इजिप्ट vs उरूग्वे [LIVE UPDATE]

इजिप्ट vs उरूग्वे (LIVE UPDATE)

इजिप्ट vs उरूग्वे ( LIVE UPDATE)
लगातार ६ विश्वकपमा पहिलाे खेल जित्न नसकेकाे उरूग्वेले निकाल्याे जित । 
९६' । उरूग्वे विजयी । इजिप्ट १-० ले पराजित ।
९५' । इजिप्टका साम मर्सीले पहेँलाे कार्ड पाए ।
९४' । इजिप्ट खेलमा पर्कन प्रयास गर्दै । कडा प्रहार डिफेन्डरले जाेगाए ।
९१' । ५ मिनेट अतिरिक्त समय थपिएकाे छ । इजिप्ट १-० ले पछि परेकाे छ ।
९०' । गाबरकाे उत्कृष्ट हेडरले सिधै जाली चुम्याे ।
९०' । डिफेन्डर अलि गाबरले दिलाए उरूग्वेलार्इ अग्रता
८९' । गाेल........................................ ब्रेक थ्रु ! 
८८' । उरूग्वेकाे दुर्भाग्य ! काभानीकाे प्रहार गाेल पाेष्टमा लागेर फर्कियाे ।
८६' । उरूग्वेलार्इ अवसर ! डिबक्सकाे ठीक बाहिर फ्रिकिक पाएकाे छ ।
८४' । इजिप्टलार्इ दमामा राखे पनि उरूग्वे गाेल गर्न असफल भइरहेकाे छ । इजिप्टले उत्कृष्ट रक्षात्मक खेल खेलेकाे छ ।
८३' । उत्कृष्ट बचाउ ! काभानीकाे कडा प्रहार इजिप्टका गाेलकिपरले मुस्किलले जाेगाए ।
८०' । इजिप्टले राम्राे अवसर गाेलमा परिणत गर्न सकेन । मुभ राम्राे थियाे । तर, सफल भएन ।
७८' । इजिप्ट काउन्टर अट्याकमा । तर, सफल हुन सकेन ।
७७' । उरूग्वे एकपछि अर्काे अाक्रमणमा । तर, सटिक हुन सकेकाे छैन । कप्तान गाेडिनले बल नियन्त्रणमा लिन सकेनन् ।
७४' । गाेलका सुन्दर दुर्इ माैका गुमाएका सुअारेज अाज फर्ममा देखिएका छैनन् । 
७३' । अाे हाे हाे ! सुअारेजले निश्चित गाेलकाे अर्काे माैका गुमाए । कावानीकाे सुन्दर पास सदुपयाेग हुन सकेन ।
७२' । इजिप्टका कप्तान अहमद फातीकाे प्रहार उरूग्वेका गाेलरक्षाकले जाेगाए ।
७१' । उरूग्वे हताराेमा देखिन्छ ।
७०' । इजिप्टकाे काउन्टर अट्याक । तर, प्रभावकारी भएन ।
६९' । डिबक्सभित्रबाट काभानीकाे प्रहार अाफ्नै खेलाडीकाे हातमा लाग्याे ।
६९' । उरूग्वे अाक्रामक खेल खेल्दै । कर्नर किक प्राप्त गरेकाे छ । तर, सदुपयाेग हुन सकेन ।
६७' । उरूग्वे गाेलकाे खाेजीमा छ । तर, तालमेलकाे अभावमा प्राप्त अवसरलार्इ सदुपयाेग गर्न सकेकाे छैन ।
६५' । उरूग्वेकाे अग्रपंतिलार्इ अहिलेसम्म राेक्न सफल इजिप्टका मिडफिल्डर र स्ट्राइकर फितलाे देखिएका छन् ।
६३' । इजिप्टले खेलाडी परिवर्तन गरेकाे छ । ९ नम्बर जर्सीका मार्वानकाे स्थानमा ११ नम्बर जर्सीका कहरावा मैदान प्रवेश गरेका छन् । 
६२' । उरूग्वेले ४० यार्डबाट फ्रि किक पाएकाे छ ।
प्लेयर बक्समा स्टार खेलाडी सलाह
५८' । उरूग्वेले खेलाडी परिवर्तन गरेकाे छ । नान्डेजकाे स्थानमा साञ्चेज मैदान प्रवेश गरेका छन् ।
५४' । दाेस्राे हाफमा उरूग्वे गाेलका लागि संघर्ष गरिरहेकाे छ ।
दोस्रो हाफ सुरु ! 
४५+१' । उरूग्वेले पछिल्ला ६ विश्वकपमा पहिलाे खेल जित्न सकेकाे छैन । ३ खेल बराबरी भएकाे छ भने ३ खेल गुमाएकाे छ ।
४५' । मध्यान्तर भएकाे छ । गाेल हुन सकेकाे छैन ।
४०' । मध्यान्तरअघिकाे ४० मिनेटकाे खेल सकिएकाे छ । उरूग्वेका खेलाडी केही अातुर देखिएका छन् ।
३९' । भली किक हान्ने क्रममा इजिप्टका वार्डा मैदानमा लडेका छन् ।
३७' । उरूग्वेले पहिलाे पटक राम्राे मुभ बनाएकाे थियाे । मध्यभागबाट बनाएकाे मुभ  कप्तान गाेडिनले उपयाेग गर्न सकेनन् ।
३४' । इजिप्टकाे फितलाे प्रहार । सलाहकाे अभावमा इजिप्ट अाक्रामक हुन सकिरहेकाे छैन ।
३२' । सुअारेजकाे प्रहार सिधै डिफेन्स बारमा लागेकाे छ ।
३०' । उरूग्वेले फ्रि किक पाएकाे छ । सुअारेज तयार छन् ।
३०' । ३० मिनेट बितेकाे छ । तर, गाेल हुन सकेकाे छैन ।
२९' ।  मैदानमा सुअारेज फिका देखिएका छन् ।
२७ ' । उरूग्वे भुम बनाउने प्रयासमा । तर, सुअारेज र काभानीलार्इ राेक्न इजिप्टका रक्षक सफल भइरहेका छन् ।
२५' । इजिप्टमा सलाहकाे अभाव खड्किएकाे देखिन्छ । बलमा तालमेल मिल्न सकेकाे छैन ।
२३' । बाहिर ! सुअारेजले गाेलकाे राम्राे अवसर गुमाएका छन् । गाेलपाेष्ट नजिकैबाट उनकाे प्रहार बाहिरियाे ।
२२' । काभानीकाे दाेस्राे प्रहार पनि सफल हुन सकेन ।
२१' । उरूग्वले कर्नर पाएकाे छ । सुअारेज र काभानीमाथि इजिप्टका डिफेन्डरले बढी मार्क गरेकाे देखिन्छ ।
२०' । २० मिनेटसम्म पनि खेल गाेलरहित चलिरहेकाे छ । पछिल्लाे समय इजिप्टले केही सुधारिएकाे खेल देखाएकाे छ ।
१८' । दुवैतर्फका खेलाडी बलमाथि नियन्त्रणकाे प्रयासमा छन् । तर, गाेलका लागि राम्राे भुम बन्न सकेकाे छैन ।
१७' । इजिप्टका खेलाडी उरूग्वेमाथि दबाब सिर्जना गर्दैछन् ।
१६' । इजिप्टले फ्रि किक सदुपयाेग गर्न सकेन ।
१५' । इजिप्टलार्इ माैका । ३० यार्डनजिक पायाे फ्रि किक ।
१३' । सुअारेजकाे पहिलाे प्रहार इजिप्टकाे गाेलपाेष्टभन्दा निकै टाढाबाट बाहिरियाे ।
११' । पहिलाे दश मिनेटकाे खेल सकियाे । दुवैतर्फबाट गाेल हुन सकेकाे छैन
इजिप्टकाे गाेलपाेष्टमा उरूग्वेले पहिलाे प्रहार, काभानीकाे प्रहार गाेलकिपरले समाते
इजिप्ट नियमित कप्तान स्टार खेलाडी सलाहबिनै मैदानमा उत्रियाे
इजिप्ट र उरूग्वेबीचकाे खेल सुरू