स्ट्रलिङले डिबक्स भित्र राम्रो अवसर गुमाए । उनले पहिलो बारमा प्राप्त क्रसमा प्रहारित हेडिङ बल क्रसबार भन्दा थोरै इन्चले बाहिरियो
990941908
गोल्डेन बुटको दावेदारीमा ह्यारी केन शीर्ष स्थानमा छन् । उनलाई बेल्जियमका रामेलु लुकाकुले ४ गोलसहित पछयाइरहेका छन्
५८ '। इंग्लिस कप्तान ह्यारी केनले चालु विश्वकप फुटबल प्रतियोगितामा सर्वाधिक ६ गोल संख्या पु¥याएका छन
990941448
ह्यारी केन पेनाल्टी प्रहार गर्दै । केनले इंग्ल्यान्डलाई १–० को अग्रता दिलाका छन् ।
गोल
तर कोलम्बियन खेलाडीहरु भिएआरको सहयोग लिन रेफ्रीमाथि दबाव राख्दै
५४'।इंग्ल्यान्डले पेनाल्टी प्रहार गर्न अवसर पायो । डिबक्स भित्र कोलम्बियन डिफेन्डर कार्लोस सान्चेजले ह्यारी केनलाई फल गरे ।
५२'।खेलमा कोलम्बियाका सान्टिएगो एरियसले पहेलो कार्ड पाएका छन
इंग्ल्यान्ड र कोलम्बियाबीच इतिहासमा यस्तो रोचक तथ्य छ । विश्वकप फुटबल प्रतियोगितामा पहिलो हाफमा गोलरहित बराबरी कोलम्बियाले सात मध्ये ४ खेलमा जित निकालेको छ । त्यही नै विश्वकपमा इंग्ल्यान्डले पहिलो हाफमा गोलरहित नतिजा निकाल्दा चार पटक हारको सामना गरेको छ । सन् २००६ को विश्वकपमा इंग्ल्यान्डले अन्तिमपटक प्रिक्वार्टरफाइनलमा इक्वडेरलाई १–० ले हराएको थियो । सो खेल पहिलो हाफमा ०–० भएको थियो
मध्यान्तरपछि कोलम्बिया लामो पास खेल्दै छ
990922246
इंग्ल्यान्ड र कोलम्बियाबीचको दोस्रो हाफको खेल सुरु हुँदै
990925316
इंग्ल्यान्ड र कोलम्बियाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
४५+१' । इन्जुरी समयमा कोलम्बियन स्ट्राइकर क्विन्टेरोको सटिक प्रहारलाई इग्लिस गोलरक्षक पिकफोर्डले सहजै बचाउ गरे
इंग्ल्यान्ड र कोलम्बियाबीच पहिलो हाफमा ३ मिनेटको अतिरिक्त समय थप
४१'। मिडफिल्डर ट्रिपिएरको फ्रिकिक पहिलो बार नजिक हुँदै बाहिरियो
४०'। फ्रिकिक प्रहार गर्नुअघि नै कोलम्बियन डिबक्समा तनाव । कोलम्बियन डिफेन्डर बारियोसले पहेलो कार्ड पाए
३८'। इंग्ल्यान्डलाई डिबक्स लाइन भन्दा अगाडि फ्रिकिक प्रहार गर्न अवसर पाएको छ । कोलम्बियन डिफेन्डरले इंग्लिस कप्तान ह्यारी केनलाई फल गरे
३३'। कोलम्बियन मिडफिल्डर क्विन्टेरोले डिबक्स अगाडि प्राप्त अवसरमा टार्गेट भन्दा धेरै बाहिर बल प्रहार गरेका छन
990925730
इग्ल्यान्डले खेलको २५–३० मिनेटसम्म दुई राम्रो अवसर निकालेको थियो । तर कोलम्बियन गोलरक्षाक डेभिड ओस्पिनाले दुबैपटक ब्लक गरे ।
इंग्ल्यान्ड अहिलेसम्म विश्वकपमा ९ पटक नकआउट चरणबाटै बाहिरिएको छ । ९ मध्ये ५ पटक इंग्ल्यान्ड दक्षिण अमेरिकी राष्ट्रबाटै पराजित भएको छ । सन् १९५४ को क्वार्टरफाइनलमा उरुग्वे, सन् १९६२ को क्वार्टरफाइनलमा ब्राजिल, सन् १९८६ को क्वार्टरफाइनलमा अर्जेन्टिना, सन् १९९८ को प्रिक्वार्टरफाइनलमा अर्जेन्टिना र २००२ को विश्वकपको क्वार्टरफाइनलमा इंग्ल्यान्ड ब्राजिलबाट स्तब्ध भएको थियो
२२ '। कोलम्बियाका मिडफिल्डर क्युडोर्डोले डिबक्स अगाडि अनावश्यक सट प्रहार गर्दा बल क्रसबार भन्दा निकै माथि
990923996
१६ '। इंग्ल्यान्डका कप्तान हयारी केनले निकै उत्कृष्ट गोल अवसर चुकाएका छन्, उनले पहिलो बार नजिक हेडिङ गर्दा बल क्रसबार माथि गयो
इंग्ल्यान्डले सन् १९९० पछि दुईपटक मात्र विश्वकपका नकआउट चरण खेल जितेको छ । कोलम्बिया भने सन् २०१४ मा पहिलोपटक क्वार्टरफाइनलमा पुगेको थियो
इंग्ल्यान्ड एक पछि अर्को पोस्ट चार्ज गर्दै । कोलम्बियन डिफेन्डरले इंग्ल्यान्डको गोल प्रयास विफल पारिरहेका छन्
इंग्ल्यान्डका प्रशिक्षक गेराथले समूह चरणमा ट्युनिसियाविरुद्ध खेलाएका ११ खेलाडी नै कोलम्बियाविरुद्ध प्रतिस्पर्धा गराइरहेका छन्
८।इंग्ल्यान्ड कर्नर प्रहार गर्दै । कोलम्बिया डिफेन्डरले बल क्लियर गरेका छन् । प्रत्युत्तरमा कोलम्बियाको काउन्टर
कोलम्बियाका प्रशिक्षक पेक्रेम्यान र इंग्ल्यान्डका प्रशिक्षक गेराथ साउथगेट एकै दिन ३ सेप्टेम्बरमा जन्मेका हुन्
990922372
990922356
५ । डिबक्स नजिक इंग्ल्यान्ड पहिलो फ्रिकिक प्रहार गर्दै । योङको उत्कृष्ट फ्रिकिकलाई कोलम्बियाका गोलरक्षकद्वारा उत्कृष्ट बचाउ
इंग्ल्यान्ड ३–१–४–२ र कोलम्बिया ४–३–३ को रणनीति अनुसार प्रतिस्पर्धा गर्दै
सन् १९६६ पछि इंग्ल्यान्डले विश्वकप उपाधि जितेको छैन । इग्ल्यान्डले घरमै आयोजना भएको विश्वकप ट्रफी उचालेको थियो
काेलम्बियाका लागि भने केही दुःखद् खबर छ । उसका स्टार स्ट्राइकर जेम्स राेड्रिग्वेज पहिलाे राेजाइमा  परेका छैनन् । चाेटग्रस्त राेड्रिग्वेज बेञ्चमा छन् ।
प्रतियाेगितामा अहिलेसम्म सर्वाधिक गाेल गरेका ह्यारी केनकाे नेतृत्वमा इंग्ल्यान्ड मैदानमा छ । 
अन्तिम ८ मा प्रवेशका लागि दुवै टिम पूर्णविश्वासका साथ मैदानमा छन् ।
दुवै देशका खेलाडी मैदानमा उपस्थित भइसकेका छन् । मैदानमा राष्ट्रिय गान बजाइएकाे छ ।
अभिभावन ! विश्वकप फुटबलअन्तर्गत काेलम्बिया र इंग्ल्यान्डबीचकाे प्रिक्वार्टरफाइनल खेलकाे टेक्स्ट लाइभमा यहाँलार्इ स्वागत छ ।