कामना सेवा विकास बैंक लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्ससम्बन्धी सेवा आदानप्रदान गर्ने गरी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका कामुप्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकले बैंकका सम्पूर्ण शाखा कार्यालयबाट युनियन लाइफ इन्स्योरेन्सको बिमालेख खरिद गर्न सक्ने जनाइएको छ । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरू लाभान्वित हुने बैंकले जनाएको छ । बैंकले ६० शाखा कार्यालयबाट आफ्नो बैंकिङ सेवा दिँदै आएको छ ।
