अर्जेन्टिना VS आइसल्यान्ड

अर्जेन्टिना vs आइसल्यान्ड (LIVE UPDATE)

अर्जेन्टिना VS आइसल्यान्ड [LIVE UPDATE]
समाप्त !
यसपछl हामी समूह 'सी'का पेरु र डेनमार्कबीचको खेलका साथमा ९:४५ मा आउनेछौँ । हामीसँगै रहनुहोला । 
९०+५ '। मेस्सीको अन्तिम प्रहार पनि खेर गयो । खेल बराबरीमा ।
९०+४ '। अतिरिक्त समय फ्रि किक पाएको छ ।
'।५ मिनेट समय थप ।
९०'। मेस्सीको प्रहार  तर असफल । ५ मिनेट समय थप भएको छ ।
'।मेस्सीका मिश्रीत प्रहारहरुमा गोलकिपरका उत्कृष्ट बचाउहरु चलिरहेका छन् । 
८३'। अर्जेन्टीनाको लामो मेहनतलार्इ आइसल्याण्डले क्लियर गरिदिएको छ ।
७५'। आइस्लयाण्डका गुनार्सन बाहिरिएर स्कुलासन भित्रिएका छन् ।
७२'। मेस्सीले आज धेरै फ्रि किकहरु गुमाइरहेका छन् । निकै फितलो प्रहार भर्खरै मिस भएको छ ।
यसरी रोकिए मेस्सी
मेस्सीले गरेको मिस
६७'। आइसल्याण्डले पाएको कर्नर सदुपयोग गर्न सकेन ।
६६'। उनले प्रहार गरेको फ्रि किक पनि बाहिरिएको छ ।
६२'। मेस्सीले पाएको पेनाल्टी पनि मिस भएको छ ।
६०'। आइसल्याण्डको खेल निकै अट्याकिं खेलिरहेको छ ।
५५'। मेसीले निकै तनाव महसुस गरिरहेका देखिन्छन् ।मैदानबाहिर बाट म्यारोडोना पनि निकै हतास मनस्थितिमा देखिएका छन् । उनका आँखामा रसाएको दृश्य देखिएको छ ।
५३'। आइसल्याण्ड दबाबमा रहेपनि कडा डफेन्सका कारण अर्जेन्टीनाले गोल गर्न सकेको छैन ।
५२'। अर्जेन्टीना गरेका धेरै प्रयासहरु असफल भइरहेका छन्  ।
४६'। खेलको दोस्रो हाफ सुरु भएको छ ।
४५'। खेलको पहिलो हाफसम्म पुग्दा अर्जेन्टीना र आइसल्याण्ड निकै कडा प्रतिस्पर्धा गरिरहेका छन् । खेल १-१ को बराबारीमा सकिएको छ ।
४४'। अर्जेन्टीना आइसल्याण्डको दबाबमा परेको छ । तर पनि जोगाइ रहेको छ ।
४३'। आइसल्याण्डको कोसिसलार्इ अर्जेन्टीनाले क्लियर गरेको छ ।
४०'। अर्जेन्टीनाले पाएको कर्नर मेस्सीले मिस गरेका छन् ।
३६'। नवप्रवेशी भएनपनि आइसल्याण्डले निकै राम्रो प्रदर्शन गरिरहेको छ । दुवै टीमको प्रयास जारी रहेको दखिन्छ ।
३२'। अर्जेन्टीनाका लागि बिग्लियाले गरेको प्रहार डिबक्सभन्दामाथीबाट बाहिरिएको छ ।
३०'। मेस्सीले सोचेजस्तो खेल देखाउन सकिरहेको छैनन् ।
२८'। आइसल्याण्डले फ्रि किकको अवसर सदुपयोग गर्न सकेन ।
२७'। नवप्रवेशीले आइसल्याण्डले हेभिवेट अर्जेन्टीनासँग आत्मविश्वासका साथ खेल प्रस्तुत गरिरहेको छ ।
२५'। खेल निकै रोमाञ्चक र प्रतिस्पर्धामा चलिरहेको छ ।
२३'। GOAL................. आइसल्याण्डले जवाफि गोल गरेको छ । फिन्बागोसनले गोल गर्न सफल भए ।
१९'। GOAL................अर्जेन्टीनाका लागि अगेरोले गोल गरेका छन् ।
१८'। अर्जेन्टीनाले लगातार प्रहार गरेपनि गोल गर्न सकिरहेको छैन ।
१६'। आइसल्याण्ड पनि फर्ममा आएको छ ।
११'। अर्जेन्टीनाले गोलका लागि गरेको कोसिसलार्इ आइसल्याण्डले क्लियर गरिदिएको छ ।
७' | अर्जेन्टीनाले पाएको फ्रि किकको अवसरलार्इ मेस्सीले मिस गरेका छन् ।
४. अर्जेन्टीनाका ट्याग्लीफिकोको खुट्टामा आइसल्याण्डका खेलाडीले कुल्चेपछि ४ मिनेटमा फ्रि किकको अवसर पाएपनि सदुपयोग गर्न सकेन ।
१. अर्जेन्टीनाले आइसल्याण्डलार्इ सुरुदेखि नै दबाब कायम गरिरहेको छ ।
खेल सूरु भएको छ ।
राष्ट्रीय गान सूरु भएको छ ।
हेभिवेट अर्जेन्टीना र नवप्रवेशी आइसल्याण्डबीचको खेल सुरु।