उरुग्वे vs पोर्चुगल

उरुग्वे vs पोर्चुगल (LIVE UPDATE)

रसिया विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत पोर्चुगल र उरुग्वेबीचको रोमाञ्चक प्रिक्वार्टरफाइनल म्याच लाइभ अपडेटमा साथ रहनु भएका सवैलाई धन्यवाद छ । हामी आइतबार विश्वकपकै दुई प्रिक्वार्टरफाइनल लाइभ अपडेटसहित तपाईहरुको सामु आउने छौँ । लाइभ अपडेटबाट श्रीलोचन राजोपाध्याय र गजेन्द्र चालिसेलाई विदा दिनु होस । धन्यवाद । शुभ रात्री
उरुग्वेले पोर्चुगललाई २–१ ले हराउँदै रसिया विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश । अव क्वार्टरफाइनलमा उरुग्वेले फ्रान्सको सामना गर्ने छ ।
इन्जुरी समयमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पहेलो कार्ड पाए
पोर्चुगल र उरुग्वेबीच चार मिनेटको अन्तिम इन्जुरी समय थप
उरुग्वेका लागि सन् २०१४ को विश्वकपपछि एकै खेलमा दुई गोल गर्ने काभानी पहिलो खेलाडी बने । चार बर्षअघि ब्राजिलमा भएको विश्वकपमा लुइस सुआरेजले इंग्ल्यान्डविरुद्ध २ गोल गरेका थिए
पोर्चुगल लगातार बराबरी गोल फर्काउने प्रयासमा । उरुग्वेका डिफेन्डर र गोलरक्षक पोर्चुगाली खेलाडीको प्रहार क्लियर गर्न व्यस्त
988263502
988256596
विश्वकप फुटबलमा उरुग्वेका स्ट्राइकर काभानीले पाँच व्यक्तिगत गोल संख्या पुरयाएका छन् । उरुग्वेका लागि विश्वकपमा ओस्कार मिगुजेले सर्वाधिक ८ गोल गरेका छन् । सुआरेजले ७ र डिएगो फर्लानले ६ गोल गरेका छन्
७०'|पोर्चुगलका ब्रेनान्डोले निकै राम्रो बराबरी गोल अवसर चुकाए । उरुग्वेका गोलरक्षक मस्लेराबाट फुत्केको बलमा बे्रनान्डोले डिबक्सबाट प्रहार गरेको बल क्रसबार भन्दा निकै माथि गयो
988256110
पोर्चुगलविरुद्ध दोस्रो गोलको अग्रता दिलाएका इडिन्सन काभानी सन् २००८ देखि उरुग्वेको राष्ट्रिय टिमबाट खेलिरहेका छन् । उनले १ सय ६ अन्तर्राष्ट्रिय खेलमा ४६ गोल गरेका छन् । व्यावसायिक रुपमा उनी पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध छन् । पिएसजीमा सन् २०१३ देखि उनी पहिलो सेटमै छन् । उनले अहिलेसम्म १६५ खेलमा ११६ गोल गरेका छन्
६२'|उरुग्वेका काभानीले उत्कृष्ट काउन्टर एट्याक्टमा पोस्टको दोस्रो बारमा त्यति राम्रो गोल गर्दै २–१ को अग्रता दिलाए
उरुग्वे २–१ ले अगाडि
अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उरुग्वले ५ सय ९७ मिनेटमा गोल बेहोरेको छ । पोर्चुगलका पेपेले उरुग्वेको ५ सय ९६औँ मिनेटसम्म गोल नबेहोरेको रेकर्ड भंग गरेका हुन्
988243688
५५'|राफेलको सटिक क्रसमा डिबक्स भित्र पेपेले उत्कृष्ट हेडिङ गोल गर्दै पोर्चुगललाई उरुग्वेविरुद्ध ११ को बराबरीमा
पोर्गुगलले १–१ को बराबरी गोल फर्काएको छ ।
988221904
विश्वकपमा उरुग्वेले मध्यान्तरअघि १–० ले अग्रता लिँदा १५ मध्ये १३ खेलमा जित निकालेको छ । त्यसमध्ये उरुग्वेले एकमा जित र एक खेलम हारको सामना गरयो
Image result for portugal vs north korea 1966
विश्वकप इतिहासमा पोर्चुगलले एकपटकमात्र पछि परेको अवस्थामा जित निकालेको छ । सन् १९६६ को क्वार्टरफाइनलमा उत्तर कोरियाले पोर्चुगलविरुद्ध ३–० को अग्रता लिएको थियो । पोर्चुगलले नतिजा उल्ट्याउँदै खेल ५–३ ले जित्यो
उरुग्वे सुरुमै पोर्चुगलको पोस्टमा आक्रामक गर्दै ।
दोस्रो हाफको खेल सुरु । उरुग्वेले बल चलायो
अव केही मिनेटपछि पोर्चुगल र उरुग्वेबीच दोस्रो हाफको खेल सुरु हुँदै । खेलाडीहरु मैदान भित्र प्रवेश गर्दै छन्
988120300
इन्जुरी समयमा उरुग्वेका स्ट्राइकर काभानीको सटिक प्रहार पहिलो बार नजिकिँदै बाहिरियो । यससँगै उरुग्वे र पोर्चुगलबीच पहिलो हाफमा सकिएको छ । खेलमा उरुग्वे १–० ले अगाडि
दुई मिनेटको अतिरिक्त समय थप
उरुग्वे र पोर्चुगलबीचको पहिलो हाफ सकिँदै । अब एक मिनेट बाँकी
३१'|रोनाल्डोको फ्रिकिक उरुग्वेका डिफेन्डरबीच डिफेलेक्ट
पोर्चुगललाई डिबक्स अगाडि फ्रिकिक प्राप्त । रोनाल्डो फ्रिकिक प्रहार गर्दै
विश्वकप फुटबलको नकआउट चरणमा पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले अहिलेसम्म खेलमा गोल गरेका छैनन्
२२'|पोस्ट भन्दा २२ यार्ड टाढाबाट लुइस सुआरेजको उत्कृष्ट फ्रिकिकलाई पोर्चुगलका गोलरक्षक प्याट्रिसियोले बायाँतिर डाइभ गर्दै बचाउ
विश्वकप इतिहासमा पोर्चुगलले पहिलो गोल बेहोर्दा ९ खेल गुमाएको छ
पोर्चुगल र उरुग्वेबीचको विजेताले फ्रान्सविरुद्ध क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने छ
988120738
988120576
७'|लुइस सुआरेजको सटिक क्रसमा इडिन्सन काभानीले डिबक्स भित्र हेडिङ गोल गर्दै उरुग्वेलाई १–० को अग्रता दिलाए
गोल । उरुग्वे १–० पोर्चुगल
५'|पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले डिबक्सबाहिर कडा प्रहार गरे । उरुग्वेका गोलरक्षक मुस्लेराको राम्रो बचाउ
988101800
३'|मारियोको लामो क्रसमा पोर्चुगलका बे्रर्नान्डोले प्रहारित हेडिङ क्रसबार भन्दा माथि
988118578
रसिया विश्वकप फुटबल प्रतियोगिताको दोस्रो प्रिक्वार्टरफाइनल खेल सुरु
उरुग्वेका प्रशिक्षक जोसे जेमिन्जेज ४–४–२ को रणनीति बनाउँदै
पोर्चुगल र उरुग्वेबीच खेल सुरु हुँदै । खेलाडीहरु मैदानमा । दुवै टिमका राष्ट्रिय धुन सुरु